Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकले ४ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल आज सोमबार बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले २८ दिने अवधिको तीन अर्ब २५ करोड रुपैयाँको र ९१ दिने अवधिको एक अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल खरिदका लागि आज सोमबार (पुष २३ गते) सोमबार अपरान्ह २ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ । २८ दिने अवधिको ट्रेजरी बिल माघ २२ गते र ९१ दिने अवधिको ट्रेजरी बिल चैत १२ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको…
काठमाडौँ: विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित दुईजनालाई पक्राउ गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । पक्राउ पर्नेमा ट्रेनिङ सेन्टरमा करार सेवामा कार्यरत कालिकोटका २८ वर्षीय खेमराज शाही र अर्जुन भाट छन् । विद्यार्थी खोज्ने र रकम बार्गेनिङको जिम्मा भाटले लिन्थे । प्रहरीका अनुसार पक्राउ शाही र भाटले यसअघि पनि विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गर्दै आएका थिए । प्रहरीका अनुसार विशेषज्ञ शाहीले प्रतिविद्यार्थी २५ हजार रुपैयाँ उठाएका थिए ।
काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाको रुपमा वहुचर्चित मेलम्ची खानेपानी आयोजनाकोमुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदैछ । आयोजनाको मुख्य ठेकेदार कम्पनीको अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सिएमसी दि रेभन्ना) को उक्त टोली आएपछि मेलम्चिमा देखिएको समस्याको संसमाधानका लागि निर्णायक वार्ता हुने आयोजना स्रोतले बताएको छ । ठेकेदारले साइट छोडेपछि मेलम्चीको काम २२ दिन देखि ठप्प भइ अलपत्र अवस्थामा पुगेको छ । मेलम्ची सुरुङ ढलान १ किलोमिटर बाँकी छ । सरकार र ठेकेदारबीच लामो समयदेखि क्षतिपुर्ती विवाद चल्दै आएको छ । ठेकेदार कम्पनी सीएमसीले भुकम्प, काबन्दीलगायतका बेला काम हुन नसकेको भन्दै आयोजनासँग ठुलो रकम क्षतिपुर्ति माग्दै आएको छ…
भीमदत्तनगर: उचित मूल्य पाउन थालेपछि कञ्चनपुरको महाकाली नगरपालिकामा उत्पादित उखु भारतीय बजारमा निर्यात हुन थालेको छ । स्थानीय साना गुड उद्योगभन्दा सीमापारि भारतीय बजारमा सञ्चालित उद्योगमा उखु बिक्री गर्दा मुनाफा बढी हुने भएकाले उखु किसान बिक्रीका लागि भारत जाने गरेका छन् । दुई वर्षअघि रु १५ लाख ऋण लिएर पदमा गुड उद्योग सञ्चालनमा ल्याएका चाँदनीका स्थानीयवासी पुरनबहादुर चदारोले गुड उद्योग फष्टाउन नसकेको बताए । “भारतीय बजारमा उखुको मूल्य बढी भएपछि दोधारा चाँदनीका किसान उखु बिक्री भारतमै गर्छन् ।” उनले भने, “भारतीय गुड यहाँको भन्दा सस्तो भएकाले पनि स्थानीय उद्योग फष्टाउन सकेनन् ।” भारतीय बजारमा उखु मूल्य प्रतिक्विन्टल ४०० भारुमा बिक्री…
काठमाडौँ: संघ र प्रदेशका मन्त्रीहरुले इन्धनमा दोहोरो सुविधा लिएको तथा सांसदले आफन्तलाई शाखा अधिकृतसरहको सुविधा हुने स्वकीय सचिवमा नियुक्त गरेको समाचारप्रति प्रधानमन्त्री केपी ओलीले आपत्ति प्रकट गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । मन्त्री र सांसदको स्वेच्छाचारी कामबारे प्रधानमन्त्रीको कुनै गुनासो छैन, समाचार आएकोमा भने आपत्ति छ । त्यस्ता समाचारले अतिवादलाई मलजल गर्ने तथा प्रतिगमन निम्त्याउने उनको भनाई छ । आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा पुरुष सांसदहरुले सुत्केरीको औषधि खाएको समाचार आउँदा असोज १८ र माघ १९ निम्तिएको दाबीसमेत गरे ।
