Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ ः आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का तथा मध्यम वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले अवको तीन दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार मनसुनसँगै स्थानीय प्रणाली पनि विकसित भएकाले मेघगर्जन, हावाहुरी र चट्टयाङ्गसहित वर्षा हुने छ । महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदैँ मेघगर्जन र चट्टयाङ्गसहित वर्षा हुने सम्भावना रहेकाले चट्टयाङ्गबाट बच्न सतर्कता अपनाउन आग्र्रह गरेको छ । देशको पीश्चमी भागका एक दुई स्थानमा भारी वर्षाको…

Read More

काठमाडौं : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयानपछि यतिबेला थुनछेक बहस भइरहेको छ । सोमबार जिल्ला अदालत, चितवनमा दुवै जनाको बयान लिइएको हो । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस भइरहेको हो । वादी र प्रतिवादीको बहसपछि अदालतले तीनै जनालाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश जारी गर्नेछ । तर, बहस नसकिएको हकमा पुनः सबैलाई जिल्ला प्रहरी कार्यालय, चितवनकै हिरासतमा राखिनेछ भने मंगलबार बिहान पुनः उपस्थित गराइनेछ । यसअघि हिजो आइतबारै अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको थियो । तर, लामिछाने…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पराजुली र धमला तत्कालिन नयाँ शक्ति पार्टीबाट र राईद्वय विप्लव समूहबाट नेकपा प्रवेश गरेका हुन् । यसअघि नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय थियो । नयाँ चार जना थपिएपछि नेकपा केन्द्रीय समिति ४ सय ४५ सदस्यीय भएको छ ।

Read More

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज सोमबार ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ । बैंकले ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएको उल्लेख गरेको छ । बैंकले ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाखको र ३६४ दिन अवधिको २ अर्ब बराबरको ट्रेजरी बिल बिक्री जारी गरेको छ । ट्रेजरी बिल खरिद गर्ने बैंक तथा बित्तिय संस्थाले आज तीन बजेसम्म अनलाइन मार्फत बोलकबोल गर्रिसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

Read More

काठमाडौं : मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले ३०% बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीको आज सोमबार बसेको सञ्चालक समिति बैठकले २०७५–७६ को नाफाबाट ३०% बोनस र कर तिर्नका लागि १.५८% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसर्थ, कम्पनीले १९ करोड ७३ लाख ४० हजार बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न १ करोड ३ लाख ९३ हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । हाल कम्पनीको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि…

Read More

बाँके: विसं १९१४ मा भारतमा भएको सिपाही विद्रोह दबाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इन्डिया कम्पनीलाई सहयोग गर्नुभयो । त्यसबापत १८७३ को सुगौली सन्धिबाट गुमेको भू–भागमध्ये पुरस्कारस्वरुप १९१७ मा बाँके, बर्दिया, कै लाली र कञ्चनपुर नेपाललाई फिर्ता आयो । यी चार जिल्ला नयाँ मुलुकका रुपमा चिनिन्छन् । नयाँ मुलुक र भारतबीचको सीमा छुट्याउन स्तम्भ राखियो । ती पिलर जंगबहादुर राणाको पालामा राखिएकाले जंगेपिलर भनिएको हो । त्यस्तै, दुई मुलुकको सीमा छुट्याउन नेपाल–भारतले १०÷१० गज जग्गा दिएका कारण सीमालाई दशगजा भन्ने गरिएको हो । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका पालामा दशगजामा राखिएका जंगेपिलर हराउँदा र जीर्ण हुँदा पुनःनिर्माण, मर्मत तथा संरक्षणमा नेपाल सरकार…

Read More

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिका– ५ मार्मिङस्थित भोटेकोशी र चाकु खोला दोभानदेखि बाह्रबिसे नगरपालिका– १ जम्बुस्थित विद्युत् गृहसम्मको सात हजार १२४ मिटर सुरुङ मार्गमध्ये हालसम्म पाँच हजार ३०० मिटर सम्पन्न भएको आयोजना प्रमुख डा सुनिलकुमार लामाले जानकारी दिए । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ को जनवरीमा शुरु भई सन् २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको काम समय लम्बिदै गएपछि अव सन् २०२० डिसेम्बरमा सम्पन्न गर्ने समय निर्धारण गरिएको छ । विसं २०७२ को भूकम्प, भारतीय नाकाबन्दी र हरेक वर्ष तिब्वत्बाट आउने गरेको…

Read More

चितवन : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका युवराज कँडेलको बयान आज सोमबार शुरु भएको छ । हिजो आइतबार सोही अभियोगमा पक्राउ परेकी अस्मिता भनिने रुकु कार्कीको बयान लिइएको थियो । चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार कँडेलको बयानपछि रवि लामिछानेको बयान शुरु गरिने छ । त्यसलगत्तै थुनछेक बहस शुरु हुने उनले जानकारी दिए । बहसका लागि वादीका पक्षबाट तीन सरकारी वकिलका साथै जाहेरवाला तथा प्रतिवादीका तर्फबाट पाँच÷पाँच वकिलले बहस गर्ने जानकारी प्राप्त भएको उनले बताए । अन्य कानून व्यवसायी पनि थपिन सक्ने श्रेस्तेदार गिरीको भनाइ थियो । बहस सकिएपछि मात्र थुनछेक हुने–नहुने भन्ने आदेश जारी हुने…

Read More

काठमाडौं : सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ । आज सोमबार प्रतितोला १ हजार रुपैयाँले बढेर प्रतितोला ७३ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । यसअघि हिजो आइतबार सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले बढेर ७३ हजार २ सय रुपैयाँ पुगेको छ । आज सोमबार चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँ रहेको छ । पछिल्लो सयम सुनको भाउ निरन्तर बढेपछि बजारमा क्रेता ज्यादै न्यून देखिएका छन् । सुनको मूल्य बढ्नुमा अमेरिका…

Read More

काठमाडौं : देशमै पहिलो पटक प्रविधिको प्रयोग गरी प्रधानमन्त्री केपि शर्मा ओलीको उपस्थिति हुने गरी आज सोमबार मन्त्रिपरिषद्को बैठक बस्दैछ। सिंगापुरबाट प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्समार्फत बैठकमा उपस्थिति जनाइ आज दिउँसो १ बजे बैठक बस्ने तयारी भएको मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । गर्नैपर्ने नियमित कामकारबाही नरोकियोस भन्नका निम्ति गत साता बसेको मन्त्रीपरिषदको बैठकले सो व्यवस्थाको निर्णय गरेकोृ थियो । आजको बैठकमा सिंगापृुरबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने र यता अन्य मन्त्रीहरु सहभागी हुने कार्यालयले जनाएको छ ।

Read More