Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: अभद्र व्यवहार गरेको भन्दै प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा लिएको छ । नेपालगञ्ज विमानस्थलमा शनिबार भएको अभद्र व्यवहार र पर्यटनमन्त्री योगेश मन्त्री भट्टराईमाथि विमानभित्रै भएको गालीगलौजबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा शाहीमाथि एक समूहले हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । तर, प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ पक्राउ पुर्जी थमाएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा विवाद उत्पन्न भएपछि उनलाई सुरक्षाका लागि नियन्त्रणमा लिएकाे ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए। उनीमाथि आक्रमण हुनसक्ने भन्दै सुरक्षाका लागि नियन्त्रणमा लिएकाे राइले बताए। ‘पत्रकार सम्मेलनमा हुलहुज्जत भयो।…
तुलसीपुर: दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको हो । आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका ६ निवासी २३ वर्षीय शिवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो । दाहिने हातमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।
काठमाडौं: राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण प्रक्रिया टुंगोमा पुग्न लाग्दा राजपाका नेताले एकीकृत पार्टीको नाम समाजवादी जनता पार्टी नेपाल राख्न प्रस्ताव गरेका छन्। प्रस्तावमा समाजवादी पार्टीका नेतासमेत सकारात्मक भएको राजपाका नेताको भनाइ छ। पार्टी एकीकरणका लागि भएको औपचारिक संवादमा राजपाले ३ वटा सर्त राखेको हो। राजपाका नेताहरूले समाजवादी पार्टीका नेतालाई भेटेरै एकीकृत पार्टीको नाम समाजवादी जनता पार्टी नेपाल हुनुपर्ने, महन्थ ठाकुरलाई पहिलो स्थानमा राख्नुपर्ने तथा एकीकणअघि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने सर्त राखेका हुन्। ४ दिनअघिको भेटमा राजपाबाट महन्थ ठाकुर, शरतसिंह भण्डारी तथा समाजवादी पार्टीबाट अध्यक्ष डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ, नवराज सुवेदी उपस्थित थिए। भेटमा…
भक्तपुर : केही विशेषज्ञ चिकित्सकले छाड्ने भएका छन्। अस्पतालमा भक्तपुर नगरपालिकाले हस्तक्षेप गरेपछि उत्पन्न गतिरोधले निकास नपाएपछि उनीहरुले अस्पताल छाड्ने भएका हुन्। गएको साउन ३० गते भक्तपुर नगरपालिकाले अस्पतालमा हस्तक्षेप गरी अस्पतालको मौजुदा व्यवस्थापन समितिको समानान्तर हुने गरी नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा अर्को व्यवस्थापन समिति गठन गरेको थियो। अस्पतालमा भ्रष्टाचार भएको हवाला दिँदै भक्तपुर नगरपालिकाले मेयरको अध्यक्षतामा व्यवस्थापन समितिमात्रै खडा गरेन। नगरवासीको नाउँमा एक समूह खडा गरी मौजुदा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुलाई अस्पतालमा प्रवेशसमेत गर्न बाधा पुर्याउँदै आएको छ। भक्तपुर नपाको हस्तक्षेपविरुद्ध अस्पताल व्यवस्थापन समिति, अस्पताल सञ्चालक नेपाल अर्बुदरोग निवारण संस्थाले सर्वोच्चमा रिट हालेको थियो। उक्त रिटको सुनुवाइ गर्दै…
काठमाडौँ: नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटन प्रवद्र्धनका गतिविधि बढेका छन् । तीन महिनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटकीय गतिविधि भइरहेका छन् । अभियानलाई प्रभावकारी बनाउन सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायी लागिपरेका छन् । मुलुकको समग्र पर्यटन प्रवद्र्धनको जिम्मेवारी लिएको नेपाल पर्यटन बोर्डले पनि आफ्नो भूमिकालाई पूर्ण क्षमताका साथ प्रयोग गर्दै निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिरहेको छ । भ्रमण वर्ष सचिवालयले आफ्ना पर्यटकीय गतिविधि र सरोकारवाला निकायसँगको साझेदारी अभिवृद्धि गर्दै पर्यटन प्रवद्र्धनमा जुटेको छ । स्वदेशमा मात्र नभई विदेशमा पनि भ्रमण वर्षको प्रचार प्रसारले तीब्रता पाएको छ ।…
