Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कांग्रेसले एकसाथ सरकारविरोधी र पार्टी अभियान सञ्चालन गर्ने भएको छ । माघ लागेपछि सदस्यता वितरण, प्रशिक्षणसहित सरकारविरोधी अभियान सुरु गर्ने कांग्रेसको तयारी छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक रूपमा कार्यतालिका बनाएर माघमा पार्टीले अभियान सुरु गर्ने जानकारी दिए । साथै, सुरुको अभियानमा पार्टीका संरचनालाई व्यवस्थित गर्नेदेखि सरकार संस्थागत रूपमा भ्रष्टाचारमा लागेको भन्दै यसविरुद्ध नागरिक तहमा जाने तयारी पनि कांग्रेसको छ । ‘हामीले महासमिति बैठकबाट समसामयिक प्रस्ताव पारित गर्दै सरकार संस्थागत भ्रष्टाचारमा लागेकोसहितका १५ बुँदा पास गरेका छौँ । अब संसद् र पार्टी संरचनामा सरकारका यी गलत काम र कमजोरीविरुद्ध…

Read More

काठमाडौँ: नेपाल प्रहरीको हाइटीस्थित राष्ट्रसंघीय शान्ति मिसन आगामी अप्रिलदेखि बन्द हुने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । हाल हाइटीमा खटिएको फम्र्ड पुलिस युनिट (एफपियू) को टोली नै अन्तिम हुने जानकारी राष्ट्रसंघले नेपाल प्रहरीलाई गराएको छ । प्रहरीले बन्दोबस्तीका सामान फिर्ताको लागि तयारीसमेत थालिसकेको छ । साथै हाइटी मिसनका लागि अघि बढाइएको नाम छनोट प्रक्रियासमेत रोकिएको छ ।

Read More

बनेपा: मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । नेपालको प्राज्ञिक उत्कृष्टताको अगुवाइ लिइरहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको हो । साधारण कम्प्युटरले भन्दा हजारौँ गुणा छिटो गणना (प्रोसेसिङ) गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने केयूका असिस्टेन्ट प्रोफेसर (फिजिक्स) डा. राजेन्द्र अधिकारी बताउँछन् ।

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल आज सोमबार बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले ९१ दिने अवधिको एक अर्ब रुपैयाँको र ३६४ दिने अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल खरिदका लागि  आज सोमबार (पुष १६ गते) सोमबार अपरान्ह २ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ । ९१ दिने अवधिको ट्रेजरी बिल चैत१९ गते र ३६४ दिने अवधिको ट्रेजरी बिल २०७६ साल पुष १६ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई सङ्घीय संरचनामा थप प्रवद्र्धन गर्न र ती सेवाका कर्मचारी समायोजन गर्दा तहगत दरबन्दीमा मिलान गर्न तीन सङ्घ÷सङ्गठनले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । योग, आयुर्वेद, पञ्चकर्म, स्वस्थवृतसम्बन्धी सेवा प्रदान गर्न तथा जडीबुटीसम्बन्धी नीति निर्माण एवं कार्यान्वयन गर्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सबै स्थानीय निकायमा कविराज, आयुर्वेद सहायक तथा आयुर्वेद चिकित्सक पु¥याउन माग गरेका छन् । हाल ७५३ स्थानीय तहमध्ये २५४ तहमा मात्र आयुर्वेद सेवा रहेको छ । सबै जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने, प्रदेश संरचनामा कामकाज गर्न खटाइएका कविराज ५, ६ र ७ तहको दरबन्दी कटौती नगरी पुनः कायम…

Read More

काठमाडौं : ‘सेनाले विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) बिना द्रुतमार्ग निर्माण गरिरहेको छ। डिजाइन तयार नगरी काम सुरु गरिएकाले द्रुतमार्ग निर्माणमा त्रुटि देखिएको हो। ‘सडकको अनुगमन पनि गर्न पाएका छैनौं। सेनाको स्वीकृतिबिना निर्माणस्थल जान सकिँदैन। सेनाले आफ्नै हिसाबले निर्माण गरिरहेको आयोजनाको जिम्मा मन्त्रालयले लिन बाध्य हुँदैन’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मंसिर १४ गतेको विकास तथा प्रविधि समितिमा भनेका थिए। सेनाका प्राविधिक योगेन्द्र खाँणले एडीबीले तयार पारेको सम्भाव्यता अध्ययनअनुसार रेखांकन तथा माटो काट्ने र भर्ने काम गरिएको बताएका थिए। सम्भाव्यता अध्ययनकै आधारमा डीपीआर तयार हुने हो, अहिले गरिएको कामबाट डीपीआर डिजाइनमा प्रभाव पर्दैन। द्रुतमार्ग आर्थिक रूपमा मुलुकको महत्त्वपूर्ण सडक सञ्जाल…

