Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: यही मङ्सिर २२ गतेदेखि शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि लण्डनबाट ‘चियर लिडर्स’ ल्याइएको छ । इपिएल आयोजकले आज एक कार्यक्रम गरेर प्रतियोगितामा सहभागी हुने छजना चियर्स लिडर्सलाई सार्वजनिक गरको हो । खेलका दौरान चियर्स लिडर्सले खेलाडी र आम दर्शकलाई मनोरञ्जन दिनेछन् । आयोजकका अनुसार छ जना चियर्स लिडर्सलाई दुई टोलीमा विभाजन गरिनेछ । मैदानमा रहने टोलीले लिने रन र विकेटमा चियर्स लिडर्सले रोमाञ्चकता थप्नेछन् । चियर्स लिडरले खेलका दौरान चौका, छक्का प्रहार गर्दा र बलरले विकेट लिँदा साङ्गीतिक धुनसहित आकर्षक नृत्यमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् । क्रिकेट कप्तान पारस खड्काले पहिलो पटक नेपाली क्रिकेटमा गरिएको…

Read More

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेका प्रश्नप्रति सरकार र मन्त्रालय गम्भीर रहेको बताएका छन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले समग्रतामा सबै विधि र प्रक्रिया पूरा गरेर जहाज खरीद गरेको देखिए पनि कुन कुरा ठीक थियो, कुन कमजोरी रह्यो भन्नेबारेमा छानविन र अध्ययन भइरहेको जानकारी दिए । उनले भने, “कहीँ कुनै अनियमिता, कमजोरी भएको छ भने सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएर कारवाही गर्नेछ, अध्ययन र छानविन भइरहेको छ, आवश्यकता परेमा उच्चस्तरीय छानविन समिति गठन गरिनेछ, निगमलाई राम्रो गराउने सन्दर्भमा कुन बाटो…

Read More

हेटौंडा : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले साझा यातायातसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने बताएका छन् । काठमाडौं महानगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडका प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा उहाँले प्रदेश सरकारले साझा यातायातकै ३० करोड शेयर खरिद गरेर विद्युतीय बस सञ्चालन गर्ने बताए । सरकारले विसं २०८५ भित्र प्रदेशका पाँच वटा सहरमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन विस्थापित गर्ने नीति लिएको छ । यही नीति कार्यान्वयन गर्न मुख्यमन्त्री पौडेलले चालू आवमा साझाबाटै शेयर खरिद गर्ने प्रतिवद्धता जनाएका छन् । “हामीले विद्युतीय बस सञ्चालन गर्ने नीति अघि सारेर केन्द्र सरकारलाई झक्झक्याएका छौं,” उनले भने, “संघीय राजधानी…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको मानव तस्करीका आरोपको विषयमा छानविन गर्न माग गरेको छ। राजदूत शेर्पामाथि लागेको आरोपलाई गम्भीर रुपमा लिएको भन्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले विज्ञप्ति जारी गर्दै शेर्पामाथिका आरोपको छानविनका लािग परराष्ट्र मन्त्रालयमा तत्काल उपस्थित गराउन माग गरेको छ। ‘दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउन चाहान्छ,’ विज्ञप्तिमा भनिएको छ। राजदूतकै निजी सहयोगीबाट आरोप लागेको एक साताभन्दा धेरै भैसक्दा समेत आरोपप्रति सरकार उदासिन भएको कांग्रेसले आरोप लगाएको छ। ‘निजकै सहयोगीले यो विषय सार्वजनिक गरेको साता दिन भइसक्दा समेत नेपाल सरकारले गम्भीर चासो प्रकट गरी…

Read More

काठमाडौँ: मंगलबार दोहोरो अंकको सुधार भएको पूँजी बजारमा आज पुन: भारी गिरावट आएको छ । आज बुधबार नेप्से परिसूचक २२ दशमलब ८० अंकले बढेर एक हजार ११८ दशमलब १९ अंकमा झरेको छ । मंगलबार नेप्से परिसूचक १० दशमलब २७ अंकले बढेर थियो । नेप्से परिसूचक घटे संगै कारोवार रकममा पनि गिरावट आएको छ । आजको कारोवारमा सबै समूहको समूहको परिसूचक घटेका छन् । सबै भन्दा बढी निर्जिबन बीमा समूहको परिसूचक १८५ दशमलब २६ अंक, जीवन बीमा ९६ दशमलब ०१ अंक र विकास बैंक समूहको परिसूचक ३३ दशमलब ८८ अंकले घटेको छ । बाणिज्य बैंक १५ दशमलब २२ अंकले, जलबिधुत २१…

