Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : देशका अधिकांश स्थानमा यतिवेला मनसुनी वर्षा भइरहेको छ । हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावका कारण तीन दिन देशको अधिकांश स्थानमा मेघ गर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपाउन अनुरोध गरेको हो । जुन १० देखि सेप्टेबर २६ सम्मको समयलाई मनसुनको अवधि मानिन्छ । यस समयमा मनसुनी ‘ट्रफ’ कहिले तल कहिले माथि भइरहने मौसमविद मञ्जु बासीले बताइन । उक्त…

Read More

काठमाडौं : नेको इन्स्योरेन्सको १२% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि आज मंगलबार नेकोको सेयर कारोबार प्रतिकित्ता ४०३ रुपैयाँ ५७ पैसालाई आधार मानेर खुलेको छ । भदौ १४ गते साधारण सभा बोलाएको नेकोले आज मंगलबार (भदौ ३ गते) बाट सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । यसर्थ भदौ २ गतेसम्म कायम सेयरधनीले मात्र १२% बोनस सुरक्षित गर्न सक्नेछन् । कम्पनीले गत वर्षको नाफाबाट १२% बोनस र कर तिर्नका लागि ०.६३% नगद लाभांश दिन लागेको हो । १४ करोड ११ लाख ५३ हजार ४०८ रुपैयाँ बराबरको बोनस वितरण हुनेछ । कर तिर्न ७४ लाख २९ हजार १२७ रुपैयाँ…

Read More

काठमाडौं : एनआइसी एसिया ग्रोथ फन्डले १०% नगद लाभांशमा भदौ १३ गते बुक क्लोज गर्ने भएको छ । भदौ १२ गते बिहीबारसम्म कायम इकाइधनीले नगद लाभांश प्राप्त गर्न सक्नेछन् । एनआइसी एसिया ग्रोथ फन्डले करसहित ८ करोड ३५ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश ९प्रतिफल० दिने यसअघि नै घोषणा गरिसकेको छ । एनआइसी एसिया ग्रोथ फन्ड एनआइसी एसिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालनमा रहेको पहिलो योजना हो ।

Read More

कावासोती : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज बिहान सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा भारत मोतिहारी घर भई मध्यविन्दु नगरपालिका–७ चोरमारामा प्लास्टिक पसल गर्दै आएका ३६ वर्षीय मोहम्मद साहवीर आलम रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । काठमाडौँबाट महेन्द्रनगरका लागि छुटेको ना५ख ४८६ नंको बसले मध्यविन्दु नगरपालिका–७ चोरमारामा बसले ठक्कर दिँदा गम्भीर घाईते भएका साइकलयात्री आलमको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बसले ठक्कर दिँदा ना४५प २१०७ नंको मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका–७ का भानुभक्त पँगेनी घाइते भएका…

Read More

काठमाडौं : नेपालबाट विदेशमा जाने श्रमिकको संख्या यो वर्ष घटेको छ । गएको वर्षको तुलनामा यो वर्ष १४% ले घटेको तथ्यांकले देखाएको छ । खाडी राष्ट्रमा आएको आर्थिक मन्दीका कारण विदेशी श्रमबजारमा जाने युवाको संख्या घटेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७४/७५ को तथ्यांक अनुसार कतारमा एक लाख ८३ हजार ५४२ युवा श्रमिकका रुपमा पुगेका थिए भने गत आर्थिक वर्ष २०७५/७६ को असारसम्म एक लाख ६१ हजार २१५ गएका छन । त्यस्तै मलेसियामा आव २०७४/७५ मा एक लाख ३७ हजार ३११ जना गएको रेकर्ड थियो भने यो वर्ष ४२ हजार १४६ जना मात्रै…

