Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : लागूऔषध सहित पक्राउ गर्ने क्रममा फरार भएका एक जनालाई आज नियन्त्रणमा लिइएको छ । काठमाडौं बौद्ध बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका ९ घर भएका २३ वर्षीय कृष्ण श्रेष्ठलाई आज शुक्रबार बिहान महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका ९ गौशाला बसपार्कस्थित जनकपुर गेष्ट हाउसबाट गत साउन ५ मा करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित फेला पारी पक्राउ गर्ने क्रममा तत्काल नाम,थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष गाँजा छोडी फरार भएका थिए । फरार व्यक्तिको खोजी गर्ने क्रममा स्थानीय प्रहरीको समन्वयमा कमलपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । …
काठमाडौँ : अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको छ । आगामी भदौँ २ देखि ६ गते अर्थात १९–२३ अगस्तमा काठमाडौँमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकहरुले सहभागिता जनाउनेछन् । आइकाओका अध्यक्ष, सुरक्षा अधिकारीलगायतको पनि सम्मेलनमा सहभागिता रहनेछ । यस्तो सम्मेलन हरेक देशले पालैपालो गर्ने गर्छन् । आइकाओमा नेपालसहित १९३ सदस्य राष्ट्र छन् । एसिया प्रसान्त क्षेत्रका अमेरिका, बेलायत, फ्रान्स, युरोपेली सङ्घ, बोईङ, एयरबस, इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन (आयोटा) लगायत अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुको सहभागिता रहने महानिर्देशक…
ओखलढुङ्गा : कीर्ते कागजात बनाएर सरकारी काम गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालयले दिने सबै कागजात कीर्ते बनाएर सरकारी सेवा लिने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचित वडा सदस्यको नाममा कार्यवाहक वडा अध्यक्ष उल्लेख गरी उनीहरुको कीर्ते हस्ताक्षर गर्ने मुख्य अभियुक्त सुनकोशी गाउँपालिका– ९ ककनीका कर्णबहादुर तामाङसहित कीर्ते कागजात देखाएर सेवा लिने स्थानीय पञ्चबहादुर तामाङ र अम्बरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिएका छन। मुख्य अभियुक्त भनिएका कर्ण तामाङ अस्ति बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् । उनलाई जिल्ला ल्याएर अदालतमा पेश गरिएको छ ।…
जाजरकोट ः सदरमुकामलगायत जिल्लाको विभिन्न स्थानमा चार दिनदेखि टेलिफोन सेवा नचल्दा स्थानीयबासी समस्यामा परेका छन । पटकपटक अवरुद्ध हुने टेलिफोनका कारण सन्चारबिहीन हुन पर्दा स्थानीयलाई ठुलो हैरानी भएको छ । नेपाल टेलिकमको चरम लापरवाहीका कारण त्यहाँका स्थानीय हैरान भएका छन् । मर्मतका लागि पटक पटक कुरा गरे पनि काम नभएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। साथै टावर आए पनि नेपाल टेलिकमको सदरमुकामस्थित टावरबाट करीब एक किमि दूरीमा रहेका स्थानीयका घरमा समेत टेलिकमको टुजी चल्दैन । खलङ्गा बजारभित्रै पनि फोनको गतिलो पहुँच नहुँदा यहाँका सेवाग्राही मर्कामा परेका छन् । इन्टरनेट सेवा कमजोर हुँदा काममा समस्या भएको छ ।…
सुर्खेत : विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उनलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ ।
सियोल ः उत्तर कोरियाले हिजो बिहीबार गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको बताइएको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य कमाण्डले आज शुक्रबार सो जानकारी गराएको समाचारमा जनाइएको छ । सो संयुक्त सैन्य अभ्यासको कमाण्डका सैनिक अधिकारीहरुले शुक्रबार सो कुरा बताएका हुन् । उत्तर कोरियाले हिजो बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट दुई वटा नयाँ प्रकारका क्षेप्यास्त्र परीक्षण गरेको थियो । ती क्षेप्यास्त्रहरु करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेका बताइएपछि यसबाट छिमेकी दक्षिण कोरिया र अमेरिकालाई पर्नसक्ने खतराका बारेमा अनुसन्धान गरिएको बताइएको छ । दक्षिण…
काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सको संस्थापक समूहको लिलामी सेयरमा बोलपत्र भर्ने आज शुक्रबार अन्तिम दिन हो । कम्पनीले गत साउन ३ गतेदेखि ९० हजार ५७१ कित्ता लिलामी सेयर खुला गरेको हो । गुराँस लाइफले यसअघि असार ५ देखि २२ गतेसम्म सर्वसाधारणतर्फ ८२ हजार ५ कित्ता र संस्थापकतर्फ २ लाख ४० हजार ५७१ कित्ता सेयर लिलामीमा ल्याएको थियो । त्यसबेला संस्थापक समूहको सबै सेयर बिक्री नभएपछि बाँकी सेयर फेरि लिलामीमा ल्याइएको हो । गुराँसको संस्थापक सेयरमा सर्वसाधारण तथा संघसंस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजारदेखि…
काठमाडौं ः सबैको लघुवित्तको आईपीओ आज शुक्रबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा अधिकांशको हात खाली भएको छ। आईपीओमा ३ लाख १ हजार ७३८ जना सदर आवेदकमध्ये ४९ हजार ५२५ जनाले मात्रै १० कित्ताका दरले शेयर हात पारेका छन्। लघुवित्तको आईपीओमा परेको कुल आवेदनमध्ये ४५४ जनाबाट परेको ११ हजार ९६० कित्ता शेयर खरिदको लागि परेको आवेदन रद्द भएको छ। सबैको लघुवित्तको आइपीओमा ३ लाख ५ हजार ७७६ जना लगानीकर्ताले कुल ५७ लाख २५ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । सबैको लघुवित्तले गत साउन १ गतेदेखि ५ गतेसम्म ५…
काठमाडौं : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तलाई न्याय माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज राजधानीमा प्रदर्शन गरेको छ । हत्याको १ वर्ष गुज्रिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले त्यसको वार्षिकीका अवसरमा शुक्रबार बिहान काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । प्रदर्शनकारी ले गृहमन्त्री विरुद्ध नाराबाजी गर्दै राजीनामा माग गरेका छन । प्रदर्शनका क्रममा सहभागीहरूले ‘निर्मलाले न्याय कहिले पाउँछिन् ’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । निर्मलाको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । हत्यापछि यसको छानबिनका लागि विभिन्न समितिहरू बनेका थिए । तर, हत्याको १ वर्ष…
बेत्रावती ः सुत्केरीको उपचारका क्रममा मृत्यु भएको विषयलाई लिएर नुवाकोटको बेल्कोटगढी नगरपालिका–७, महादेवफाँटमा आफन्त र स्थानीयको विरोधका कारण तनाव सिर्जना भएको छ । त्रिशूली जिल्ला अस्पतालमा अत्यधिक रक्तश्रावका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीको हिजो मृत्यु भएको थियो । हिजो बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएपछि अत्यधिक रक्तश्रावको कारण बिहीबार मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले जानकारी दिए । बच्चा जन्माउँदा खुला भएको उनको पाठेघर बन्द नभई अत्यधिक रक्तश्रावले जोखिममा परेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको शिक्षण अस्पताल पु¥याउँदा मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले बताए । नवजात शिशुको पनि श्वासप्रश्वास सन्तुलन नभएकाले शिशुलाई…