Read More

काठमाडौँ: बुटवलमा प्रधान कार्यालय रहेको चौतारी लघुवित्तले आजदेखि साधारण शेयर(आइपिओ) बिक्री शुरु गरेको छ । कम्पनीले रु छ करोड बराबरको छ लाख कित्ता साधारण शेयर बिक्री शुरु गरेको हो । उक्त लघुवित्तको साधारण शेयरमा न्यूनतम ५० देखि अधिकतम तीन हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कूल बिक्री गर्न लागिएको शेयरमध्ये तीन हजार कित्ता सामूहिक लगानी कोष र नौ हजार ३०० कित्ता संस्थामा कार्यरत कर्मचारीलाई छुट्याइएको छ । शेयर बिक्री छिटोमा यही मङ्सिर २३ गते र ढिलोमा आगामी पुस १९ गतेसम्मलाई तोकिएको लघुवित्तका अध्यक्ष जगत पोखरेलले जानकारी दिए…

Read More

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जमा एनआइसी एशिया बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट दश प्रतिशत लाभांश शेयर दिने प्रस्ताव गरेको थियो । सोही प्रस्तावअनुसार आज स्टकमा नयाँ शेयर मूल्य रु ३७१ हुने गरी समायोजन गरेको हो । उक्त बैंकको औसत आधारमूल्य भने रु ४१८ कायम भएको नेप्सेले जनाएको छ । लभांश शेयरपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब ८३ करोड पुग्नेछ । यस्तै वित्तीय विवरण दिन अस्वीकार गरेको भन्दै स्टकले कारोबारमा रोक लगाएको नेपाल ल्युब आयलको कारोवार आजदेखि पुनः शुरु भएको छ ।

Read More

वेलिङ्गटन, न्यूजिल्याड न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ । सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन् । प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रअनुसार न्यू क्यालेडोनिया र भानुआटुका केही तटीय इलाकामा १ देखि ३ मिटरसम्मका अग्ला छालहरु आउने अनुमान गरिएको छ । फिजीमा समेत तीन मिटरसम्मको सामुद्रिक छाल आउन सक्ने अनुमान गरिएको छ । सुनामी चेतावनी केन्द्रले हवाईमा भने सुनामीको सूचना जारी गरेको छैन । यस शक्तिशाली भूकम्पपछि पाँच पटकसम्म ५.६ र ६.० को परकम्पन आएका थिए । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार यस भूकम्पको केन्द्रविन्दु न्यू क्यालेडोनियाबाट १६८ किलोमिटर…

Read More

कामठाडौं: सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ । निगमको प्राविधिक स्रोतका अनुसार गण्डकी नाम दिइएको उक्त बोइङको इन्जिन एक्सरे गराउन कात्तिक ११ गते क्याप्टेन ओबी गुरुङ र दिपाल शेरचनले उडाएर काठमाडौंबाट क्वाललमपुर पुर्‍याएका थिए । आजको कान्तिपुर दैनिकमा यो खबर छ, ‘दुई दिनमा मर्मत सकेर काठमाडौं ल्याइने भनिएको थियो,’ स्रोतले भन्यो, ‘व्यवस्थापनको बेलैमा निर्णय नगर्दा डेढ महिना भइसक्यो जहाज फर्किएन।’ क्लालामपुरस्थित निगमको विमान मर्मत गर्ने जिम्मा लिएको डेभिएसन कम्पनीले इन्जिन एक्सरे गर्दा थप प्राविधिक गडबडी देखाएको स्रोतले बतायो। त्यो विमानको इन्जिनमा हुने सी डक्ट उपकरण नै इन्जिनियरले…

Read More

काठमाडौँ: मेलम्चीको पानी प्रशोधन केन्द्रलगायत संरचना भएको उपत्यकाको उत्तरपूर्वी भेगमा खानेपानी नदिए स्थानीयवासीले पानी वितरण गर्न नदिने भएका छन् । मेलम्चीको पानी दुई महीनापछि राजधानी आएलगत्तै सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा प्रशोधन गरी परीक्षणसँगै पानी वितरण गर्ने सरकारको योजना छ । पहिलो चरणको वितरण सञ्जाल निर्माण अन्तिम अवस्थामा पुगेका बेला गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासीले खानेपानी नपाए वाग्मतीमा हाल्ने घोषणा गरेका हुन् । यसमा स्थानीय सरकारको समेत समर्थन छ । वाग्मतीको मुहान क्षेत्र नै भए पनि हाल यहीका धारामा खानेपानी आउँदैन । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएका नगर क्षेत्र उपत्यकामा वितरण हुने वाग्मतीको पानीको स्रोत स्थल हो । वाग्मती स्रोतको…

Read More