Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासमा पर्ने बालुवाटारको सरकारी जग्गा अतिक्रमण सम्बन्धमा सयभन्दा बढी अनुसन्धान भइरहेको छ। जग्गा अतिक्रमण प्रकरणमा संलग्नमाथि धमाधम बयान लिने काम अख्तियारले गरेको छ। संवैधानिक निकायका पूर्वप्रमुखदेखि उच्चपदस्थ कर्मचारीको अनुसन्धान गरिएको छ। अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ। तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसँग बयान लिइरहेको छ। भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा प्रधानमन्त्री निवास बालुवाटारको जग्गा विस्तार क्रममा तयार पारेको प्रस्तावको सन्दर्भमा आयोगले बस्न्यातलाई अख्तियारमा बोलाएर बयान लिएको हो। तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव छविराज पन्त, गृह मन्त्रालयका तत्कालीन सहसचिव, हालका निर्वाचन आयुक्त सुधीरकुमार…

Read More

काठमाडौँ: देवः विकास बैंक लिमिटेडले दाङ्ग, कपिलवस्तु र बाँकेमा कार्य क्षेत्र रहेको वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरी आजदेखि विधिवत एकिकृत बैकिङ्ग कारोबार शुरु गर्दैछ। यही आषाढ १२ गते बसेको दुवै बैंकको वार्षिक साधारण सभाबाट १ः१ को स्वाप रेसियोमा प्राप्ति प्रक्रियालाई सर्वसम्मतीबाट पारित गरिएको हो । बैंकको एकिकृत बैकिङ्ग कारोवारको औपचारिक समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजीवि नेपालबाट सोमबार गर्नु हुनेछ। वेष्टर्न डेभलपमेन्ट बैंक लि.लाई प्राप्ति गरे पश्चात् देवः विकास बैंक लि.को चुक्ता पूँजी ३ अर्ब १८ करोड पुग्नेछ , जुन विकास बैंकहरु मध्येमा सबैभन्दा बढी चुक्ता पूँजी हुनेछ। चुक्ता पूँजीको आधारमा सबैभन्दा ठुलो विकास बैंकको…

Read More

काठमाडौँ: आयोजक इंग्ल्याण्डले विश्वकप क्रिकेटको उपाधि जितेको छ। म्याच बराबरीमा सकिएपछि सुपर ओभरमा खेलाइएको खेलमा आयोजक इंग्ल्याण्डले १६ रनको चुनौती न्युजिल्याण्डलाई पेश गरेकोमा उसले १५ रन मात्रै बनाउंदा आयोजक इंग्ल्याण्ड एक रनले मात्रै बिजयी भएको हो। ‘वान-ओभर एलिमिनेटर’ निर्णयको आधारमा (अर्थात सुपर ओभरमा बढी बाउन्ड्री) हिर्काउनेको जितको आधार नतिजा घोषणा गरिएको हो। न्युजिल्याण्डले पेश गरेको २४२ रनको चुनौती इंग्ल्याण्डले आफ्नो सबै विकेट गुमाउंदै २४१ अर्थात बराबर रन जोड्यो जसका कारण खेल सुपर ओभरमा पुगेको हो। ४४ वर्षसम्म पदक विहिन रहेका दुवै टोलिलाई यो विश्वकप जित्न उत्तिकै महत्त्वपूर्ण थियो। यो इंग्ल्याण्डको एतीहाँसिक पहिलो विश्वकप क्रिकेट जित हो। …

Read More

काठमाडौं: चार दिन देखिको वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६० जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बाढ्री र पहिरोमा परेर २४ महिला र ३६ पुरूषको मृत्यु भएको हो। बाढीपहिरोमा परी ३८ जना घाइते छन् भने २६ जना बेपत्ता छन्। बाढी र पहिरोबाट एक हजार चार सय ४४ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ। बाढी पहिरो र डुबानका कारण विशेषगरी तराई मधेसको जनजीवन अत्याधिक प्रभावित भएको थियो ।

Read More

काठमाडौँ: पार्किङ शुल्क महंगो भएको भन्दै सर्वसाधारणबाट विरोध भएपछि काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा सञ्चालन गरेको स्मार्ट पार्किङको शुल्क घटाएको छ । दुई पांग्रे सवारी साधनको प्रति घण्टाको २५ रुपैयाँका दरले तोकिएको पार्किङ शुल्क घटाएर १५ रुपैयाँ बनाइएको छ । महानगरले आर्थिक विधेयक, २०७६ को करसम्बन्धी व्यवस्था संशोधन गरेर शुल्क घटाएको हो ।

