Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: भारतको व्यवसायीक घराना रजत ग्रुप अफ कम्पनिज अन्तर्गतको निर्माण सामाग्री एमकेजी ब्राण्डको विक्री वितरण अब नेपालका लागि औधोगिक तथा व्यापारीक घराना एम्. भि. दुगड अन्तर्गतको दुगड ब्रदर्स एण्ड सन्स् प्रा. लि. ले गर्ने भएको छ । आधिकारिक बिक्रेता भए लगतै अब दुगड ब्रदर्स एण्ड सन्स् प्रा. लि. ले स्मार्ट प्रबिधिबाट छिटो र गुण्स्तरीय ढङ्गले मज्बुदीलो निर्माण कार्यलाई मूर्त रुप दिने कुरामा निश्चिन्त रहेको देखिन्छ। दुगड ब्रदर्स एण्ड सन्स् प्रा. लि. ले नेपालमा ५ किसिमका निर्माण उपकरण भित्र्याएको छ । १) कङ्कृट उपकरण २) स्टिल बेन्डिङ्ग र कटिङ्ग मसिन ३) पेसेन्जर कम मेटरियल एलिभेटर ४) रोलर ५) लाईट उपकरण तर्फ…
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपति र उपराष्ट्रपतिको लागि दिइनलागेको सेवा सुविधाबारे सार्वजनिक रुपमा मान मर्दन गरेर एउटा संबैधानिक तथा लोकतान्त्रिक पदलाई दुषित पर्न खोजेको बताएका छन् । राष्ट्रपतिलाई किन्ने भनिएको १८ करोडको बुलेट प्रुफ गाडी र उपराष्ट्रपतिका लागि छुट्टै भवनको व्यवस्था गर्नु सरकारको जिम्मेवारी र दायित्व रहेको मन्त्री बाँस्कोटाले बताएका हुन् । १८ करोडको गाडी एउटै गाडीको लागि मात्रै नभएर त्यसको अघि पछि हिन्ने खर्गेड र बैकल्पिक अन्य सवारीकालागी आवश्यक आधा दर्जन जति गाडी किन्नका लागि छुट्याइएको रकम भएको पनि सरकारका प्रबक्तासमेत रहेका मन्त्री बाँस्कोटाले आज मन्त्रलायमा आयोजित पत्रकार सम्मेलनमा स्पष्ट पारेका हुन्। राष्ट्रपति र उपराष्ट्रपति आफैले…
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकमा महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले उक्त प्रस्ताव पेश गरेको हो । प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि आज प्रतिवेदन पेश भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रतिवेदनबारे शुक्रबार दिउँसो बस्ने सचिवालय बैठकमा छलफल हुने कार्यसूची तय गरिएको छ । प्रवक्ता श्रेष्ठले प्रदेश कमिटीको एकीकरणको विषयलाई टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणको विषय अघि बढाइने जानकारी दिए । प्रदेश र साङ्गठनिक एकीकरण तथा गठनको…
अमरगढी: डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा आज साँझ बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार भाडामा लिइएको डोटीको क्रिस बोर्डिङ स्कूल बस दुर्घटनामा परेको हो । अमरगढी–५ स्थित उग्रतारा मन्दिरमा आज लागेको मेलाबाट घर फर्किँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल लगिँदै छ ।
काठमाडौँ : संसारकै सबैभन्दा पुरानो सङ्क्रामक रोग ट्रकोमा (खस्रे रोग) निवारण गर्ने नेपाल दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र बनेको छ । तोकिएको मापदण्ड पूरा गरेपछि विश्व स्वास्थ्य सङ्गठनले ट्रकोमा निवारण गर्नेमा नेपाललाई सो क्षेत्रका आफू अन्तर्गतका ११ राष्ट्रमध्ये दक्षिण–पूर्वी एशियाकै पहिलो देश घोषणा गरेको हो । राजधानीमा आज आयोजित ट्रकोमा रोग निवारण समारोहमा विश्व स्वास्थ्य सङ्गठन–दक्षिणपूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई ट्रकोमा रोग निवारण भएको प्रमाणपत्र प्रदान गरे । नेपालमा अन्धोपनको दोस्रो प्रमुख कारकतत्व रहेको ट्रकोमालाई खस्रे रोगको रुपमा चिनिन्छ । ट्रकोमा क्लाइमेडिया ट्रकोमाइटिस नामक जीवाणुको कारणले लाग्ने सङ्क्रामक रोग हो ।…
