Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उनले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका हुन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ दिएका छन् । यसबाट नेपालको प्रतिष्ठा बढेको ओलीले बताएका छन् । सानै आकारको भए पनि नेपाली भू-उपग्रह अन्तरिक्षमा पठाइएपछि विश्वभर छरिएका नेपालीहरूले पनि खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा आफ्ना धारणाहरु राखिरहेका छन् । बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियाबाट नेपालको भूउपग्रह ‘नेपालीस्याट-१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । यसको तौल झण्डै एक किलो छ । नेपाली…
काठमाडौँ: काठमाडौँमा १३ हजार व्यक्तिले लाइसेन्स लिएर हतियार राखेका छन् । तर, ती हरियार नवीकरण भए–नभएको र को–कोसँग छ भन्ने सरकारी निकायलाई नै जानकारी छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । सरकारले १० वर्षसम्म पनि व्यक्तिसँग भएका निजी हतियारको लगत संकलन गर्न नसकेको हो । जुनसुकै जिल्लाबाट हतियार नविकरण गर्न मिल्ने कानुन भएकाले पनि विवरण संकलनमा कठिनाइ भएको छ । यस्तै, नविकरण नभएका हतियारबारे प्रशासनलाई जानकारी नहुने भएकाले अवैध रुपमा हतियार राख्ने बढिरहेका छन् ।
काठमाडौँ: ‘राइड सेयरिङ’ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख कर तिर्नुपर्ने भएको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरले करिब तीन महिना फाइल अध्ययन गरी कर छलीको निष्कर्ष निकाल्दै कम्पनीमाथि कर निर्धारण गरेको हो । यो रकम जरिवाना र ब्याजसहितको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्य र विजय तिमल्सिनाले लेखेका हुन् । ‘तीन आर्थिक वर्षको मूल्य अभिवृद्धि कर (भ्याट), संस्थागत आयकर र राइडरलाई दिने रकमको अग्रिम करकट्टी शीर्षकमा कर निर्धारण गरिएको हो ।’, राजस्व स्रोतले भन्यो । टुटलपछि बंगलादेशी कम्पनी पठाओले पनि एक वर्षअघि नेपालमा यस्तै सेवा सुरु गरेको छ । पठाओले पनि कर…
काठमाडौं : नेपालमा कार्यरत दुई सय ५९ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कानुनी आधार र मापदण्डबिनै करिब साढे ६ अर्ब दातामार्फत भित्र्याएका छन्। यसरी ल्याएको रकम आफू अनुकूल खर्च गर्ने गरेको पाइएको छ। तीन वर्षमै यी संस्था सीधै ६ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ भित्र्याउन सफल भएका हुन्। समाज कल्याण नियमावली, २०४९ को नियम १२ मा समाज कल्याण परिषद्ले नेपालभित्र समाज कल्याणसम्बन्धी काममा सहयोग गर्न कुनै पनि अन्तर्राष्ट्रिय संस्थाले अनुमति दिने र नेपालभित्र काम गर्नुअघि परिषद्सँग सम्झौता गर्नुपर्ने स्पष्ट व्यवस्था छ। परिषद्द्वारा जारी वैदेशिक सहयोग स्वीकृतिसम्बन्धी निर्देशिका, २०७१ को बुँदा नं ५ मा संघसंस्थाद्वारा वैदेशिक सहयोगमा कार्यक्रम, परियोजना सञ्चालन…
गोरखा: गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन्— छन्, तर सहरमा। अथवा गुम्बामा । अथवा चर्चमा । किनभने धर्मगुरुहरूले कसको घरमा बच्चा हुर्किंदै छ भन्ने पहिला अध्ययन गर्छन् । बच्चाको नाम टिप्छन् । अनि हुर्किएपछि उनीहरूलाई काठमाडौंका थानकोट, गागलफेदी, फर्पिङ, चोभार आदि स्थान अथवा भारतसम्मै पनि पुर्याउँछन् । गुम्बा र चर्चका एजेन्टले हुर्केका गाउँका बालबालिका सहर लगिदिएकैले चुमनुब्रीका विद्यालय धमाधम बन्द हुन थालेका छन् । विद्यार्थी नपाएपछि गाउँपालिकाका पाँच विद्यालय बन्द भएका छन् । मनास्लु इन्द्रेणी प्रावि नाम्रुङ, पेमाथाङ प्रावि लोक्पा, छुलेनिले आधारभूत विद्यालय…