Read More

काठमाडौं : संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर गरेको छ। उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने पदाधिकारीलाई निलम्बन गरी कारवाही गर्न सिफारिससमेत गरेको छ। विमानबारे अध्ययन गर्न गठित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडीमा ‘गम्भीर त्रुटी’ औंल्याउँदै आइतबार प्रतिवेदन तयार गरेको हो। कांग्रेस सांसद राजन केसी संयोजकत्वको ‘खरिद प्रक्रियामा गम्भीर त्रुटी औंल्याएको अनुसन्धानबाट भ्रष्टाचार भएको र निगमलाई ठूलो आर्थिक क्षति पुर्‍याएको उपसमितिले ठहर्‍याएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘जनताको स्वामित्व भएको सार्वजनिक संस्था भएकाले सरोकार राख्ने सबैसमक्ष विमान खरिद प्रक्रिया सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न, भ्रष्टाचार गरी निगमलाई आर्थिक हानी नोक्सानी पुर्‍याउनेउपर थप छानबिन गरी कारवाही…

Read More

बुटवल: सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर बुटवलमा आजदेखि सेवा प्रारम्भ गरेको छ । सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृतिका लागि बुटवलमा प्रदेश ५ कार्यालय स्थापना गरी श्रम स्वीकृतिको सेवा शुरू गरेको हो । श्रमिक फेरि फर्केर त्यही कम्पनी र त्यही देशमा जानका लागि मात्र यो सेवा यहाँबाट शुरू गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यस अगाडि श्रम स्वीकृतिको काम वैदेशिक विभागबाट मात्र हुन्थ्यो । उक्त सेवाको विभागका महानिर्देशक दिलीपकुमार चापागाईंले आज बुटवलमा उद्घाटन गरे । चापागाईंले वैदेशिक रोजगारमा जाने कामदारको चाप धेरै भएर विभागले आफ्नो सेवा…

Read More

काठमाडौँ: काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रहस्यमयरुपमा दुई जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३० भीमसेनस्थानस्थित शोभादेवी मानन्धरको घरमा बस्दै आएका झापा भद्रपुर नगरपालिका– १४ का ५० वर्षीय विजय वर्मा आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । काठमाडौँ शङ्करापुर नगरपालिका– ९ का ४५ वर्षीया शोभा केसीको पनि आजै रहस्यमयरुपमा मृत्यु भएको छ । आफ्नै घरमा अचेत अवस्थामा भेटिएकी केसीलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुवै घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच काठमाडौँ महानगरपालिका– ३२ जडीबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा चाइनिज पेस्तोल देखाइ लुटपाट…

Read More

काठमाडौँ: प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो कार्यकालमा न्यायलयमा देखिएका अनियमितता र भ्रष्टाचारको अन्त्य गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सङ्घीय संसद् मातहतको संसदीय सुनवाइ समितिमा आज सुनुवाइका क्रममा उनले नागरिकलाई न्यायमा ढिलाइ भएमा प्रभावकारी अनुगमन गर्ने उल्लेख गर्दै भने, “न्यायालयको विकृति र विसङ्गतिको अन्त्य गर्न र विचौलिया रोक्न मेरो प्रयास हुनेछ ।” प्रस्तावित प्रधानन्यायाधीश जबराले न्याय दिनमा ढिलासुस्ती भएमा न्यायाधीशको आचारसंहिताको कडाइका साथ पालना गरिने र सोअनुसार भए नभएको अनुगमन गर्ने कार्ययोजना सुनाए । संवैधानिक इजलासमा रहेका मुद्दालाई प्राथमिकता दिनेलगायतका १५ बुँद्धे कार्ययोजना सार्वजनिक गर्दै उनले थपे, “पूराना मुद्दालाई प्राथमिकताका साथ हेरिने छ, वृद्धा र थुनुवा मुद्दालाई…

Read More