Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले स्थानीय पूवाधार विकास साझेदारी कायक्रम (सञ्चालन कायविधि) नियमावली २०७५ प्रकाशित भएको राजपत्रलाई संसद्मा च्यातेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले नियमावलीको नियम ७ मा रहेको समितिको बैठकसम्बन्धी कायविधिको उपनियम (४) मा ‘कायक्रम परामश समिति’को निणय सवसम्मतिबाट हुन नसकेमा संयोजकको निणय अन्तिम हुनेछ भन्ने व्यवस्था गरेको भन्दै राजपत्र च्यातेकी हुन्। चितवनबाट समानुपातिकतफबाट निवाचित सांसद् रेग्मीले स्थानीय तहमा खच गने बजेटमा विवाद भएमा प्रत्यक्ष निवाचित सांसदको निणय अन्तिम हुने व्यवस्थाले प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद भएको उनले बताइन्। नियमावली गत असोज १७ गते राजपत्रमा प्रकाशित भएको थियो। त्यसबमोजि यस वषको आयोजना छनोट भई स्थानीय…
पर्सा: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको कारवाही हुने बताएका छन् । नेपाली काङ्ग्रेस पर्साले आज वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्र अनुशासन नभए पार्टी कमजोर हुने भएकाले पार्टीलाई हानि–नोक्सानी पु¥याउने सबैलाई कारवाही हुने स्पष्ट पारे । सभापति देउवाले जथाभावी बोल्दै हिँड्ने काङ्ग्रेसका नेता शेखर कोइरालालाई समेत कारवाही हुन सक्ने जानकारी दिए । “काङ्ग्रेस पार्टी कसैको बपौती होइन, यो नेपाली जनताको पार्टी हो, पार्टीलाई कमजोर गर्ने जो कोहीलाई कारवाही हुनेछ” सभापति देउवाले प्रस्ट पारे । कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र शुद्धीकरणको अभियान चलाउन आवश्यक…
धनगढी: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिष्ट पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र भएको बताएका छन् । नेकपाद्वारा आज यहाँ आयोजित सुदूरपश्चिमस्तरीय विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन कसैले भनेर फुट्नेवाला छैन भने । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि पार्टीका दुई अध्यक्षको व्यवस्थाका सन्दर्भमा विपक्षीबाट हुने गरेको टिप्पणीतर्फ लक्षित गर्दै उनले भने, “दुई वटा शेर एउटै जङ्गलमा हुन सक्दैनन् भनेर विपक्षीले भन्छन् तर हामी मिलेर बसेका छौँ ।” लामो बलिदानी र सङ्घर्षको सफलतापछि देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था प्राप्त भएर देश नयाँ विन्दुमा आइपुगेको उनले…
काठमाडौँ: कन्सुलर सेवा विभागको ‘नेपाल कन्सुलर मोबाइल एप’ मार्फत अब सेवाग्राहीले सेवा पाउने भएका छन् । भौगोलिक कठिनाइ र अन्य समस्यालाई ध्यानमा राख्दै विभागले मोबाइल एप सञ्चालनमा ल्याएको हो । एपको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीमा समस्या देखिएको बेला पीडित र रोजगारीमा गएकाको परिवारलाई प्रभावकारी सेवा दिन एप्सको निर्माण गर्नु उदाहरणीय काम भएको बताए । सरकारले स्वदेशमै रोजगारीको अवसर प्रदान गर्न प्रयत्न गरेको भन्दै भन्नेबित्तिकै कुनै पनि कुरामा परिवर्तन नहुने उनको भनाइ थियो । आन्तरिक स्रोत र साधनको परिचालन गरी सरकारले देशलाई समृद्धिको बाटोतर्फ दोहो¥याइरहेको मन्त्री ज्ञवालीले बताए । अहिले सरकारी सेवामा पनि डिजिटल प्रविधि भित्रिएर सेवा बिस्तार…
मुस्ताङ: बाढीका कारण क्षति पुगेपछि बन्द भएको साढे १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना पुनःसञ्चालनमा आएको छ । मुस्ताङको टुकुचेमा एक वर्ष अगाडि साढे दुई अर्ब रुपैयाँमा निर्माण गरिएको उक्त आयोजनामा बाढीले क्षति पु¥याएपछि २०७५ साउन २६ गतेदेखि बन्द भएको थियो । बाढीले जलविद्युत् आयोजनाको ड्याम, सुरुङ तथा ड्याममा राखिएका विद्युतीय यन्त्रमा क्षति पु¥याएपछि बन्द भएको जलविद्युत् आयोजना रु ३० करोड खर्च गरेर मर्मत गरिएपछि नियमित विद्युत् उत्पादन शुरु भएको आयोजनाका इलेक्ट्रिकल इञ्जिनीयर सुदीप भण्डारीले जानकारी दिए । माउण्ट कैलास इनर्जी कम्पनीले विसं २०६९ वैशाखदेखि निर्माण शुरु गरेको उक्त जलविद्युत् आयोजनाबाट उत्पादिन विद्युत् २०७४ मङ्सिर ७ गतेदेखि केन्द्रीय प्रशारण लाइनमा…
