Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: गृह मन्त्रायतबाट गायव भएका दुईवटा गाडीमध्ये एउटा फिर्ता हुने चरणमा छ भने एउटाको अत्तोपत्तो छैन । गृह मन्त्रालयबाट सरुवा भएका सहसचिव सुशील कोइरालाले प्रयोग गरिरहेको गाडी फिर्ता हुने चरणमा छ । तर गृहबाटै गायब भएको बा ६ च १०२५ नम्बरको प्राडो जिप भने कहाँ छ, अहिलेसम्म पत्ता लागेको छैन । हराएको उक्त जिपको मूल्य नेपालमा २ करोड २५ लाखदेखि २ करोड ८५ लाख रुपैयाँसम्म छ । गृहमा रहँदा सहसचिव कोइरालाले आवश्यकता आधारमा निर्वाचन आयोगबाट मागेको बा ६ च २८०२ नम्बरको स्कारापियो गाडी सरुवा भएपछि सँगै लगेका थिए । सो गाडी खोजी गर्दा बिनाजानकारी सहसचिव कोइरालाले प्रयोग गरेको…
धनगढी: बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ । प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, कोरियन र अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको हो । सामाजिक विकास मन्त्रालयले तीनमहिने भाषा कक्षा सञ्चालनका लागि धनगढीस्थित स्टार प्रालिसँग ३५ लाख २६ हजार पाँच सय रुपैयाँमा सम्झौता गरिसकेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा भने युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । ‘केही दिनमै भाषा कक्षा सुरु हुन्छन् । प्रदेश सरकारको रातो…
काठमाडौँ: कुनै बेला निकै ठूलो सङ्ख्यामा उजुरी पर्ने गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी जस्ता जघन्य अपराधसँग सम्वन्धित मुद्दा काठमाडौँ उपत्यकाको प्रहरी कार्यालयहरूमा आउन छाडेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् । समाज परिवर्तनसँगै शिक्षा, सचेतना र सूचना प्रविधिको विकासले यस्ता कतिपय अपराधका घटना शून्यमा झरेका छन् भने केही घटनामा कमी आउनुमा कानुनी सुधार तथा प्रहरीको सक्रियता प्रमुख कारक रहेको पाइएको छ । महानगरीय प्रहरी कार्यालय अन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटा प्रहरी परिसर र परिसर अन्तर्गत वृत्तहरूबाट १७३ प्रकारका अपराधको अनुसन्धान तथा कानुनी कारवाहीका लागि मुद्दा दर्ता हुने गर्छन् । ती…
काठमाडौँ: ४३ डिग्रीको तापक्रम अनि शरीर नै पोल्ने गरी चलिरहेको तातो हावा (लु) मा बाँकेका मुस्लिम समुदायका महिला÷पुरुष १५ घण्टाको निराहार रोजा ( ब्रत ) बसिरहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सिराजुद्दिन खानले लेखेका छन् । शकै सबैभन्दा बढी गर्मी हुने स्थानको रुपमा परिचित नेपालगञ्जका अधिकांश मुसलमानले गर्मीको परवाह नगरी बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म पानी समेत नखाई रोजा बसिरहेको धार्मिक अगुवा मौलाना अब्दुल जब्बार मन्जरीले बताए । ‘यही त उपरवालाको परीक्षा हो, उसले हेर्न चाहन्छ प्रतिकूल मौसममा पनि कसले रोजा बसेर त्याग गर्छ र कसले आफ्नो मनोमानी गर्छ’, धर्मगुरु मन्जरीले भने । अत्यधिक…
काठमाडौँ: सरसफाइ अभियानमा जनता आफैले झण्डै सरकारको बार्षिक बजेट बराबरको आर्थिक योगदान गरेको एक सरकारी कर्मचारी स्वयमले मंगलबार बताएका छन्। प्रति शौचालय लागत १३ हजार १३३ रुपैयाँले हिसाब गर्दा स्थानीय बासिन्दाले करिब ७ खर्ब १५ अर्ब २३ करोड रुपैयाँ चर्पीमा योगदान गरेको खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झाले आज काठमाडौँमा वास मिडिया फोरम र खानेपानी तथा सरसफाई उपभोक्ता महासंगद्वारा संयुक्त रुपमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । नेपालमा अहिलेसम्म ५४ लाख ४६ हजार १२४ घरमा शौचालय बनेका छन् । सरकारले आर्थिक बर्ष २०७५/०७६ को लागि १३ खर्ब…
