Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

तम्घास: गुल्मीमा जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डीआईजी पिताम्बर अधिकारीले पुष्टि गरे । धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारी २०४८ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए । भण्डारी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए । दुर्घटनामा अर्का एक जना बालकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नम्बर १ निवासी ८…

Read More

काठमाडौं: अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी—लेनिनवादी) ले नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि केपी ओली सरकारले लगाएको प्रतिवन्ध हटाउनका लागि अनुरोध गर्दै पत्र पठाएको छ । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) का अध्यक्ष निक जीले ओलीको नाममा लेखेको पत्रमा भनिएको छ, ‘हामी आदरपूर्वक अनुरोध गर्दछौं, नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका क्रियाकलापमाथि लगाएको प्रतिवन्धलाई हटाइयोस् ।’

Read More

पोखरा: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई आर्थिक गतिविधि पारदर्शी बनाउन आग्रह गरेका छन् । पोखरामा भइरहेको पार्टी कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिंहले आर्थिक गतिविधि पारदर्शी भएमा जनमानसमा समेत सकारात्मक प्रभाव पर्ने बताएका हुन् । बिहिबार भेलालाई सम्बोधन गर्दै नेता सिंहले सरकार यतिबेला जनवादी केन्द्रीयता लागू गर्न उद्दत रहेकाले सरकारका जनविरोधी गतिविधिविरुद्ध चनाखो भएर लाग्नुपर्ने बताएका छन् । उनले सरकारका हरेक क्रियाकलाप मुलुकको हितविपरित भएको भन्दै भ्रष्टाचारमा लिप्त सरकारकाविरुद्ध सशक्त रुपमा प्रतिवाद गर्नुपर्ने बताएका छन् । उनले सरकारका हरेक निर्णय संविधानको मर्म र भावनाविपरित हुँदै गएको आरोप लगाएका छन् । उनले भने, ‘सरकार विधि र…

Read More

काठमाडौं – करिब १२ हजार निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जान अस्वीकार गरेका छन्। समायोजनमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले अहिलेसम्म समायोजनको चिठीसमेत बुझेका छैनन्। संघीय मामिला मन्त्रालयले करिब १२ हजार कर्मचारीले समायोजनको चिठी नबुझेको बताएको छ। मन्त्रालयले समायोजनको चिठी सम्बन्धित मन्त्रालयमै पठाउने गरे पनि असन्तुष्ट कर्मचारीले भने चिठी नबुझी समायोजन परिमार्जन गर्न मन्त्रालयसँग गुनासो राखेका छन्। गुनासो राख्दै मन्त्रालयमा निवदेन दिने कर्मचारीमध्ये धेरैजसोले समायोजनको चिठी नबुझेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले जायज गुनासोे मात्रै सम्बोधन गर्ने नीति बनाएको छ। सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयमा आएका गुुनासोमध्ये धेरैजसो गुनासो असन्दार्भिक र नाजायज रहेको दाबी गरे। उनले भने, ‘जायज गुनासो सम्बोधन…

Read More

काठमाडौं : केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २०७८ का लागि राष्ट्रिय तथ्यगत विवरण संकलन गर्ने तयारी गरेको छ। पूर्ण गणनामार्फत विभागले तथ्यांक संकलन गर्ने भएको हो। जनशक्ति र अन्य स्रोत प्रक्षेपणसहितको परियोजनाको तयारी गरिरहेको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए। जनगणनाका लागि सात सय ५३ स्थानीय तहको गणना नक्सा निर्माण भइरहेको उनले बताए। आगामी आर्थिक वर्षमा नक्सा तयार गरेर प्रिन्टसमेत गर्ने तयारीमा रहेको उनले बताए। जनगणना व्यवस्थापन र सञ्चालन निर्देशिका तथा मापदण्ड तयारी मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाएको छ। पाँच वर्षको बजेट व्यवस्थापनका लागि सरकार र दातृ निकायसँग सहयोग र समन्वय गर्नेछ। जनगणना सञ्चालन पूर्वपाइलट सर्वेक्षणको तयारी पनि विभागले…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फ्लाई दुबईलाई नियम विपरित १७ मिनेट ढिला उडान अनुमति दिएको छ । मंगलबार साँझ ८ः३० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको संयुक्त अरब इमिरेट्स (युएई)को उक्त वायुसेवा नौ बजे नै फर्कनुपर्ने थियो । तर, यो वायुसेवाले अन्तर्राष्ट्रिय नियम विपरित विमानस्थल बन्द नोटाम अर्थात् नोटिस टु एयरमेन (उड्डयनकर्तालाई सूचना) जारी गरेको समयमा जहाज उडाएको छ । विमानस्थल चैत १८ देखि राती १० बजेपछि मर्मतका लागि विमानस्थल बन्द थालिएको छ । उक्त समयमा उडान रोकिनुपर्ने भएपनि फ्लाई दुबईलाई नोटम सुरु भएकौ समयमा १७ मिनेटपछि उडान गर्न दिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । गएको साताको मंगलबार…