काठमाडौँ: सरकारले २२ हजार ९१६ कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको छ । समायोजन रोजेका करीब ७७ हजार कर्मचारीमध्ये २२ हजार ९१६ कर्मचारी समायोजन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिए । उहाँका अनुसार सङ्घमा १७ हजार २७९, प्रदेशमा दुई हजार ४४८ र स्थानीय तहमा तीन हजार १९० कर्मचारी समायोजन भएका छन् । मन्त्रालयले सचिव, सहसचिवको समायोजन गरिसकेको छ भने उपसचिव, शाखा अधिकृत र अन्य कर्मचारीको समायोजन गरिरहेको छ । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेर सङ्घमा ४७ हजार…
काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा ‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक प्रस्तुत गरेका हुन् । विधेयक प्रस्तुत गर्दै उनले सरकारले सामाजिक सञ्जाललाई थप व्यवस्थित र समायनुकूल बनाउन खोजिएको स्पष्ट पारे । मन्त्री बाँस्कोटाले डिजिटल नेपाल बनाउने अभियानमा सरकार अगाडि बढेको सन्दर्भमा साइबर सुरक्षाका विषयलाई ध्यानमा राखी ‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ ल्याउनुपरेको बताए । नेपालमा भएका अभ्यास र प्रयोगका आधारमा सामाजिक सञ्जालको प्रयोगलाई थप व्यवस्थित र मर्यादित बनाउन मात्रै खोजिएको मन्त्री बाँस्कोटाको भनाइ थियो । “फेसबुक जस्ता सामाजिक सञ्जाल चलाउन व्यक्तिगतरुपमा नै दर्ता गर्नुपर्छ भनेर हल्ला गरिएको छ । यो सरासर…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ३, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका प्रदेश प्रमुखले आज अपराह्न शीतल निवासमा सामूहिक शिष्टाचार भेट गरे । त्यसअवसरमा प्रदेश प्रमुखले हालसम्म सम्पादन गरेका कार्यका बारेमा जानकारी दिनुका साथै आआफ्ना अनुभव सुनाउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
काठमाडौँ:प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित संस्थाको आगामी तीन महीनाभित्र लेखा परीक्षण गराउन निर्देशन दिएको छ । समितिका सभापति भरतकुमार शाहको अध्यक्षतामा आज बसेको बैठकले बेरुजु फछ्र्योटमा कार्ययोजना बनाई कार्य सम्पन्न गर्न र समयमै सम्परीक्षण गराई सोको प्रगति मासिकरुपमा समितिमा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो । समितिले सङ्गठित संस्थाको आर्थिक कारोवार, सार्वजनिक खरीद प्रक्रियामा देखिएका समस्या, विगतमा समितिबाट भएका निर्देशन कार्यान्वयन अवस्था, सार्वजनिक सेवा प्रवाहको स्थितिबारेमा छलफल गर्न आज विभिन्न ३१ संस्थालाई बोलाएको थियो । सभापति शाहले संस्थाका प्रतिनिधिलाई आर्थिक कारोवार गर्दा बेरुजु कायम नहुनेतर्फ ध्यान दिन आग्रह गर्दै बेरुजु न्यूनीकरणमा आवश्यक सहयोग गर्ने कर्मचारीको…
काठमाडौँ: नेपाल एलपी ग्यास उद्योग सङ्घले आफ्ना माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी सरकारलाई पटक÷पटक जानकारी गराउँदा पनि सुनुवाइ नगरेकोले बाध्यतावश आन्दोलनका कार्यक्रम घोषणा गरिएको अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । उनले चर्को ब्याजदर आधिकारिक बिक्रेतालाई व्यवस्थित तथा सुरक्षित गर्नका लागि कानून निर्माण नहँुदा उद्योगका आधिकारिक बिक्रेता र उपभोक्तालाई असर परेको समेत बताए । सङ्घले नेपाली ग्यास उद्योगको नेपाली नम्बरका नीजि ग्यास बुलेट सञ्चालन गर्न पाउनुपर्ने, एपी ग्यासको कोटा निर्धारण गर्नुपर्ने, ग्यासको बिक्री मूल्य कटौती गरी एक रुपता कायम गर्नुपर्ने, सिलिण्डर तथा ग्यास दुर्घटनाको बीमा गर्नुपर्ने र एलपी ग्यास विनियमावली २०६५ को…