Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
- दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
- होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
- अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग
- भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव
- नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत
- नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
- सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ । योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् । कहाँ कति कोरोना…
नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा कार्यरत ७ चिकित्सकसहित ७० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ओटी, इमर्जेन्सी, पारामेडिक, आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना लागेको हो । जसमा ७ जना इमर्जेन्सीमा कार्यरत चिकित्सक छन् । ‘हामीले नर्मल बिरामीलाई भर्ना लिएकै छैनौं,’ डा. राजन पाण्डेले भने, ‘बिरामीले बेड नपाइरहेको अवस्थामा चिकित्सकले अस्पतालमा बस्ने कुरा भएन ।’ अस्पतालमा कोभिड बिरामीका लागि २ सय बेड बनाइएको छ । वार्डका कुनाकाप्चामा समेत बेड थपेर बिरामीको उपचार भइरहेको छ । ‘सामग्रीको अभाव त खासै छैन । प्रमुख कुरा जनशक्ति अभाव हो,’ अस्पताल प्रमुख डा. प्रकाश थापाले भने, ‘महामारी सुरु भएदेखि नै कम जनशक्ति अनि स्रोतसाधनको अभावका बीच स्वास्थ्यकर्मीले काम गर्न छाडेका छैनन् ।’ अस्पतालमा हाल…
काठमाडौँ: कोरोनाको जोखिम बढेसँगै नेपाल उद्योग वाणिज्य महासंघले संकटका बेला अनावश्यक सञ्चिति र मूल्यवृद्धि नगरी सर्वसाधारणलाई सेवा प्रदान गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ । आवश्यक सामग्रीको आपूर्ति एवं वितरणका लागि उद्यमी व्यवसायी निरन्तर क्रियाशील रहेको जनाउँदै महासंघले आमउपभोक्तालाई पनि अनावश्यक खाद्यान्न सञ्चय नगर्न भनेको छ । निषेधाज्ञाका कारण रोजगारी गुमाएका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई राहतको व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह गरेको छ । रोजगारी गुमेका सर्वसाधारणलाई प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता योजनामा संलग्न गराई कामसँगै राहत उपलब्ध गराउन सकिने महासंघको धारणा छ । महासंघले मंगलवार जारी गरेको अपिलमा सरकार, निजी क्षेत्रसहित सवैको अहिलेको प्रमुख दायित्व संक्रमणलाई फैलिन नदिई अर्थतन्त्रलाई पनि चलायमान बनाउनु रहेको उल्लेख छ । ‘जनताको…
काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना संक्रमणको दोस्रो लहरसँगै स्वास्थ्य संकट गरिरिएर अर्थतन्त्र थप प्रभावित हुने जोखिम रहेको बताएका छन् । राष्ट्र बैंकको ६५औ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले महामारीको अवधिमा विभिन्न नीतिगत प्रयासका कारण पुनरुत्थानको दिशातर्फ उन्मुख हुँदै गएको अर्थतन्त्र कोभिड–१९ अझै रहेकाले जोखिम कायम रहेको टिप्पणी गरे । ‘बन्दाबन्दी हटेको थियो । कोभिड–१९ विरुद्ध खोप लगाउने कामसमेत सुरु भएपछि खुम्चिएको अर्थतन्त्र सामान्य अवस्थामा फर्कन थाल्दै थियो,’ उनले भने, ‘तर छिमेकी देशसँगै नेपालमा पनि संक्रमण दर र जोखिम बढ्दै गएकाले अर्थतन्त्र यसबाट अझ पनि प्रभावित हुने जोखिम कायमै छ ।’ त्यसकारण मौद्रिक नीतिमार्फत अघि सारिएका पुनरुत्थान लक्षित राहत…
काठमाडौं: निजी प्रयोगशालाहरूले कोरोनाको पीसीआर परीक्षण गर्दा सरकारले तोकेभन्दा बढी शूल्क लिने गरेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पीसीआर परीक्षणका नाममा नीजि प्रयोगशालाहरूले थप रकम असुल्ने गरेको गुनासो मन्त्रालयसम्म पुगेपछि मन्त्रालयले त्यस्ता प्रयोगशालालाई तोकिए भन्दा बढी शुल्क नलिन चेतावनी दिएको छ । सरकारले कोरोना सक्रमण पहिचान गर्न पीसीआर परीक्षण गर्दा सरकारी अस्पतालमा एक हजार र निजी अस्पतालमा दुई हजार रुपैयाँ शुल्क तोकेको छ । तर, कतिपय अस्पताल तथा प्रयोगशालाले संक्रमण रोकथाम लगायतको बहानामा थप शुल्क लिने गरेको गुनासो आएको भन्दै मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क नलिन सार्वजनिक सुचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार…
काठमाडौँ: सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने बिरामीको उचित एवम् प्रभावकारी उपचार व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयको मंगलबार बसेको सचिवस्तरीय बैठकले लामो बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पनि पत्राचार गर्ने गरेको छ । यस्तै कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था गर्ने निर्णय पनि भएको छ । यस्तै अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसका लागि ६ महिनाको करार सेवामा लिने व्यवस्था मिलाइनेछ…
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४,५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४,६७२ पीसीआर परीक्षणमा ४,३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४,५२४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६,२२५ जना पुगेको छ । कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा करिब दुई हजार कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।
काठमाडौँ: उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई सोमबार कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ। रायमाझीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ। उनी हालै गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागि भएर काठमाडौं फर्किएका थिए। मन्त्रीलाई कोरोना भएपछी एउटै क्याबिनेटमा बसेर काम गर्ने प्रम केपी शर्मा ओली कति सुरक्षित छन् भन्ने प्रश्न अव उब्जिएको छ।
काठमाडौँ: सरकारले काठमाडौं उपत्यकाका ३ सहित देशका ९ जिल्लामा १५ दिन निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बसेको सीसीएमसीको सिफारिसअनुसार संक्रिय संक्रमितको संख्या २ सय नाघेका पहाडी र ५ सय नाघेका सहरी क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। जसअनुसार बिहीबारदेखि उपत्यकाका ३ जिल्ला– काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी हुँदैछ भने बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी, बढी जनघनत्व भएका र सीमावर्ती क्षेत्रमा यसअघिदेखि नै निषेधाज्ञा लागू भइसकेको छ। यस्तै सुर्खेतमा आज मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू गरिँदैछ।
