Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
अमरगढी: सोमबार रातिको हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्ला प्रभावित भएको छ भने तीन दिनदेखि दशरथचन्द र जयपृथ्वी राजमार्गका हिउँ सफा नहँुदा यातायात बन्द भएको छ । दार्चुला, बैतडी र बझाङको मुख्य दशरथचन्द र जयपृथ्वी राजमार्ग खोड्पेमा भएको हिमपातले गर्दा बुधबारदेखिको यातायात सेवा चलेको छैन । दार्चुला, बैतडी र बझाङसहित अन्य जिल्लाका लागि छुट्ने लामो तथा छोटो दूरीका यातायात साधन बैतडीको खोड्पेमा जाममा परेका छन् । जयपृथ्वी राजमार्गको खोड्पे, ढोल्यामोड र श्रीभावर र दशरथचन्द राजमार्गको अनारखोली, खोड्पे, सतबाँझ, बजारलगायत क्षेत्रमा करीब छ इञ्च बाक्लो हिउँ जमेको छ । राजमार्गमा जमेको हिउँ हटाउन राति हिउँ लगातार पर्ने गरेकाले सडक खुलाउने पहल भएपनि…
काठमाडौँ : अनशनरत डा गोविन्द केसीले प्रतिनिधिसभाबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले चिकित्सा क्षेत्रको दीर्घकालीन सुधारको मार्ग पहिल्याउन नसक्ने टिप्पणी गरेका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले चिकित्सा क्षेत्र सुधारका लागि यसअघि आफूसँग भएका सम्झौताको प्रतिकूल हुने गरी विधेयक पारित भएको आरोप लगाएका छन् । विधेयकले गुणस्तरीय र सर्वसुलभ सेवा पाउने नागरिकको अधिकारलाई कुण्ठित गरेको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
काठमाडौँ: नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रका सडक किनारमा अलपत्र अवस्थामा रहेका तारको तत्काल उचित व्यवस्थापन गर्न आग्रह गरेको छ । प्राधिकरणले सडक किनारमा टेलिफोन तथा बिजुलीको खम्बामा रहेका तथा लत्रिएका अनधिकृत तथा असुरक्षित तवरले राखिएका तारले शहरी सौन्दर्य बिगारेको उल्लेख गरेको छ । त्यस्ता तारले आगलागी, विद्युतीय झट्का र सडकमा हिँड्ने पैदलयात्रु तथा सवारी साधन दुर्घटनाको कारण बनिरहेको भन्दै प्राधिकरणले त्यस्ता अनधिकृत तारको तत्काल व्यवस्थापन गर्न आग्रह गरेको छ । प्राधिकरणले खम्बाको स्वामित्व भएका नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमसँग आवश्यक समन्वय गरी एक महीनाभित्र तारको व्यवस्थापन गर्न आग्रह गरेको छ । पहिचान खुल्ने चिह्न राख्न, तार व्यवस्थित…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज प्रतिनिधिसभामा चिकित्सक शिक्षा विधेयक पारित भएको घटनालाई गम्भीरतापूर्वक लिइएको जनाएको छ । प्रतिनिधिसभा बैठकले प्रतिपक्षी दलको विरोध भए पनि सो विधेयक पारित गरेको थियो । यस सन्दर्भमा काङ्ग्रेसले आज आकस्मिक पत्रकार सम्मेलन गरी सरकारले विपक्षीरहित राज्यप्रणाली हुनुपर्छ भन्ने विश्वास कायमै राखेको आरोप लगाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले ‘प्रधानमन्त्री स्वयंको अग्रसरतामा प्रा डा गोविन्द केसीसँग भएको सम्झौता कार्यान्वयन नहुँदा’ सरकारप्रति नागरिकको विश्वासमा ह्रास आएको टिप्पणी गरे । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताल नामेट गर्ने प्रयास गरेर सरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि खुला आमन्त्रणसमेत गरेको काङ्ग्रेसले आरोप लगाएको छ । काङ्ग्रेसले यस…
काठमाडौँ : प्रतिनिधिसभाबाट आज पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ ले शिक्षण संस्थाको नियमन तथा चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा अधिकार सम्पन्न चिकित्सा शिक्षा आयोगको स्थापनालगायत नयाँ व्यवस्था गरेको छ । आयोगले चिकित्सा शिक्षा क्षेत्रमा तय गर्नुपर्ने राष्ट्रिय नीति, सङ्घ तथा प्रदेश तहका चिकित्सा शिक्षाको स्तर तथा मापदण्डसम्बन्धी नीति, आशयपत्र, सम्बन्धन, सम्बन्धन खारेजी र एकीकृत प्रवेश परीक्षाको मापदण्ड तय गर्नेछ । संसद् र संसद्भन्दा बाहिर लामो छलफलपछि तयार भएको सो विधेयक गत साउनमा चिकित्सक प्रा डा गोविन्द केसीसँगको सम्झौताका आधारमा ल्याइएको जिकिर नेपाल सरकारले गर्दै आएको छ भने डा केसी सहमतिका सबै बुँदा समावेश नभएको भनी १६औँ पटकको अनशनमा…
