Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले डेङ्गु रोगका कारण आपत्कालीन अवस्थाको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उनले स्वास्थ्य मन्त्रालय महामारी नियन्त्रण गर्न सक्षम रहेकाले आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नदेखिएको जानकारी गराए । पछिल्ला दिनहरुमा रोगीको सङ्ख्या घट्दै गएको अभिलेख रहेको उपप्रधानमन्त्री यादवले सुनाए । १५ वर्ष अघि २०६१ मा चितवनमा देखा परेको डेङ्गु हाल ५६ जिल्लामा फैलिएको उनको भनाइ थियो । “पाँच हजारभन्दा बढी मानिस यो रोगबाट प्रभावित भएका छन्, ६ जनाको निधन भएको छ, विश्वमै चुनौतीका रुपमा देखापरेको यो रोगको मुख्य कारण अव्यवस्थित शहरीकरण हो, लामखुट्टेबाट सर्ने अन्य…
काठमाडौं: नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट साट्ने भएको छ । प्रत्येक वर्ष दशैं अगाडि राष्ट्र बैंकले बजारमा नयाा नोट ल्याउँदै आएको छ । सर्वसाधारणले बैंक तथा वित्तीय संस्थालाई असोज पहिलो सातादेखि र सर्वसाधरणलाई असोज १० गतेदेखि नयाँ नोट साट्ने गरी तयारी पूरा गरेको हो । एक व्यक्तिले ५, १०, २०, ५० र १०० दरका एक एक बन्डल गरे जम्मा १८५०० रुपैयाँ साट्न सक्ने राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट लिएका अरु वित्तीय संस्थाले पनि असोज १० गतेदेखि मात्रै नोट सटही सुरु गर्नेछन् । राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँका नयाँ नोट वितरण गर्ने योजना…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको शिलान्यास गरेका छन्। सिंहदरबारस्थित पुतली बगैँचा रहेको स्थानमा पाँच अर्ब ३० करोड खर्चिएर भवन निर्माण गर्न लागिएको हो। १ सय ७३ रोपनी क्षेत्रमा फैलने भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ। दुई मुख्य हलसँगै संघीय संसद सचिवालय, दलका कार्यालय, संसदीय समिति समेत भवनमा रहनेछ। हाल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद सञ्चालन हुँदै आएको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई सरकारले वार्षिक १५ करोड भाडा तिर्ने गरेको छ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूर्तिमा सघाउन वैज्ञानिकहरुलाई आग्रह गर्नुभएको छ । सातौ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज यहाँ आयोजित मूल कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा राजनीतिक उपलब्धि हासिल र स्थिर सरकार गठन भइसकेकाले शान्तिपूर्ण ढङ्गले सुशासनका साथ अगाडि बढेको सरकारलाई विकास र समृद्धिमा वैज्ञानिकहरुले सघाउनुपर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीमा आलोचनात्मक रवैया र असन्तुष्टि व्यक्त गर्ने बानी पनि छ । तर बदलिएको समयअनुसार आर्थिक उन्नति गर्दै समृद्ध देश बनाउनुपर्ने छ । वीर र विद्वान् पूर्खाका सन्तान रहेको, प्राकृतिकरुपमा सम्पन्न मुलुकलाई पछाडि पर्नुपर्ने आवश्यकता छैन ।”…
ओखलढुुङ्गा: ओखलढुुङ्गामा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनि बढेको छ । विगतको तुलनामा पछिल्लो समय जिल्लाभर आत्महत्या गर्ने सङ्ख्या बढेको हो । चालू आर्थिक वर्ष २०७६÷०७७ को दुई महीनाको अवधिमा १७ जनाले आत्महत्या गरेका छन् । साउन र भदौ अन्तिम सातासम्ममा आत्महत्या गर्ने १३ वर्षीय बालकदेखि ६२ वर्षसम्मका वृद्ध छन् । १७ जनामध्ये आठ पुरुष, एक बालक र अन्य महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुुसार १३ जनाले झुण्डिएर र चार जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । आव २०७५÷०७६ मा ६२ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । यो सङ्ख्या अघिल्लो आवको…
