Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: साताको पहिलो कारोवारको दिनमै पूँजी बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आइतबार ५ दशमलब ७८ अंकले घटेर एक हजार १७५ दशमलब ०५ अंकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ अंकले घटेर २४९ दशमलब ४२ अंकमा झरेको छ । आज कूल १५८ कम्पनीका ११ लाख ६३ हजार ७८१ कित्ता शेयर ३७ करोड २९ लाख १५ हजार ७०६ मूल्यमा खरीद बिक्री भएका छन् । आजको कारोवारमा उत्पादन र अन्य बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ । बाणिज्य बैंक ६ दशमलब ३२ अंक, होटल १२…
बेइजिङ: चीनको एउटा कोइलाखानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइला खानीमा जमिनमुनि ८७ जना कार्यरत रहेका बेला शनिबार दिउँसो उक्त दुर्घटना भएको थियो । दुर्घटनालगत्तै पुरिएकाको उद्धार थालिएको थियो । खानीमा हराएका दुई जनालाई आइतबार बिहान मृत अवस्थामा भेटिएको स्थानीय अधिकारीहरुले बताएका छन् । अन्य ६६ जनालाई भने कोइलाखानीबाट सकुशल उद्धार गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । निजी कम्पनी बाइजी माइनिङद्वारा सञ्चालित खानीमा भएको उक्त दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको छ । पर्याप्त सुरक्षा व्यवस्थाको अभावमा चीनमा कोइलाखानीमा यस्ता दुर्घटना…
काठमाडौँ: पूर्वाञ्चलमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोशी करिडोर प्रसारण लाइन आयोजनाको धरानक्षेत्रमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदले एक सातामै प्रतिवेदन तयार पारी प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसमक्ष पेश गर्नेछ । कार्यदलमा धरान उपमहानगरपालिकाका वडाध्यक्ष, आयोजना प्रमुख, उपमहानगरपालिका इञ्जिनीयर, सरोकार समिति, निर्माण व्यवसायी तथा परामर्शदाता कम्पनी, स्थानीय राजनीतिक दलका एक÷एक प्रतिनिधि छन् । धरान उपमहानगरपालिका–२० मा देखिएको विवाद समाधान समाधानको उपाय खोज्न सो कार्यदल गठन गरिएको हो । सो क्षेत्रमा स्थापित, निर्माणाधीन र पहिचान भएका पर्यटकीयस्थललाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा…
काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले आफ्नो लेन छोडेर अर्काको लेनमा जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको बताए । “आफ्नो लेन छोडेर अर्काको लेनबाट सवारी चलाउँदा धेरै दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले लेन अनुशासनलाई कडाइ गरेको हो”, उनले भने । महाशाखाले सिसीटिभी, गोप्रो क्यामरा, बडीवान क्यामराबाट…
काठमाडौँ: फुलचोकी घुम्न पुगेका १६ जना युवा हरारहेको भन्ने सुचनाका आधारमा खोज्दै जाँदा उनीहरुलाई २८ गते प्रहरीले उद्धार गरेको छ। के हो घटना? मिति २०७५।०९।२८ गते १७:३० बजेको समयमा जिल्ला ललितपुर गोदावरी न.पा. वडा – ३, फुल्चोकीको जंगलमा घुम्न गएका १६ जना व्यक्तिहरु हराएको भन्ने सुचना महानगरीय प्रहरी कन्ट्रोल मार्फत यस कार्यालयमा प्राप्तहुनासाथ यस महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्र बहादुर धानुक, प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरिया तथा महानगरीय प्रहरी वृत सातदोबाटो, महानगरीय प्रहरी प्रभाग बाडेगाउँ समेत बाट गरी ७ वटा छुट्टा छुटै टोली खोजी तथा उद्धारको लागि परिचालित भई खोजि गर्दै जादाँ…
