Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई बुधबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विमानस्थलका कर्मचारीलाई दम्भ नदेखाउन आग्रह गरे । विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानुन भन्दा बाहिर गएर व्यबहार गर्ने गर्दा पर्यटकहरुले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सबभन्दा पहिला एयरपोर्टका अधिकृतहरुलाई तालिम दिनु पर्दछ । उनीहरुलाई दम्भ छोड भन्नुपर्छ’ प्रधानमन्त्री ओलीले भने, ‘देशको इमेज बिग्रने गरी पर्यटकसँग व्यवहार गर्नुभएन । एयरपोर्टमा त नेपालको बारेमा सकारात्मक सन्देश दिएर स्वागत गर्ने हो ।’…

Read More

ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्किएका तीर्थयात्री चढेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ भने ६ जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। गम्भीर घाइतेमध्ये ५४ वर्षीय मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ८ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीय लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि बाहिर रिफर गरिएको छ । बाँकी ६ जनाको ताप्लेजुङमै उपचार भइरहेको छ। घाइते सबै बारा निजगढका हुन् । मे १ ज १४८६ नम्बरको ट्याक्सी मंगलबार राति ९:५० बजे सुकेटार विमानस्थल छेउमा दुर्घटना भएको थियो।

Read More

काठमाडौं : पाँच दिनदेखि सरकारी चिकित्सकले सेवा ठप्प पार्दा मंगलबार पनि मुलुकभरका हजारौं बिरामीले उपचार पाएनन् । सरकारी अस्पतालमा बहिरंग सेवाको टिकट वितरण नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामी बिचल्लीमा परेका छन् । संघीय सरकार मातहत राखेर समायोजन गर्नुपर्ने माग राखेर शुक्रबारदेखि मुलुकभरका चिकित्सक आन्दोलित छन् । सरकारी चिकित्सक संघ (गोदान) को आह्वानमा आन्दोलनरत चिकित्सकले आकस्मिकबाहेक सेवा बहिष्कार गरेका छन् । गोदानमा झन्डै १४ सय चिकित्सक आबद्ध छन् । मंगलबार पनि बहिरंग विभाग (ओपीडी) को टिकट वितरण गर्न नसकिएको वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए । उनले भने, ‘दैनिक २५/३० जनाको अपरेसन हुन्थ्यो । अहिले ठप्प छ ।’ गाउँबाट…

Read More

कञ्चनपुर:नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कञ्चनपुर भीमदत्त नगरपालिकाका नगर सचिव ४१ वर्षीय रघुवीर जोशी पक्राउ परेका छन् । जोशीलाई सोही नगरपालिका–९ मटैनास्थित नेपाल–भारत सीमा स्तम्भ नं ५ नजिकबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए । ‘पक्राउ परेका जोशीमाथि आवश्यक अनुसन्धान भइरहेको छ,’ उनले भने । जोशी भीमदत्त नगरपालिका–९ रिङौनाका बासिन्दा भएको बताइएको छ ।

Read More

काठमाडौँ: सर्वोच्च अदालतले एनसेलको बिक्रीमा लाग्ने पूँजीगत लाभकर तीन महिनाभित्र उठाउन निर्देशन दिएको छ। सर्वोच्चले लाभांस वितरण र शेयर बिक्रीको अनुमति दिन पनि रोक लगाएको छ। सर्वोच्च मंगलबार पूर्णपाठ दिँदै करको दायित्व निर्वाह नगरेसम्म लाभांस र कम्पनी बिक्रीमा रोक लगाउने फैसला गरेको हो। पूँजीगत लाभ कर के कति लाग्ने सम्बन्धमा आवश्यक मूल्यांकन गरी तीन महिनाभित्र उठाउन निर्देशन दिएको हो। टेलियासोनेराले एनसेल एक्जियटालाई बिक्री गरेपछि त्यसको लाभकर कसैले पनि तिरेको थिएन। एनसेलका लगानीकर्ताहरुले लाभकरको दायित्व कसैलाई पनि सृजना नहुने बताएका थिए। यो बिवाद कर कार्यालय हुँदै अदालतसम्म पुगेको थियो। अदालतले केही समयअघि दायित्व एक्जियटा र एनसेलको भएको फैसला गरेको थियो। त्यो…

Read More

काठमाडौँ: उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको एक हजार कित्ताका लागि आवेदन दिने घोषणा गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् । जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको साधारण सेयर निश्काशनबारे जानकारी दिन मंगबलार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत जारी गरिएको माथिल्लो त्रिशुली थ्री बीमा एक हजार कित्ताका लागि आवेदन दिदा २० कित्तामात्रै परेको स्मरण गर्दै उनले यस पटक भने आफूलाई एक सय कित्ता पर्ने अपेक्षा गरिएको समेत सुनाए । ‘माथिल्लो त्रिशुली थ्री बीमा प्रधानमन्त्री…