Read More

काठमाडौँ: निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ। विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर २०१९ अर्थात् पुस १६ गतेसम्म निर्माण अवधि थपिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यसअघि २८ जुन २०१९ सम्म सक्ने लक्ष्य तय गरिएको थियो । यसअघि डिसेम्बर २०१७ मै सकिनु पर्ने आयोजनाको अवधि १८ जुन २०१८ लाई सारिएको थियो । त्यस अवधिमा पनि काम सम्पन्न हुन नसकेपछि म्याद बढाएर २८ जुन २०१९ पु¥याइएको थियो । अहिले तेस्रो पटक समय तथ भएको छ । आयोजना निर्माणको करीब अन्तिम चरणमा रहेको र बाँकी काम सम्पन्न गर्न केही समय…

Read More

काठमाडौँ: नेपाल चेम्बर अफ कमर्शले बाढी पहिरो पिडितको उद्धार तथा राहातमा जुट्न सबै व्यवसायीहरुलाई अपिल गरेको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै कमर्शले देश दुःखमा परेको बेला सबैले सकेको सहयोग गर्न आह्वान गरेको छ । बिसम परिस्थीतिमा खाद्य वस्तु लगायतका अतिआवश्यक वस्तुहरुको नियमित आपूर्ती व्यवस्था सहज बनाउन चेम्बरले उद्यामी, व्यवसायीलाई आग्रह समेत गरेको छ । साथै राहत तथा उद्दारमा नीजि क्षेत्रबाट हुने सहयोग जिल्ला विपत व्यवस्थापन समितिमार्फत समन्वयगरि वितरण गर्न पनि चेम्बरले भनेको छ । पहिरो, बाढी तथा डुबानमा परी ज्यान गुमाउनेहरुप्रति नेपाल श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

Read More

काठमाडौँ: सरकारले बाढी र पहिरोले भत्काएका विभिन्न राजमार्गमा भत्किएका पुल तत्काल बेलिब्रिज बनाउने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बाढी पहिरो र डुबानपीडित नागरिकलाई राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले ५१ जनाको मृत्यु भएको र सात हजार घरमा क्षति पुगेको सरकारले जनाएको छ। मन्त्री बाँस्कोटाले बाढी पहिरो र डुबानले घाइते भएका सबैको उपचार सरकारले व्यहोर्ने जानकारी दिए। पीडित परिवारलाई राहत दिन राहत कोषमा भएको पैसाले नपुगे थप पैसा दिने निर्णय…

Read More

एजेन्सी: आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज (आइतबार) आयोजक इङ्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित लर्डस क्रिकेट मैदानमा दिउँसो ३ः१५ बजे सुरु हुने फाइनल खेलमा दुवै टोलीको लक्ष्य उपाधि चुम्ने रहेको छ । विश्वकपको पहिलो संस्करणदेखि सहभागिता जनाउँदै आएको इङ्ल्यान्ड र न्युजिल्यान्ड दुवैले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । घरेलु मैदानमा यसपटक कुनैपनि हालतमा उपाधि जित्ने इङ्ल्यान्डको लक्ष्य छ । साविक उपविजेता न्युजिल्यान्ड पनि आयोजकलाई कडा चुनौती दिन आतुर छ । आयोजक इङ्ल्यान्ड लिग चरणमा तेस्रो बन्दै सेमिफाइनलमा पुगेको थियो । इङ्ल्यान्डले लिग चरणमा ६ जित र तीन हारको नतिजा निकालेको थियो । सेमिफाइनलमा भने इङ्ल्यान्डले साविक…

Read More

काठमाडौं: सरकारले माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनालाई संस्थागत कर छुट दिने भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णयबाट दक्षिण कोरियाली प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको जलविद्युतआयोजनालाई कर छुट दिइएको हो । सञ्चारमन्त्री गोकुल बास्कोटाले हरेक साता सार्वजनिक गर्ने मन्त्रिपरिषद् निर्णयमा यो विषय उल्लेख गरेका छैनन् । यसको अर्थ सरकारले कर छुटको विषय सार्वजनिक गर्न नचाहेको स्पष्ट छ । मन्त्रिपरिषद्को निर्णयबाट २० अर्ब राजस्व नोक्सान भएको छ । यति ठूलो परिमाणमा कर छुट दिएको सम्भवतः पहिलोपटक भएको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Read More