Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: साताको पहिलो कारोवारको दिनमै पूँजी बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापाक नेप्से परिसूचक आइतबार १० दशमलब ७५ अंकले घटेर एक हजार १०२ दशमलब ३२ अंकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४२ अंकले घटेर २३४ दशमलब १८ अंकमा झरेको छ । आज कूल १६६ कम्पनीका ६ लाख ९८ हजार ५४२ कित्ता शेयर २० करोड ९९ लाख ९७ हजार ५६९ मूल्यमा खरीद बिक्री भएका छन् । आजको कारोवारमा बाणिज्य बैंक ९ दशमलब ०१ अंक, विकास बैंक ५ दशमलब २६ अंक र जलबिधुत ९ दशमलब ३२ अंकले घटेका…
काठमाडौँ: विद्युतीय दुर्घटनाको जोखिम न्यून गर्दै, शहरको सौन्दर्य बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको प्रशारण प्रणालीलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्न निर्माण व्यवसायी छनोट गरेको छ । ती वितरण केन्द्रअन्तर्गतको विद्युत्को तारलाई भूमिगत गर्न सबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केइआइ इन्ड्रष्ट्रिज लिमिटेड छनोट भएको हो । प्राधिकरणले यही फागुन ६ गते बोलपत्रको नतीजा सार्वजनिक गर्दै छनोट भएको कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरीद सम्झौताका लागि आउन पत्राचार गरेको छ । कम्पनीले सूचना जारी भएको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौताका…
काठमाडौँ : पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उहाँका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले आज र भोलि देशभर मौसम आंशिकदेखि पूर्ण बदली रही मङ्गलबार रातिदेखि बुधबार दिनभरी नै पानी पर्ने सम्भावना रहेको छ । आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा एकछिन घाम लाग्ने र एकछिन बदली…
काठमाडौँ: अमेरिकामा गाेली हानेर एक नेपालीको हत्या गरिएकाे छ। बन्दुकधारीले चलाएको गोली लागेर अर्का नेपाली गम्भीर घाइते भएका छन्। लम्जुङ घर भएका सुभाष घलेको गोली हानेर हत्या भएको हो । उनि अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेद टाउनमा टी मार्ट सञ्चालन गरेका थिए । गत बिहीबार राति साढे ११ बजेतिरको घटना हो। उक्त मार्टको स्टोरमै प्रवेश गरी बन्दुकधारीले गोली हानेका थिए। गोली लागेर अर्का नेपाली प्रयास बानियाँ पनि गम्भीर घाइते भएका छन्। अहिले उनको उपचार स्थानीय लुवेल अस्पतालमा भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घाइते बानियाँकाे भने नेपालकाे ठेगाना खुलेकाे छैन।
आसाम, भारत: भारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् । दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको छ । विरामीमध्ये महिलाहरू पनि छन् । उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन् । स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताइएको छ । दुई हप्ताअघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको थियो । आसामको गोलाघाट र जोरहाट जिल्लामा भएका बगानमा काम गर्ने मानिसहरूले विषाक्त मदिरा सेवन गर्न पुगेका थिए । गोलाघाटका…
काठमाडौँ: चालू आर्थिक वर्ष २०७५/७६ को शुरुवातीदेखि नै नेपालको व्यापार घाटा चुलिंदै गएको छ । चालू आवको छ महिनामा व्यापार घाटा ६ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार समीक्षा अवधिमा सोहि समयकोअघिल्लो वर्षको तुलनामा व्यापार घाटा ३२ दशमलब १२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा नेपालबाट ४५ अर्ब ४१ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा ७ खर्ब २३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात ३० दशमलब ५० प्रतिशतले र निर्यात १० दशमलब ३१ प्रतिशतले बृद्दि भएको छ । निर्यातको तुलनामा आयातमा…
सुर्खेत: नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि रु पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो । नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले व्यावसायिक कृषि, पशुपक्षी, घरेलु तथा साना उद्योग, लघुउद्योग, शिक्षित युवा, विदेशबाट फर्केका युवा र बेरोजगार युवाका लागि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिइएको बताए । ‘थोक कर्जा वितरक र सहकारी संस्थाहरुबीच समन्वय’ विषयक वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । साथै उनले राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्बन कोष बन्द हुन लागेको जानकारी दिए। “आगामी असारदेखि ग्रामीण स्वावलम्बन कोष बन्द…
बाँके: हात्तीपाइले रोग निवारणका लागि बाँकेमा नवौँ चरणमा हात्तीपाइलेविरुद्वको आमऔषधि सेवन अभियानको तयारी थालिएको छ । यही १५ गतेदेखि नवौँ चरणको अभियानअन्तर्गत हात्तीपाइलेविरुद्व औषधि खुवाइने भएको छ । अभियान सञ्चालनको तयारी गरिरहँदा बाँकेमा अझै १३ प्रतिशत हात्तीपाइले रोगका बिरामी रहेका छन् । यो अवस्थालाई हेर्दा बाँके जिल्ला अझै पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ । हात्तीपाइले रोग निवारणका लागि वर्षेनी ठूलो रकम खर्च हुने गर्छ । विसं २०६७ देखि शुरु गरिएको अभियानको पहिलो वर्ष ९१ प्रतिशतले हात्तीपाइलेको औषधि सेवन गरेकामा पछिल्ला वर्षहरुमा यो सङ्ख्या घटेको जनस्वास्थ्यको तथ्याङ्क छ । जनस्वास्थ्य कार्यालयले यस वर्ष शतप्रतिशतलाई औषधि खुवाउने तयारी गरेको छ…
सिञ्जा: जुम्लादेखि डोल्पा जोड्ने पक्की पुल वर्षौदेखि अलपत्र अवस्थामा छ । चन्दननाथ नगरपालिका–१ दानसाँघुमा विगत सात वर्षदेखि निर्माण भइरहेको पक्की पुल अलपत्र अवस्थामा छ । ६० मिटर लम्बाइ रहेको उक्त पुल विसं २०६८ असार १५ बाट निर्माणकार्य थालनी गरिएको थियो । जुम्ला हँुदै डोल्पा जोड्ने दाँनसाघु पक्की पुलमा केन्द्रीय सरकारले करोडौँ बजेट दियो । तर, कहिले ठेकेदारको लापरवाही, कहिले प्राविधिक स्टिमेटको कमजोरी, कहिले चिसोमा सिमेन्टको काम नहुने भन्दै, सात वर्ष बितिसक्दासमेत तीन स्ल्याब मात्रै हालिएको छ भने अझै एउटा हाल्न बाँकी नै छ । पुल निर्माणका लागि विभिन्न चरणमा भएका सम्झौताबाट पनि यसले पूर्णता पाउन सकेन । विसं २०६८ पछि…
विराटनगर: वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको आज बिहान निधन भएको छ । विगत एक महीनादेखि अस्वथ्य स्व पोखरेलको आज बिहान १ बजे ८६ वर्षको उमेरमा निधन भएको हो । उनको विराटनगर–८ कलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । बालकृष्ण पोखरेलका ११५ कृति प्रकाशित भएको युवा साहित्कार मीनकुमार नवोदित श्रेष्ठले जानकारी दिए । खस जातिको इतिहास, १०० वर्ष र नेपाली वृहत् शव्दकोष आदि उनका चर्चित कृतिहरु रहेका छन् । बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्णछायाँदेवीका सुपुत्रका रूपमा मकवानपुर चिसापानीगढीमा विसं १९९० भाद्र कृष्णाष्टमीका दिन…