काठमाडौ: देशभर हाल ६४ वटा जिल्लामात्रै खुला दिशामुक्त घोषणा भइरहेका बेला देशकै राजधानीको रुपमा रहेको काठमाडौँ जिल्ला भने अझै खुला दिशा मुक्त हुन सकेको छैन। सरकारी एक तथ्याङ्कलाई मात्रै विश्वास गर्ने हो भने पनि काठमाडौँमा हालसम्म पनि अझै १,३०९ घरधुरीमा शौचालय छैनभन्दा हामी जो कोही पनि एकैछिन् अचम्म मानु पर्ने स्थिति छ। “हो यो वास्तविकता हो काठमाडौँमै १३ सय ९० घरधुरीमा अझै शौचालय छैनन्,” खानेपानी तथा ढल निकास विभागका वातारण तथा सरसफाई शाखाका प्रमुख देवेन्द्र कुमार झा भन्छन्। घर भएर पानी शौचालय नहुनु भन्दा पनि काठमाडौँको प्रमुख समस्या भनेको बाग्मतीमा सोझै मिसिने ढलको उचित व्यवस्थापन हो यसको…
चितवन: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रायोजित आन्दोलनको कुनै ओखती नहुने टिप्पणी गरेका छन् । मिडिया काउन्सिल विधेयकलाई लिएर नेपाल पत्रकार महासंघले आन्दोलन गरिरहेको छ ।मन्त्री बास्कोटाले भने कोही मानिस कुरै नबुझी दौडिरहेको बताए । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको उद्घाटन गर्दै मन्त्री बास्कोटाले प्रेसका नाममा छाडातन्त्र स्वतन्त्रताको नभएको बताए । सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उहाँले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको बताए । अमेरिकामा पनि एक करोडसम्मको जरिवाना हुने गरेको छ भन्दै उनले आतङ्कवादलाई संरक्षण गर्दै लेखेमा मृत्युदण्ड समेत दिइने गरेको बताए । उनले प्रश्न गरे,…
काठमाडौं: चालुु आर्थिक वर्षको तेस्रो त्रैमास देवः विकास बैंकको नाफा बढेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा २० करोड २३ लाख खूद नाफा कमाएको यो बैंकले चालुु आर्थिक वर्षको तेस्रो त्रैमासमा २५ करोड ५२ लाख मात्र खूद नाफा कमाउन सफल भएको छ । बैंकको खूद ब्याज आम्दानी समेत बढेको छ । अघिल्लो वर्षको यही अवधिमा ४८ करोड २१ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर ६१ करोड ५८ लाख भन्दा माथि पुुगेको छ । समीक्षा अवधिमा देवः विकास बैंकले १७ अर्ब ९२ करोड निक्षेप संकलन गरी १६ अर्ब ९४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही…
काठमाडौँ: नेपालका लागि अमेरिकी राजदूत ऱ्याडी डब्लु बेरीले सूचनाको स्वतन्त्र प्रवाह रोक्ने कानुन, नियम र कार्यदेखि चिन्तित रहेको बताएका छन्। संविधानप्रदत्त स्वतन्त्र प्रेसको अधिकार उल्लंघन गर्दै सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको नागरिकस्तरबाट चर्को बिरोध भइरहँदा सोमबार राजदूत बेरीको यस्तो धारणा सार्वजनिक भएको हो। ‘नेपालका नेताहरुले मसँग लोकतान्त्रिक स्वतन्त्रताको पक्षमा अटल रहेको प्रतिबद्धता जनाउने गरेका छन्’, अंग्रेजी भाषामा ट्विट गर्दै उनले भनेका छन्, ‘प्रेस स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधारभूत हक हो। म त्यस्ता कार्य, कानुन र नियमले चिन्तित छु जसले सूचनाको स्वतन्त्र प्रवाहलाई बाधा पार्दछ।’ प्रेसलाई नियमन गर्ने नाममा सरकारी भूमिका बढाउन ल्याइएको उक्त विधेयकको चौतर्फी…
काठमाडौँ: प्रहरीले भारतले बन्द गरेका ५ सय र एकहजार दरका भारु नोटको अवैध कारोबार र त्यही नोट देखाएर ठगीमा संलग्न पाँचजनालाई आईतबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको बिशेष टोलीले ठमेलस्थित होटल ब्लूमूनमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो। परिसरका प्रवक्ता होविन्द्र बोगटीले प्रतिबन्धित बिदेशी मुद्रा देखाएर उनीहरु ठगीमा संलग्न रहेको बताए। पक्राउ पर्नेमा धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मागर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन्। उनीहरु बिरुद्ध थप अनुसन्धान भइरहेको डिएसपी बोगटीले जानकारी दिए।