काठमाडौँ: नेपालको पहिलोपटक मानव निर्मित स्याट १ नामक भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। नेपालको पहिलो नेपाली स्याट १ नामक भू-उपग्रह(स्याटेलाइट) अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। अमेरिकी समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा भर्जिनियास्थित नासा हेडक्वाटरबाट नेपालको पहिलो स्याटेलाइट प्रक्षेपण गरिएको नासाद्वारा तयार पारिएको लाइभ भिडियोमा उल्लेख छ। उक्त स्याटलाइट जापानको क्यूसु विश्वविद्यालयको क्यूटेकमा अध्ययनरत नेपाली वैज्ञानिकद्धय आभाष मास्के र हरिराम श्रेष्ठले निर्माण गरेका हुन। स्याटेलाइट जापानको बर्ड ३ परियोजनाले निर्माण गरिएको उल्लेख छ। स्याटेलाइटमा नेपाली झण्डा र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको लोगो सहित आभाष र हरि लेखिएको छ। यो स्याटलाइट अन्तरिक्षमा पुगेर एक…
काठमाडौँ: संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियालाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। बुधबार दिउँसो थपलियाको सुनुवाइ भएको थियो। सुनुवाइपछि समितिले थपलियालाई सर्वसम्मत रूपमा अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। थपलियासँगै समावेशी आयोगकी सदस्य विष्णुमाया ओझालाई पनि समितिले सर्वसम्मत अनुमोदन गरेको छ।
काठमाडौँ: नविल बैंकले पुँजी बजारमा सामूहिक लगानीका लागि ‘नबिल ब्यालेन्स फन्ड–२’ योजना ल्याएको छ । पुँजी बजारमा लगानी गर्न समस्या भईरहेका बेला सो बैंकले ‘नबिल ब्यालेन्स फन्ड–२’ योजना ल्याएको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो फण्डका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले पुँजी बजारमा लगानीको अभाव हुन नदिन सो योजना ल्याइएको जानकारी दिए । यो योजनाका लागि बिहीबार (भोली) बाट आवेदन माग गरिएको छ । माग गरिएको योजनाको रकम भन्दा बढि आवेदन प्राप्त भएमा छिटोमा यही वैशाख ९ गते भित्र निष्काशन कार्य बन्द गरिने पनि फन्डले जनाएको छ । इच्छुक लगानीकर्ताहरुले यस योजनामा न्यूनतम १…
काठमाडौँ: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको काम सकिएको छ। यो विमानस्थल नेपालकै पहिलो कंक्रिट धावनमार्ग हो। यसअघि विटुमिन हालेर धावनमार्ग निर्माण भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरब आयोजनाका निर्देशक प्रदीप अधिकारीले तीन महिनामै धावनमार्ग तयार भएको बताए। २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाई रहेको धावनमार्गमा २६ सेन्टिमिटर मोटाइको कंक्रिट ढलान गरिएको उनले बताए। यो धावनमार्गमा एटिआर ७२, एयरबस ३२० लगायतका जहाज सहजै उडान अवतरण गर्न सक्ने उनले बताए। विमानस्थलमा रहेको टर्मिनल विल्डिङको डिपीसीको काम पूरा भइसकेको अधिकारीले जानकारी दिए। यो विमानस्थलको टर्मिनल विल्डिङ कंक्रिट हुँदैन्। अहिले विश्वव्यापी रुपमा प्रचलन रहेको स्टील स्ट्रक्चर हुनेछ। स्टील…
काठमाडौं : शेयर बजारमा उत्साह आज पनि कायम रहेको छ । कारोबार रकम लगातार बढ्दै जाँदा बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएको अनुमानहरु भइरहेका छन् । लामो समयदेखि बजार घट्दा पीडित बनेका लगानीकर्ताले थोरै भए पनि राहत पाएका छन् । तेस्रो त्रैमासको आशा लाग्दो वित्तीय विवरण सार्वजनिक हुने अपेक्षामा लगानीकर्ता रहेका छन् । बैंकिङ प्रणालीमा पनि क्रमशः तरलता सहज हुने बुझाई लगानीकर्तामा रहेको पाइन्छ । नेप्से सूचक बुधबार ४.९९ अंकले बढेर १२१७.०४ विन्दुमा आइपुगेको छ । १७१ कम्पनीको ८२ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । २८ लाख १ हजार ६१३ कित्ता सेयर खरिदबिक्री भएका छन् ।…