काठमाडौँ: नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभाम्स दिने भएको छ । आज राजधानीमा जारी ३२ औं साधारण सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफाबाट हालसम्म कायम शेयर पुंजीको १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभाम्स दिने प्रस्ताव गरेको हो । बैंकको चुक्ता पुंजी भर्खरै पारीत १८ प्रतिशत बोनस शेयरसहित १२ अर्व ५८ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी जगेडा तथा कोषको रकम पनि बढेर ९ अर्व ७७ करोड पुगेको छ भने शेयरधनी कोष रकम २४ अर्व ८७ करोड पुगेको संचालक समीतिका अध्यक्ष पृथ्वी बहादुर पांडेले बताए । बैंकको शेयरधनी कोष नीजि क्षेत्रका बैंकहरुमध्येको उच्च रहेको बैंकको…
बुटवल: रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा तस्कर र प्रहरीबीचको दोहोरो फायरिङका क्रममा प्रहरीको गोली लागेर एकको मृत्यु भएको छ । गएराति साढे १२ बजे तस्कर नियन्त्रण गर्न सादा पोसाकमा खटिएका प्रहरीले तस्करलाई नियन्त्रणमा लिन खोज्दा मुठभेट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुठभेटका क्रममा प्रहरीको जवाफी फायरिङमा गोली लागेर घाइते भएका एक तस्करलाई भैरहवा मेडिकल कलेजले राति १ बजे मृत घोषणा गरेको थियो । भने, एक तस्कर फरार भएका छन् । गोली लागेर एक जना प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ । प्रहरीले घटनास्थलबाट भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल र…
लहान: पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिरहा नम्बर ७ बाट खटिएको टोलीले काठमाडौँतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जीप चेकजाँच गर्ने क्रममा सुनसहित सिरहाको लहान नगरपालिका–१९ निवासी ३२ वर्षीय गाडी चालक मोहमद रियाज राईम, सोही ठाउँ निवासी ४२ वर्षीय मोहमद हकिम, २८ वर्षीय मोहमद अमिरुल, २४ वर्षीय मोहमद रहमान, ४५ वर्षीय कैयुम राईम र सप्तरीको खड्क नगरपालिका–३ निवासी १८ वर्षीय मोहमद अफ्रोजलाई पक्राउ गरेको जनाएको छ । चालक रियाजको साथबाट चार थान…
काठमाडौं: सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयातितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणासम्म महँगो पर्न गएको छ। नागरिक दैनिकले विदेशबाट आयातित र स्वदेशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम एवं ‘थेरापी’ भएको औषधिको मूल्यको तुलनात्मक अध्ययन गर्दा नेपाली औषधि आठ गुणा बढी महँगो रहेको तथ्य फेला परेको हो। राज्यले औषधि उत्पादक कम्पनीलाई कच्चा पदार्थ आयात गर्दा शून्य भन्सार र आयकरमा २० प्रतिशत छुट दिँदै आएको छ। तर उपभोक्ताले आयातित औषधिभन्दा स्वदेशमा उत्पादित औषधि महँगोमा किन्दै आएका छन्। विदेशबाट औषधि ल्याउँदा पाँचदेखि सात प्रतिशतसम्म…
काठमाडौं : बैंक तथा वित्तीय संस्थामा पछिल्लो समय कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा निक्षेप संकलन बढी देखिएको छ। हाल नेपालको जीडीपी ३० खर्ब सात अर्ब छ भने बैंक तथा वित्तीय संस्थामा पुस २६ गतेसम्म ३० खर्ब २५ अर्ब निक्षेप संकलन भएको छ। मंसिरसम्म लगानीयोग्य पुँजी अभाव खेपिरहेका बैंक तथा वित्तीय संस्थामा बढ्दो निक्षेपले कर्जा प्रवाह गर्न सहज हुने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बताए। उक्त निक्षेपमा वाणिज्य बैंकको कुल निक्षेप २६ खर्ब ४० अर्ब छ भने विकास बैंकको तीन खर्ब २० अर्ब र फाइनान्स कम्पनीको ६५ अर्ब रुपैयाँ छ। ‘लगानीयोग्य पुँजी सहज भएपछि उद्योगी व्यवसायीले सहज कर्जा पाउने हुँदा…