Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टातार प्रकरणमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पठकपविरुद्ध छानबिन थालेको छ । आयोगको मंगलबार बसेको बैठकले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन सुरु गरेको हो र पाठकले भक्तपुरको चाँगु नारायणस्थित नेपाल इन्जिनियरिङ कलेज विवादमा ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार पदबाट राजीनामा दिएका थिए । पाठकको राजीनामा स्वीकृत भएको चार दिनपछि आयोगले अनुसन्धान अधिकृत तोकेर छानबिन थालेको जानकारी प्रवक्ता रामेश्वर दंगालले दिए । ‘पाठकमाथि लागेको आरोपमा अनुसन्धान समिति बनाएर छानबिन थालिएको छ,’ दंगालले भने, ‘नेपाल इञ्जिनियरिङ कलेज घुस प्रकरणमा केन्द्रित भएर अनुसन्धान हुनेछ । यस क्रममा…

Read More

काठमाडौं : निर्वाचनको करिब २ वर्ष पुग्न लाग्दा स्थानीय तहमा ३६ वडाध्यक्ष र ८ सय ६४ वडा सदस्य पद खालि छन्। सरकारले वडाध्यक्षको मात्र उपनिर्वाचन गराउने गरी संसद्बाट विधेयक पारित गराएको छ। सदस्यबारे विधेयक मौन छ। निर्वाचन आयोगले वडा सदस्यको पनि उपनिर्वाचन गराउने प्रस्ताव सरकारसमक्ष पठाएको थियो। सरकार सदस्यबारे मौन बसेपछि ती जनप्रतिनिधिका पद पूर्ति गर्न कठिनाइ उत्पन्न भएको हो। कार्यकारी अधिकार प्राप्त वडाध्यक्ष नहुँदा ३६ वडाका काम प्रभावित छन्। १८ वडाध्यक्षको दुर्घटनामा मृत्यु भएको थियो भने १८ जना जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि रिक्त भएको हो। ८ सय ६४ सदस्य खाली छन्। २ सय ३८ दलित महिला सदस्यमा उम्मेदवारी…

Read More

गलकोट : बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा आज साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किंदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले बताए । सडकदेखि करीब ७०० मिटर तल खसेको जीपमा यती नै मानवीय क्षति भएको एकिन गर्न नसकेको अधिकारीको भनाइ छ । घटनामा उद्धारको कार्य भइरहेको र विस्तृत विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

Read More

काठमाडौँ: तनहुँ हाइड्रोपावर लिमिटेडले पनि इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । तनहुँ हाइड्रोपावरले मंगलबार सिएमसीलाई ठेक्का तोडिएको जानकारी गराउँदै ‘टर्मिनेसन लेटर’ पठाएको छ। मेलम्चीबाट काम छाडेर भागको सीएमसीलाई तनहुँ हाइड्रोपावरले टर्मिनेसन लेटर दिएको हो । यसअघि सीएमसीलाई कम्पनीले साइटमा काम थाल्न २८ दिनको समय दिएको थियो । १ सय ४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत आयोजना निर्माणका लागि कम्पनी र सिएमसीबीच २० अर्ब ६० करोड रुपैयाँ (भ्याटसहित)को ठेक्का सम्झौता गरेको थियो। सिएमसीले तनहुँको हेडवर्क्स, ड्यामलगायतका संरचना बनाउने गरी ठेक्का पाए पनि काम अघि बढाउन नसकेपछि ठेक्का तोड्ने गरी पत्राचार भएको स्रॉतले जनाएको छ ।

Read More

काठमाडौँ: महानगरीय प्रहरी वृत्त कमलपोखरीले मोटरसाइकलमा लुकाएर ल्याएको यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले बा८९प ३६३८ नंको मोटरसाइकलमा यार्सागुम्बा लिएर हिँडिरहेको अवस्थामा कमलपोखरीबाट चितवनका सुजन थारूलाई सोमबार राति पक्राउ गरेको हो । पक्राउ परेका थारूसँग प्रहरीले ११८ वटा यार्सागुम्बा, ४३ हजार ५५० नेपाली रुपैँया, २० अमेरिकन डलर बरामद गरेको छ ।