डडेल्धुरा: नेपाली काङ्गे्रस डडेल्धुराले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा र आसपासको ठाउँमा आज बिहान डेङ्गु नियन्त्रण गर्न लामखुट्टे मार्ने औषधि छर्केको छ । डेङ्गुको सङ्क्रमणबाट जोगिन डडेल्धुरामा पहिलो पटक सचेतना ¥यालीसहित नेपाली काङ्ग्रेस डडेल्धुराले औषधि छर्किएको हो । तराईका जिल्लामा लामखुट्टेको टोकाइबाट फैलिने डेङ्गु रोगको सङ्क्रमण पछिल्ला वर्षमा डडेल्धुरालगायत पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेका छन् । डेङ्गुको औषधि छर्कनुकासाथै घर आँगन र वरिपरी सफा राखौं, सचेत रहांै भन्दै ¥याली निकालिएको काङ्ग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लले बताउनुभयो । डडेल्धुरा जिल्लाका तीन जना स्थानीयवासीमा अहिलेसम्म डेङ्गु रोगको सङ्क्रमण देखिएको डडेल्धुरा अस्पतालको तथ्याङ्क छ । यस्तै एक जना बझाङ्ग र एकजना…
काठमाडौं : सनराइज बैंकले १५.८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र ५.८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण सुरु गरिनेछ । बैंकले ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, बैंकले ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश बाँड्नेछ । हाल सनराइज बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि ८…
काठमाडौँ: क्यासिनोमा हुने कारोबार र जुवा खेल्नेहरुमाथि सरकारले निगरानी बढाउने भएको छ । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा क्यासिनो व्यवसायीलाई निर्देशिका जारी गर्दै सरकारले कडाइ गर्न लागेको हो । क्यासिनो सञ्चालकले अब कर्मचारी, ग्राहक पहिचान, जोखिम मूल्यांकन, शंकास्पद कारोबारको पहिचान सम्बन्धमा कार्यविधि नै बनाएर कार्यान्वयन गर्नुपर्ने छ । क्यासिनोमा ग्राहकमा रूपमा छिर्ने सबै व्यक्तिको पहिचानसम्बन्धी कानूनतः तोकिएको सबै प्रक्रिया व्यवसायीले पालना गर्नुपर्ने प्रावधान अनिवार्य गरिएको छ । यसमा पनि उच्चपदस्थ व्यक्तिको पहिचानलाई कम्पनीहरुले प्राथमिकता दिनु पर्नेछ । निर्देशिका अनुसार कुनै पनि ग्राहकले एक दिनमा एकैपटक वा पटक–पटक गरी १० लाख रुपैयाँभन्दा बढी क्यासिनोमा जित्यो या हार्यो भने त्यसको जानकारी व्यवसायीले…
काठमाडौं: राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षाैंसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौंं भए पनि कालो सूचीमा पाँचदर्जनलाई मात्र राखिएको छ। कानुनअनुसार समयमा काम नगर्नेे ठेकेदार कम्पनी तथा सप्लायर्सलाई कालो सूचीमा राख्ने जिम्मेवारी सार्वजनिक खरिद अनुगमन कार्यालयको हो। मुलुकभरका अधिकांश आयोजना समयमा काम नभएर अलपत्र अवस्थामा छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष गरेको अनुसन्धानले पनि एक हजार ८ सय ४८ आयोजना लथालिंग अवस्थामा भएको देखाएको थियो। तर अहिलेसम्म जम्मा ५८ ठेकेदारलाई मात्र कालो सूचीमा राखिएको छ। अनुगमन कार्यालयका अनुसार गत वर्षसम्म ५० वटा ठेकेदार कम्पनी तथा सप्लायर्स कालो सूचीमा राखिएको थियो भने यो वर्ष ८ वटा थपिएका छन्। समयमा…
काठमाडौं : हिजो मंगलबार दिनभर परेको पानी आज पनि पर्ने अनुमान गरिएको छ । आज बुधबार काठमाडौं उपत्यकामा दिनभर बादल लाग्ने र पानी पर्ने मौसमविदहरुको पूर्वानुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकामा घाम लाग्ने सम्भावना नभएको र दिनभरी नै पानी पर्ने छ । बुधबार देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने छ । कतैकतै भारी वर्षाको पनि सम्भावना रहेकाले पहिरो जान सक्ने, नदीहरुमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदे सुझाव दिएका छन् । बंगालको खाडीबाट आएको…