काठमाडौँ: एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण हुने भएको छ । करीब रु पाँच अर्ब लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच आज विद्युत् खरीद सम्झौता भएको छ । प्राधिकरणमा आज आयोजित एक समारोहमा प्राधिकरणका योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका अध्यक्ष जगत पोखरेलले हस्ताक्षर गरे ।सम्झौताअनुसार उक्त आयोजनाबट उत्पादित विद्युत् बर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ । आयोजनालाई आगामी तीन वर्षभित्र निर्माण सम्पन्न…
काठमाडौंको भृकुटीमण्डपमा ‘बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो’ सुरु भएको छ। भूकम्प प्रतिरोधी भवन निर्माणका लागि जनचेतना जगाउने उद्देश्यका साथ सो एक्स्पो आयोजना गरिएको हो। बिहीबारबाट सुरु भएको सो एक्स्पो ५ दिनसम्म चल्नेछ। सुरक्षित र दिगो भवन निर्माणका लागि आवश्यक सम्पूर्ण प्रविधिबारे जानकारी दिने मूल उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको युथ कम्युनिटी फर नेपलिज कन्ट्रयाक्टर्सका निवर्तमान अध्यक्ष विरेन्द्रराज पाण्डेले जानकारी दिए। ६० वटा भन्दा बढि स्टल रहेको एक्स्पोमा भूकम्प प्रतिरोधि भवन निर्माणका लागि आवश्यक सामग्रीहरु पनि राखिएको छ। एक्पो २ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ्। २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति गरेपछि नेपालमा भूकम्प प्रतिरोधि भवन…
काठमाडौँ: देशको पहाडी भू–भागमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति निकालेर देशका पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना औँल्याएको हो । आज दिउँसो पहाडी भेगमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने बाँकी स्थानमा सामान्यतया सफा रहने छ । रातको समयमा पनि पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । भोलि शुक्रबार देशको पहाडी भेगमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भेगमा सामान्यतया सफा रहने तथा मङ्सिर ८ गते देशभर मौसम सामान्यतया…
काठमाडौं: भक्तपुरमा बुधाबार साँझ पुनः टिपरले एक जनाको ज्यान लिएको छ। भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बालकोटमा बा.४ ख ८१८२ नम्बरको टिपरले बा.९९ प ८२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ गम्भीर घाइते भएका मोटरसाइकलमा सवार ललितपुर चाँगाथली बस्ने महोत्तरी बर्दिबासका २४ वर्षीय मनोज मगरलाई उपचरको लागि बिएण्डबी अस्पताल ग्वार्को लैजाने क्रममा बुधबार बेलुका बाटोमै मृत्यु भएको हो । दुवै सवारी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, झापा, धनुषा, र प्युठानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । झापा मेचीनगर नगरपालिका(१२ कालीझोडास्थित पुर्वपश्चिम राजमार्गमा मे. १० प ६६६४ नम्बरको स्कुटर र बा. ६९ प ८९९४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर…
काठमाडौँ: साताको अन्तिम कारोवारको दिन पूँजी बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक एक दशमलब १४ अंकले घटेर एक हजार १८१ दशमलब ४१ अंकमा पुगेको छ । आजको कारोवारमा सबै भन्दा बढी जीवन बीमा समूहको परिसूचक २६ दशमलब ०१ अंक र लघुबित्त ६ दशमलब ७७ अंकले घटेको छ । त्यसैगरी बाणिज्य बैंक २ दशमलब ६२ अंक र विकास बैंक २ दशमलब २९ अंकले घटेको छ । यधपी, निर्जीवन बीमा, उत्पादन समूह र जलबिधुत समूहको परिसूचक क्रमश: शुन्य दशमलब ५४ अंकले, ६ दशमलब २८ अंक र ५ दशमलब ३३ अंकले बढेको छ । आज कूल १४३ कम्पनीको ७ लाख ७४…