Read More

काठमाडौँ: मेलम्ची आयोजनाको निर्माणमा देखिएका समस्या समाधान गरी बर्षादअघि नै राजधानीमा पानी ल्याइनुपर्नेमा जोड दिइएको छ । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘मेलम्चीको विवाद र समाधान’ विषयक छलफल कार्यक्रममा संसद्को विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले हालसम्म आयोजनाका तीन निर्माण व्यवसायी भाग्नु रहस्यमय बनेको बताईन । समिति बैठकले पनि द्रुत गतिमा काम गरी छिटो राजधानीमा पानी ल्याउन सरकारलाई निर्देशन दिएको उल्लेख गर्दै उनले स्थानीयवासीको समस्यासमेत समाधान गर्न आयोजनाको ध्यानाकर्षण गराइन । आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले निर्माण व्यवसायीले रु ३६ करोड माग्ने प्रक्रिया नै पूरा नगरी पैसा नदिएको भनी प्रचार गरिएकोप्रति आपत्ति जनाए । खानेपानी मन्त्रालयका पूर्वसचिव…

Read More

टोकियो: कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको रोजगारी गुम्ने सम्भावना रहेको जनाएको छ । इङ्ल्यान्डको दक्षिणपश्चिम स्वीन्डोनमा रहेको प्लान्ट होन्डाको युरोपेली युनियनमा रहेको एक मात्र प्लान्ट हो । यो प्लान्टबाट होन्डाको “सिभिक” मोडेलको कार विगत २४ वर्षदेखि उत्पादन हुँदै आएको थियो । यस प्लान्टबाट वार्षिक करिब एक लाख ५० हजार कार उत्पादन हुने गर्दछन् । यो प्लान्ट सन् २०२१ देखि पूर्ण रुपमा बन्द हुनेछ, होन्डाले घोषणा गरेको छ । युरोपेली क्षेत्रका प्रमुख अधिकृत काट्सुसी इनोउले एक विज्ञप्ति जारी गरी…

Read More

अमरगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती जलविद्युत् आयोजना यसै सरकारको पालामा निर्माण हुने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरण स्याउले १३२÷३३÷१२१ केभी सबस्टेशन उद्घाटन गर्न डडेल्धुरा अमरगढी नगरपालिका–१ दूधकाँडेमा पुग्नुभएका प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशमा विधुतीकरण, सडक यातायात, शिक्षा बेरोजगारजस्ता समस्या समाधान गर्ने बताउनुभयो । डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्ला भारतसँग जोडिएका क्षेत्रमा पक्की पुल हुने ठाउँमा पक्की पुल बनाउने, सम्भावना भएका ठाउँमा झोलुङ्गे पुल र पक्की तथा झोलुङ्गे पुलको सम्भावना नभएका स्थानमा तुइन विस्थापित गर्दै केबुलकार सञ्चालन गरिने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले बेरोजगारिताको अभियानका लगि केही भत्ता दिनेजस्ता काम गरिरहेका छौँ ।” सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले दलीयभन्दा राष्ट्रिय स्वार्थलाई माथि राख्न सबैमा आग्रह गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण जनान्दोलन र राष्ट्रिय आवश्यकताबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनु अहिलेको राष्ट्रिय आवश्यकता भएको र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्दै मुलुकलाई विकास र समृद्धितर्फ लान सबैको भूमिका आवश्यक रहेकामा जोड दिनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीसमक्ष राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थासहित सबै दल अटाउने गोलमेच सम्मेलन गर्न र हिन्दू राष्ट्र स्थापनालगायत २२ बुँदे माग पेश गर्नुभएको थियो । राप्रपाले आज सबै प्रदेश र जिल्लामा सो मागपत्र बुझाउने कार्यक्रम तय गरेको थियो…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको राजनीतिक सङ्क्रमण र अन्योलतालाई चिर्दै गठन भएको स्थिर सरकारले मुलुकमा सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोलेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रलाई समुन्नत बनाउने यस महत्वपूर्ण अवसरको पूर्ण सदुपयोग गर्न सबै राजनीतिक दल, प्रवुद्ध वर्ग र आम समुदायको एकता, सक्रिय सहयोग र सहकार्यको आवश्यकता रहेको औँल्याउँनुभयो । ‘तेस्रो निर्वाचन दिवस–२०७५’ को अवसरमा निर्वाचन आयोगद्वारा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक सङ्क्रमणको अन्त्य, संविधानको घोषणा र तीनै तहको निर्वाचन सम्पन्न गरी देशलाई निश्चित दिशा प्रदान गर्न राजनीतिक दल, नागरिक समाज र सबै नेपालीको उत्साहपूर्वक सहभागिता स्मरणीय रहेको उल्लेख गर्नुभयो । मुलुकले सङ्घीय लोकतान्त्रिक…

Read More