काठमाडौं : कर्मचारी समायोजनको नाममा लोकसेवा आयोगको कार्यतालिका प्रभावित बनेको छ । सरकारको आग्रहमा पहिलो पटक आयोगले दुई महिनाका लागि कार्यातालिका सारेको थियो । दुई महिना सारेर मंसिर २६ गते आयोगले न्याय सेवा, व्यवस्थापिका संसद् सेवा र लेखापरीक्षणको मात्रै अधिकृतस्तरको विज्ञापन आह्वान गरेको थियो । सबैभन्दा धेरै कर्मचारी माग हुने प्रशासन सेवा र स्वास्थ्य सेवाबाट रिक्त दरबन्दीको माग नै नआएपछि अधिकृतदेखि सहसचिवसम्मको सेवाको विज्ञापन आह्वान नभएको आयोगका उपसचिव एवं सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए । समायोजनका कारण प्रशासन सेवा र स्वास्थ्य सेवाको अधिकृतको विज्ञापन आह्वानमा असर परेको छ । नायब सुब्बाको विज्ञापन आह्वानमा पनि प्रभाव पर्ने भएको छ । न्याय…
काठमाडौं: नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा भएको भनिएको घोटालामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएपछि यसबारे आफ्नो धारणा सार्वजनिक मन्त्री अधिकारीले सोमबारका लागि पत्रकार सम्मेलन डाकेका छन् । विहान १० बजे मन्त्री अधिकारी, कृष्ण प्रसाद देवकोटा सम्बद्ध अधिकारी सहित पत्रकार सम्मेलनको आयोजना गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । बिहान ११ बजे नै लेखा समितिको बैठक बोलाइएको अवस्थामा मन्त्री अधिकारीले बिहान ११ बजेको लागि पत्रकार सम्मेलन बोलाएका हुन् । १८ पुसमा संसदको सार्वजनिक लेखासमिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदनमा वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको छ भने सो अनियमिततामा मन्त्री अधिकारीसहित…
काठमाडौं : विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले विलासी वस्तुको आयातमा आंशिक नियन्त्रण (परिमाणात्मक बन्देज)को तयारी थालेको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा आयात भएका वस्तुको संरचनागत वर्गीकरणका आधारमा विलासी वस्तुको आयातमा परिमाणात्मक बन्देज तथा कृषि उत्पादनतर्फ आयात प्रतिस्थापन गर्ने तयारी गरिएको हो। बढ्दो शोधनान्तर घाटा र विदेशी विनिमय सञ्चिति कमजोर भएपछि सरकारले आयातमा कडाइ गर्न लागेको छ। विदेशी मुद्रा आर्जनको मजबुत आधार नभएकाले राष्ट्र बैंकले आठ महिनाको आयात धान्न विदेशी मुद्रा सञ्चिति अपुग भए जटिलताको संकेत गर्छ। चालु आर्थिक वर्षमा आयात अत्यधिक बढेको छ। आयातमा आधारित राजस्व नीतिका कारण आयात वृद्धिबाट सरकारले प्राप्त गर्ने राजस्व पनि वृद्धि हुने…
काठमाडौं: नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन्। खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो । सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । समितिले अन्तिम तीनजनामा नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । नेपाल टेलिकमको दशौं तहमा कार्यरत अधिकारीलाई कार्यक्षमता र योजनाका आधारमा टेलिकमको नेतृत्व दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनी टेलिकमकै प्रवन्ध निर्देशकको प्राविधिक सल्लाहाकार पनि हुन् ।
काठमाडौँ: सरकारले आधा दर्जन आयोजनाको पूर्वाधार निर्माणका लागि करीब ४० हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने अनुमति दिएको छ । मन्त्रिपरिषद्को यही पुस १३ र १६ गते बसेको बैठकले लमजुङमा माथिल्लो स्याङ्गे खोला साना जलविद्युत् आयोजना (२ दशमलव ४० मेगावाट) का लागि ३ दशमलव ४९ हेक्टर, उदयपुरमा चुनढुङ्गा उत्खननका लागि ४ दशमलव ४३ हेक्टर र पाल्पामा पत्थरकोइला उत्खनन योजना सञ्चालनका लागि १ दशमलव ३२ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । त्यस्तै सिन्धुपाल्चोकमा याम्बालिङ खोला जलविद्युत् आयोजना (७ दशमलव २७ मे.वा.) का लागि ३ दशमलव ४९ हेक्टर, रसुवामा रसुवा–भोटेकोशी जलविद्युत् आयोजना (१२० मे.वा.)…