Read More

काठमाडौं : मुलुककै जेठो पूर्वपश्चिम राजमार्गअन्तर्गत महेन्द्र राजमार्गको मर्मत कार्य शुरु भएको छ । कैलालीको चिसापानीदेखि अत्तरियासम्म ‘पाइलोट सडक मर्मत’ कार्यक्रमअन्तर्गत यो कामको थालनी भएको हो । डिभिजन सडक कार्यालयले राजमार्ग मर्मतका लागि रु २७ करोड ७३ लाख ७७ हजार बजेट उपलब्ध गराएकामा रु १७ करोड ९६ लाखमा मर्मत गर्ने गरी कालिका–जोशी जेभी निमार्ण कम्पन्नीसँग गत फागुनमा ठेक्का सम्झौता भएको थियो। उक्त कार्यालयका सूचना अधिकारी लक्ष्मीदत्त जोशीले कैलालीको चिसापानीदेखि अत्तरीया बजारसम्मको नियमित मर्मत सो कम्पनीले गर्ने जानकारी दिए । सो योजनाअन्तर्गत सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, पर्खाल बनाउने, नाला मर्मत, रेलिङ मर्मत, कल्भर्ड मर्मत र सडक बन्द भए अवरोध पनि…

Read More

काठमाडौं : सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसी मृत भेटिएका छन्। कार्यालयको कोठामा मंगलबार बिहान उनी मृत भेटिएका हुन्। उनले विष सेवन गरी आत्महत्या गरेको शंका गरिएको छ। घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले शवको मुचुल्का उठाएको छ। वृत्तका डिएसपी कौशल बुढाथोकीको नेतृत्वमा रहेको टोली घटनास्थलमा छ। नासु केसी गएराति कार्यालयमै बसेको र उनले राति विष सेवन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। १० बजेपछि कार्यालय पुगेका सहकर्मीले नासु केसीलाई मृत अवस्थामा देखेका थिए।

Read More

काठमाडौं : भक्तपुरको लोकन्थलीमा पानी ट्यांकी खन्दा पहिरो गएको छ । बाटोमै गएको पहिरोका कारण जोखिमयुक्त एक घर खाली गरिएको छ । अन्य चार घर पनि पहिरोकै जोखिममा छन । पहिरोका कारण पैदल यात्रीलाई समेत समस्या परेको छ । आज मंगलबार बिहान पौने २ बजेतिर पहिरो खसेको स्थानीयले बताए । पहिरोबारे यतिबेला जिल्ला सुरक्षा समितिमा छलफल चलिरहेको मध्यपुरठिमी नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुरज खड्काले जानकारी दिए । खानेपानीको समस्या भोग्दै आएका मध्यपुरठिमी नगरपालिकाको वडा नम्बर १, २ र ३ लक्षित पाँच लाख लिटर क्षमताको ट्यांकी बनाउने काम नसकिँदै पहिरो गएको हो । गत वैशाख महिनाबाट ट्यांकी खन्न…

Read More

काठमाडौं : टोखा नगरपालिका वडा नं ३ स्थित इन्द्रेणी (भूतखेल) चौरको सार्वजनिक जग्गा मिचेर गर्न लागिएको ३२ फिटको बाटो विस्तारमा राजनीतिक हस्तक्षेप बढेको छ । हालै गरिएको हालसाबीमा तोकिएको भन्दा बढी बाटो विस्तारका लागि इन्द्रेणी चौरको सार्वजनिक जग्गामा ठेकेदारको मनोमानी भइरहँदा स्थानीय निकायको असन्तोष बढ्दै गएको छ । टोखा मेनरोडदेखि हार्मिन हाउजिङ हुँदै कुइरे कम्पाउण्डका नामले परिचित टर्चासम्म डेढ किलोमिटर बाटो विस्तार गर्न ४ वर्षको आयोजना पुष्पाञ्जली कन्स्ट्रक्सनले ठेक्कामा पाएको छ । सो कन्स्ट्रक्सनले विस्तार गर्नुअघि गठन भएको स्थानीय बासिन्दा सम्मिलित समितीमा भएको निर्णयको अवज्ञा गर्दै सार्वजनिक जग्गा मिचेर पर्खाल समेत लगाइसकिएको छ । हालसाबीमा इन्द्रेणी चौरसंग जोडिएको बाटो…

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन्। आज (मंगलबार) साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको उनले बताए। बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयमा छलफल तथा आफ्नो उपचारका लागि पुनः सिंगापुर जाने कार्यक्रमबारे जानकारी गराउने अनुमान गरिएको छ। संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०, नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन्।

Read More