Read More

काठमाडौँ: शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । मंगलबार शेयर बजार परिसूचक नेप्से १०.५८ अंकले घटेर ११८१.१० बिन्दुमा रोकिएको छ । यो दिन ठूला कम्पनीहरुको कारोबार कापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१५ अंकले घटेर २५२.८५बिन्दुमा रोकिएको छ । मंगलबार १७० कम्पनीको २७ लाख ८८ हजार ८८६ कित्ता शेयर ७३ करोड ५१ लाख ५९ हजार ९९२ रुपैयाँको शेयर किनबेच भएको छ । यो दिन दश वटा उप समूहको सेयर कारोबार हुँदा सबैमा गिरावट देखिएको छ । बैंकिङ ९.३६,होटल ०.९१, विकास बैंक ३.३५, जलविद्युत ६.८९, निर्जीबन बीमा ८६.५७, उत्पादन तथा प्रशोधन ३६.३२, माइक्रोफाइनान्स १५.११, जीवन बीमा समूह ८३.०२ अंकले घटेको छ…

Read More

काठमाडौं : वंशजको आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रसासन कार्यालयमा गृह मन्त्रालयले गरेको सर्कुलर रोक्न सर्वोच्च अदालतले सोमबार सरकारलाई अन्तरिम आदेश दिएको छ। वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रसासन कार्यालयमा सर्कुलर गरेको थियो। गृह मन्त्री रामबहादुर थापाको एकल निर्णय अनुरुप गरिएको उक्त सर्कुलर संविधान र नेपाल नागरिकता ऐनविरुद्ध भएको दाबीसहित वरिष्ठ अधिवक्ता बालृकष्ण नेउपानेले सर्वोच्चमा रिट दिएका थिए। जन्मको आधारमा नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाण पत्र संलग्न गरी नेपाली नागरिकता पाउन निवेदन दिएमा वंशजको आधारमा प्रक्रिया अपनाई दिन गृहमन्त्रीको निर्देशन थियो। उक्त रिटमा…

Read More

काठमाडौं:एक्सरे गरेर हेर्दा आन्द्रामा गाँठो देखिएपछि शल्यक्रियाका लागि सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाका ७० वर्षीय बलराम नेपाली काठमाडौैं आएका थिए। डाक्टरले शुक्रबारको समय दिएका थिए। तर शुक्रबारदेखि नै समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै अपरेसन गर्ने चिकित्सक हडतालमा उत्रिएपछि उनको शल्यक्रिया हुन सकेन। सिन्धुपाल्चोकबाट छोरासहित आएका बलराम सोमबार पनि वीर अस्पताल परिसरमा चिकित्सकहरू काममा फर्केर आउने समय कुरिरहेको भेटिए। शल्यक्रियाका लागि वीर अस्पताल धाउनु नेपाली बाबु–छोराको दिनचर्या बनेको छ। जटिल किसिमको रोग देखिएकाले जसरी भए पनि अपरेसन गरेर मात्र घर जाने भन्दै उनीहरू शुक्रबारदेखि हरेक दिन ३ बजेसम्म वीर अस्पतालको प्रतीक्षालयमा बसेर बेलुका आफन्तको शरणमा बास बस्न जाने गरिरहेका छन्। उपचार नगरी घर…

Read More

काठमाडौं : कांग्रेसमा यतिबेला पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको व्यवस्थापन एउटा सकसका रूपमा देखा परेको छ। कार्यसम्पादन समितिदेखि पार्टीका विभागहरू गठनमा समेत सिटौला समूहलाई व्यवस्थापन गर्न समस्या परेको हो। केन्द्रीय समिति बैठकसमेत सहज तवरबाट गर्न नसकेको कांग्रेसमा समाधानको खोजीस्वरूप सोमबार बिहान फेरि अनौपचारिक बैठक भए पनि निकास निस्केन। गत शुक्रबार सभापति शेरबहादुर देउवाको निवासमा अनौपचारिक बैठक बसेको भए पनि कुनै समाधानबिनै टुंगिएको थियो। उक्त बैठकमा असन्तुष्ट पूर्वमहामन्त्री सिटौला सोमबार बिहानको अनौपचारिक बैठकमा सहभागी नै भएनन्। सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यसम्पादनदेखि विभागहरूमा ४० प्रतिशत भागबन्डा दिने बताएदेखि नै सिटौला समूह रुष्ट भएको हो। सभापतिले त्यही ४० प्रतिशतमा सिटौलालाई समेत समेट्न…

Read More