Read More

काठमाडौँ: भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान हुँदैछ । सात चरणमा सकिने निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कले भारतीय अखबारका पाना रङ्गिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन । यतिबेला भने सारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका छन् । उनले अघिल्लो चुनावमा अघि सारेका कामको लेखाजोखा गर्दैछन् । पहिलो निर्वाचनमा मानौँ कि भारतीय नेसनल कङ्ग्रेसकै कारण देशको विकास हुन नसकेको र भ्रष्टाचार मौलाएको टिप्पणी…

Read More

एजेन्सी: धेरै चर्चामा आएको तर नदेखिएको विकराल प्वालको तस्बिर खिच्न वैज्ञानिकहरु सफल भएका छन् । बीबीसीका अनुसार विभिन्न आठ स्थानमा राखिएका Event Horizon Telescope नामक शक्तिशाली क्यामेराको सञ्जालबाट वैज्ञानिकहरु उक्त प्वालको तथ्यसमेत प्राप्त गर्न सफल भएका हुन् । पहिलो पटक सार्वजनिक गरिएको कालो प्वाल (ब्ल्याक होल) को तस्बीरसँगै उक्त प्वाल पृथ्वीभन्दा ३३ लाख गुणा ठुलो र ४० अर्ब किलोमिटरको रहेको तथ्य सार्वजनिक भएको छ । एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित विवरण अनुसार विकराल प्वाल पृथ्वीभन्दा ५० करोड खर्ब किलोमिटरको दूरीमा साँच्चिकै विकराल (Monster) रुपमा छ । वैज्ञानिकहरुले त्यसलाई विकराल नै भनेर चर्चा गरेका छन् । कालो प्वाल भनेर चर्चा…

Read More

काठमाडौं : सबै नेपालीको बैंक खाता अभियान वैशाख १ गतेबाट सुरु हुने भएको छ । चालु बर्षको बजेटमा उल्लेख भएको कार्यक्रमलाई कार्यन्वयन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७५ मा यो व्यवस्था थप गरी बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको हो । यस व्यवस्था अनुसार खाता खोलेका सेवाग्राहीले वार्षिक अधिकतम १ लाखसम्म कारोबार गर्दा परिचयपत्र आवश्यक पर्नेछैन । तर १ लाख भन्दा बढी रकम कारोबार गर्नुपरेमा ग्राहक पहिचान पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ । नागरिकता, राहदानी वा सवारी चालक अनुमतिपत्र लगायतका सरकारले प्रमाणित गरेको परिचयपत्र बुझाउनुपर्छ । …

Read More

काठमाडौँ: बारा र पर्साका हावाहूरी पिडितहरुलाई राष्ट्रिय वाणिज्य बैंकले ७५ लाख रुपैयाँ प्रदान गरेको छ । बारा र पर्सा विभिन्न स्थानमा हावाहूरीको कारणवाट भएको ठूलो जनधनको क्षति प्रति बैंक परिवार दूःख व्यक्त गर्दै उक्त रकम प्रदान गरेको हो । उक्त प्राकृतिक विपदको कारणवाट दिवंगत भएका व्यक्तिहरुको चीर शान्तीको कामना गर्दै पिडित परिवारहरुलाई राहत पू¥याउने उ२ेश्यले राष्ट्रिय वाणिज्य बैंकको तर्फ वाट प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा जम्मा हूने गरि ७५ लाख को चेक आज एक समारोहका बिच प्रदान गरेको छ । राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष एवं सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द मान गुरुङले उक्त चेक…

Read More