काठमाडौँ: नजिकिएको दशैँ, तिहार र छठलाई लक्ष्य गर्दै वायुसेवा प्रदायक कम्पनीले आफ्ना यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन् । वायु सेवा सञ्चालक सङ्घको आजको बैठकले दशैँका अवसरमा आगामी असोज १२ देखि कात्तिक १७ गतेसम्म उडानमा यात्रुलाई छुट दिने निर्णय गरेको हो । नियमित उडान सञ्चालन गर्ने सदस्य वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे समान्य हवाई भाडा मूल्यमा यात्रुलाई १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विमानस्थल कर र इन्धनको मूल्यमा बाहेक वायुसेवा कम्पनीले लिने सामान्य भाडामा यस्तो छुट दिन लागिएको हो । वायुसेवा कम्पनीले पछिल्लो समय धमाधम जहाज भित्र्याइरहेकाले आवश्यकताअनुसार हवाई टिकट उपलब्ध…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले छिमेकी राष्ट्र चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई)को नेपालले सदुपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ । नेपाल बुद्धिजीवी सङ्गठनले आज आयोजना गरेको बिआरआईसम्बन्धी सम्वादको समापानमा उहाँले उक्त परियोजना बहुआयामिक भएकाले नेपाल जस्तो समृद्धिको यात्रामा उन्मुख भएको मुलुकले त्यसबाट आर्थिक लाभ लिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसलाई कसरी सदुपयोग गर्ने भन्नेबारेमा सरकारले आवश्यकताको पहिचानका लागि अध्ययन गरी स्पष्ट खाका बनाउनुपर्छ, यसबारे उठेका जटिल विषयवस्तु भएमा व्यापक अन्तक्र्रिया गरेर टुङ्गोमा पुग्नुपर्छ ।” उहाँले विश्वव्यापीकरणको वर्तमान युगमा बिआरआईजस्ता पहलबाट नेपाल विमुख हुन नहुने र यसबाट हुन सक्ने पूर्वाधार विकासका लागि…
काठमाडौँ: सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम प्रालिको कर विवादको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आदेशमा भनिएको छ, “आफूले भुक्तान गर्नुपर्ने रकम नबुझाइ आलटाल गरेका अवस्थामा कानूनबमोजिमको कारवाही र परिणाम व्यहोर्नु स्वभाविक र नियमति प्रक्रिया हो, सुविधा सन्तुलनका दृष्टिले विचार गर्दा निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन ।” नेपाल दूरसञ्चार प्राधिकरणले सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गर्ने निर्णयविरुद्ध सुमार्गी सर्वोच्च अदालतमा जानुभएको थियो । सुमार्गीको लगानी रहेको स्याटेलाइट टेलिकमको ७५ प्रतिशत शेयर सात…
काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू) को भावनाअनुरुप मलेसिया रोजगारी नियमित भएको प्रष्ट पारेको छ । मन्त्रालयले आज एक वक्तव्य जारी गर्दै दुवै देशबीच सम्पन्न समझदारीको अक्षर र भावनाको पूर्ण कार्यान्वयन हुने गरी मलेसिया रोजगारी सञ्चालन गरिएको जनाएको छ । समझदारीपश्चात् बाँकी रहेका प्राविधिक विषय टुङ्गो लगाउन यही भदौ २४ र २५ गते मलेसियाको पुत्रजयामा दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूहको बैठक बसेको थियो । सोही बैठकले नै समझदारी भएको लामो समयसम्म नियमित हुन नसकेको मलेसिया रोजगारीको सम्बन्धमा ‘ब्रेकथ्रु’ गरेको थियो । बैठकमा श्रम समझदारी कार्यान्वयनका सन्दर्भमा टुङ्गो लाग्न…
काठमाडौँ: वैदेशिक रोजगार विभागले बैंक ग्यारेन्टी र नगद धरौटी थप गर्न नसकी खारेजीमा परेका सम्पूर्ण म्यानपावर कम्पनीलाई १५ दिनभित्र संस्थाको विगतको दायित्व फरफारक गर्न निर्देशन दिएको छ । विभागले आज एक सर्कुलर जारी गर्दै खारेजीमा परेका म्यानपावरले हालसम्म वैदेशिक रोजगारीमा पठाइएका व्यक्तिको सम्पूर्ण विवरण विभागमा पेश गर्न पनि निर्देशन दिएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को संशोधनअनुसार धरौटी वृद्धि गर्न नसकेपछि ३०३ म्यानपावर स्वतः खारेजीमा परेका थिए । सरकारले ऐन संशोधन गरी म्यानपावरको धरौटी रु दुई करोडदेखि रु छ करोडसम्म वृद्धि गरेको थियो । त्यसैगरी आगामी दिनमा विगतको संस्थाको नामबाट वैदेशिक रोजगारसम्बन्धी नयाँ एवं पूराना कुनै पनि कार्य नगर्न÷नगराउन…