काठमाडौँ: प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी अपहृत दुई वर्षीया छोरीको आज करीब आठ घण्टापछि सकुशल उद्धार गरिएको छ । बिहान ८ बजे छोरीलाई घरमा छाडेर अस्पतालमा जाने बित्तिकै कोटेश्वरको खरिबोटस्थित घरबाटै अपहरणमा परेकी बालिकाको प्रहरीले अपराह्न ४ बजे सकुशल फेला पारेको हो । “बिहान ९ बजेतिर घटनाको बारेमा जानकारी आयो, तत्कालै सादा पोशाकसहितका प्रहरी खटायौँ” प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले भन्नुभयो, “अपराह्न ४ बजे तिलगङ्गाबाट बालिका सकुशल फेला प¥यो ।” अपहरणकारी धनुषाका मनिषकुमार गुप्ता फरार रहेकाले खोजी जारी रहेको उहाँले जानकारी दिनुभयो । बबिताले घरमा छोरा र एक जना काम गर्नेसँग छोरी छाडेर अस्पताल गएपछि करीब ९ बजेतिर छोरी…
काठमाडौं: एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ ।यससँगै तीन एकदिवसीय श्रृङ्खलामा नेपाल १-० ले पछि परेको छ । ११४ रनको सामान्य लक्ष्य युएईले ३२.१ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्यो । युएईका लागि घुलाम शब्बेरले ३०, सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद पाँच, चिराग सुरीले चार र फाहाद नवाजले दुई रन बनाएर आउट भए । नेपालका लागि सन्दीप लामिछाने, करण केसी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए पनि जित दिलाउन भने सकेनन् । त्यस्तै, सोमपाल कामीले एक विकेट लिए । युएईको जितमा अमिर हायत र इम्रन हैडरले राम्रो प्रदर्शन…
काठमाडौँ: प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुुभएको थियो । चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन माग गर्दै पटक पटक अनशन गर्दै आउनुभएका प्रा डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको भावनानुसार सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसद्मा ल्याएको हो । यसअघि बैठकमा सभामुख कृष्णबहादुर महराले राज्यको लगानी अभिवृद्धि गर्न तथा चिकित्सा शिक्षालाई गुणस्तरीय, भौगोलिक सन्तुलन र सर्वसुलभ तुल्याउने उद्देश्यले संसद्ले राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी ऐन ल्याएको जानकारी दिनुभयो । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा लामो…
काठमाडौँ: यूनाइटेड अरब इमिरेट्स यूएइविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा पाहुना टोली नेपालले कमजोर व्याटिङ गरेको छ। तीन ऋंखलाको ओडिआई खेल्न यूएइ पुगेको नेपालले शुक्रबार टस हारेर पहिले व्याटिङको निम्तो पाएको थियो। नेपालले मात्र ३३ दशमलब ५ ओभर खेल्दा अलआउट भएर यूएइ सामु १ सय १४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ। यूएइले केहिबेरमा जवाफी व्याटिङ सुरु गर्नेछ। आज नेपालका लागि सोमपाल कामीले ३०, कप्तान पारस खड्काले २० तथा आरिफ शेखले २५ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले राम्रो रन बनाउन सकेनन्। ओपनर ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र बसन्त रेग्मी शून्य रनमै आउट भए। विनोद भण्डारीले ५, डेब्यू व्याट्सम्यान पवन सर्राफले…
काठमाडौँ: मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुन्का साथै अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पौखरेले बताए । उहाँका अनुसार पश्चिम र मध्यक्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ । राति देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै भोलि शनिबार मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि केही बढी नै को हिमपातको सम्भावना…