Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: मुलुकमा आर्थिक समृद्घि हासिल गर्न लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिसँग जोड्नुपर्ने आवश्यकता सरोकारवालाहरुले औंल्याएका छन् । स्थानीय उत्पादनमा आधारित नेपालमा सदियौंदेखि चलिरहेका परम्परागत लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिको माध्यमबाट उत्पादकत्व र क्षमता बढाउनुपर्ने उनीहरुको सुझाव थियो । सातौं विज्ञान दिवसको पूर्वसन्ध्यामा नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको ‘विज्ञान, प्रविधि र उद्योगसँगसँगै’ विषयक एक दिने विचार गोष्ठीका सहभागीहरुले विज्ञान र प्रविधिको माध्यमबाट पुराना उद्योगहरुलाई सुदृढ र विकास गर्नुपर्नेमा जोड दिएका छन् । महासंघका अध्यक्ष श्याम गिरीले सरकारले लिएको समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने…
विदुर : नुवाकोटको लिखु गाउँपालिका–६ मा फक्राउ परेका नेत्र विक्रम चन्द समूहका नुवाकोट जिल्ला सदस्य तथा युवा सङ्गठन नुवाकोटका उपाध्यक्ष रमन भन्ने प्रनिल पौडेललाई पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको छ । नुवाकोट जिल्ला अदालतबाट सोमबार पाँच दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए । नुवाकोटको बेलकोटगढी नगरपालिका–४ स्थित दशचर पेटारेमा गत महीनाको साउन १६ गते ऐनसेल कम्पनीको टावर क्षेत्रभित्र रहेको सोलार प्यानल तथा ब्याट्री बक्समा आगजानी गरेको आरोपमा प्रहरीले उनलाई विशेष सूचनाका आधारमा गत शुक्रबार पक्रेको थियो । उनी नुवाकोटको लिखु गाउँपालिका–६ स्थित बा ५८ प १३६२…
बाजुरा : जिल्ला सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन् । बजारको मूल्यभन्दा संस्थानको चामलको मूल्य कम भएपनि बिक्री हुन नसकेको हो । दशैँ तिहार आउनअगावै चामल किन्नेको घुइँचो हुने संस्थानमा पछिल्लो समय चामल बिक्री हुन छाडेको नेपाल खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझाले बताए । उनले भने , “कम मात्रामा चामल बिक्री हुन थालेपछि दशैँ र तिहारका लागि संस्थानको गोदाममा चामल प्रशस्त रुपमा रहेको छ । यो वर्षको चाडपर्वमा चामलको कुनै अभाव हुने छैन ।” बजारका पसलहरुमा सहजै चामल पाउन थालेपछि संस्थानको चामल कम मात्रामा बिक्री हुन…
काठमाडौँ : लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ । ‘भिजिविलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो । विमानस्थलबाट हुने दुबैतर्फका उडान भने रोकिएको थिएन । डेढघण्टापछि अवरुद्ध अवतरण शुरु गरिएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए । अवतरण बन्द हुँदा भारतको नयाँ दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोका विमान आकाशमै फन्को लगाउँदै ‘होल्ड’ भएका थिए । कतिपय आन्तरिक उडानका जहाज पनि ‘होल्ड’मै थिए । उक्त विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र करीब ३०० आन्तरिक उडान–अवतरण हुँदैआएको छ ।…
काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले ‘अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय’ भएको टिप्पणी गरेलगत्तै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज एकाएक बढेको छ । कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सवका क्रममा आज अर्थमन्त्री खतिवडाले शेयर बजार घटिरहेको अहिलेको स्थितिमा नवप्रवेशीका लागि उपयुक्त समय रहेको धारणा राख्नुभएपछि बजार एक्कासि बढेको हो । बजार खुल्नेबित्तिकै आइतबार र सोमबारकै लयमा घट्न थालेको थियो । जब अर्थमन्त्रीको उक्त धारणा सार्वजनिक भयो तब बजारले उकालोको यात्रा तय ग¥यो । कारोबार शुरु भएको २८ मिनेटसम्म स्थिर रहेको बजार त्यसपछि भने एकाएक बढ्न थाल्यो । नेप्से परिसूचकको उकालो यात्रा अपराह्न १ बजेर २७…
काठमाडौैँ : आन्तरिक लगानीका लागि भरपर्दो र विश्वासिलो संस्थाका रुपमा स्थापित हुँदै गएको कर्मचारी सञ्चयकोषले रु तीन खर्ब ४५ अर्ब बराबरको वित्तीय स्रोतको व्यवस्थापन गर्दै आएको छ । करीब छ लाख सञ्चयकर्ताले मासिक कोष कट्टी गरेर जम्मा गरेको रकम बढ्दै गएको सन्दर्भमा लगानीका विविध क्षेत्र र आयामको खोजीमा कोष क्रियाशील भएर लागेको छ । कोषमा रु तीन खर्ब नौ अर्ब ८५ करोड बराबरको कोष मौज्दात छ । यस्तै रु ३१ अर्ब ४५ करोड जगेडा कोषमा छ । अन्य दायित्व तथा व्यवस्था भने रु चार अर्ब ३९ करोड छ । कोषले रु तीन खर्ब ४५ अर्ब ६९ करोड कूल…
काठमाडौं : दशैं आउनै लाग्दा राजधानी लगायतका स्थानमा धनमाल चोरीका घटना बढ्न थालेका छन । चोरीका घटना अन्तर्गत काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका(९ वीरेन्द्र चोक डेरा गरी बस्ने सर्लाही लालबन्दी घर भएकी सर्मिला लामाको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १ लाख ५७ हजार रुपैयाँ बराबरको धनमाल हिजो सोमबार दिउँसो चोरी भएको छ । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका(१४ नयाँ नैकाप बस्ने सर्मिला न्यौपानेको घरबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ । यसैगरी काठमाडौं महानगरपालिका(९ सिनामंगल पंचकुमारी बस्ने राजेश राईको घरबाट…
काठमाडौँ : शिख धर्मावलम्बीका प्रवर्तक श्री गुरु नानकको स्मरणमा सिक्का प्रकाशन हुँदैछ । ५५०औँ जन्मजयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले सिक्का प्रकाशन गर्ने भएको हो । गुरु नानकले धर्मका माध्यमबाट समाजिक विकासमा योगदान गरेका कारण बैंकले सम्मानस्वरुप उहाँको स्मरणमा सिक्का ल्याउन लागेको छ । रू १० हजार, रू एक हजार र रू १०० मूल्यका १० हजार सिक्का असोजको दोस्रो सातासम्ममा प्रकाशन गर्न लागिएको बैंकका उपनिर्देशक थानेश्वर आचार्यले जानकारी दिए । बैंकले विभिन्न कालखण्डमा समाजका विभिन्न तह तथा क्षेत्रबाट मुलुकको विकास र प्रगतिमा भूमिका निर्वाह गरेका ऐतिहासिक व्यक्ति तथा संस्थाका नामबाट सिक्का प्रकाशन गर्दै आएको छ ।…
काठमाडौँ : सरकारले मर्करीयुक्त उपकरण तथा डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध लगाएको छ । यही भदौ ४ गते मन्त्रिस्तरीय निर्णयबाट अब आम नागरिकले मर्करीमुक्त दन्त चिकित्सा तथा मर्करीमुक्त स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मर्करी मानव स्वास्थ्य र वातावरणमा असर पु¥याउने विभिन्न मुख्य १० रसायनमध्ये एक प्रमुख रसायन हो । अब गर्भवती र स्तनपान गराइरहेका महिला तथा १५ वर्षमुनिका बालबालिकामा मर्करी डेन्टल अमल्गमको प्रयोग पूर्णतः प्रतिबन्ध लगाउने, अन्य उमेरका हकमा विकल्प भएमा पाँच वर्षभित्र प्रतिबन्ध लगाउने, दन्त चिकित्सा अध्ययन गराउने विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मर्करी डेन्टल अमल्गमको प्रयोगबाटै पाठ्यक्रम परिमार्जन गराउने तथा प्रयोगात्मक अभ्यासमा…
काठमाडौं : बागलुङ गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ । कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा हिजो सोमबार निधन भएको गैरआवासीय नेपाली सङ्घ जापानका सदस्य शिबु थापाले जानकारी दिए । दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । गङ्गा १४ वर्षअघि रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । उनको अन्तिम संस्कार भोली बुधबार जापानमै गरिने भएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।