Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: ताहचलस्थित श्रम तथा बैदेशिक रोजगार विभागबाट प्रहरीले तीन जान विचौलियाहरूलाई नियन्त्रमा लिएको छ। श्रम स्विकृतिका लागि आउने सेवाग्राहीलाई हैरानी दिने तथा काम छिटो छरीतो गरीदिन्छु भनि सेवा ग्राहिलाई प्रलोभनमा पारि दु:ख दिने काठमाण्डौ कालिमाटीका सुरेन्द्र पाचकोटी, कालिमाटी बस्ने धादिङका सुजन लामा र सोल्टीमोड बस्ने सर्लाही लालबन्दीका निर्मल तामाङलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

Read More

पोखरा: पदयात्रा पर्यटनका लागि विश्वमा नै विशिष्ट पहिचान बनाएको अन्नपूर्ण सेरोफेरोमा बर्षेनी पदयात्राका लागि पुग्नेको सङ्ख्या बढ्दै गएको छ । नेपालका विभिन्न पदमार्ग मध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्यावलोकनसहित पदयात्राका लागि यस क्षेत्रमा पर्यटकको आकर्षण बर्षेनी बढ्दै गएको हो । भूकम्प र नाकाबन्दीका कारण २०७२ र २०७३ मा पदयात्रामा आउने पर्यटकको सङ्ख्या घटे पनि पछिल्ला दुई वर्षमा भने पर्यटकको सङ्ख्या बढेको छ । सेप्टेम्बरको मध्यदेखि डिसेम्बरको मध्यसम्म नै अन्नपूर्ण क्षेत्रमा ठूलो सङ्ख्यामा पदयात्री पर्यटक आउने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले जानकारी दिए । सो मार्गमा आउने पर्यटकका…

Read More

सिड्नी: अस्ट्रेलिया भ्रमणमा रहेका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गरेका छन्। चारदिने भ्रमणका क्रममा बुधबार बिहान राष्ट्रपति कोविन्द अष्ट्रेलिया पुगेका थिए। भारतीय राष्ट्रपति कोविन्द, उनका श्रीमती सवितालगायतलाई अस्ट्रेलियाका उच्चस्तरीय सरकारी अधिकारीले स्वागत गरेका थिए । अष्ट्रेलिया भ्रमणको आज दोस्रो दिन भारतीय राष्ट्रपति कोविन्दले वरिष्ट अष्ट्रेलियाली अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यसैगरी उनले अष्ट्रेलियामा रहेको महात्मा गान्धीको शालिकलाई गान्धीको १५०औँ जन्मजयन्तीको उपलक्षमा अनावरण गर्नुहुने कार्यक्रम रहेको छ । राष्ट्रपति कोविन्द यहाँ आयोजना हुने दुई देशीय व्यापारिक सम्मेलनमा सहभागी हुनेछन्। यसअघि राष्ट्रपति कोविन्द भियतनामको चारदिने भ्रमणमा थिए । उनले भियतनामको राष्ट्रिय सभालाई…

Read More

काठमाडौँ :त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ । विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालयको परीक्षासँग सम्बन्धित विविध जानकारी कार्यालय समयभित्र त्रिविले उपलब्ध गराएको टेलिफोन नम्बर ४६७२६३२ र ४२८४१६७ बाट विद्यार्थीले जानकारी लिन सक्नेछन् ।

Read More

इनरुवा: बुधबार बिहानै सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको हत्या गरिएको विरोधमा आज सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ । फिदा हुसेनको हत्यारालाई पक्राउको माग गर्दै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको स्थानीय नइम अन्सारीले बताए । प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आरोप लगाउँदै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको हो । सुनसरी दुहबी, सदरमुकाम इनरुवा, जमुवा नहर, भोक्राहासहितको स्थानमा आज बिहानैदेखि स्थानीय राजमार्गमा टायर बालेर राजमार्ग अवरोध गरेका छन् । हत्या गरिएका हुसेनलाई शहीद घोषणा गर्नुपर्ने, हत्यारा पक्राउ गरी कडा कारवाही गर्नुपर्ने, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्नेलगायतका पाँच सूत्रीय माग राख्दै सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन गरिएको…

Read More

भक्तपुर : भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा आज चोरी भएको छ । सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब १५ लाख ९८ हजार ७५० रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीका सम्बन्धमा अनुशन्धान अघि बढाएको जनाएको छ । यसैबीच मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठ दिनदाहाडै जनप्रतिनिधीको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् । प्रेस बिज्ञप्ती जारी गर्दै उनले ढोका फोडेर भएको चोरीको निन्दा गर्दै यथासीघ्र अनुसन्धान गरी चोरीगर्नेलाई नियन्त्रणमा लिन माग गरेको नगरपालिकाका प्रशासकीय अधिककत कमल ज्ञवालीले जानकारी दिए ।

Read More

काठमाडौ‌‌: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी विमान ‘अन्नपूर्ण’ दुई हप्तादेखि ‘ग्राउन्डेड’ छ। ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो। विमानको ब्रेक सिस्टममा तीन वर्षको वारेन्टी भए पनि तीन महिना नउड्दै समस्या आएको निगमले जनाएको छ। कलसाइन एन–एएलवाई रहेको यो विमानको ब्रेक सिस्टम बिग्रिएपछि नउडाएको निगमका प्रवक्ता अशोक सिग्देलले बताए । उनका अनुसार अहिले नयाँ वाइड बडी खरिदका क्रममा भएको सम्झौताअनुसार बिग्रनु नपर्ने ब्रेक सिस्टम कसरी बिग्रियो भन्ने विषयमा अध्ययन भइरहेको छ। ‘कात्तिक २२ गते जहाजको ब्रेक सिस्टममा खराबी देखिएपछि विमानस्थलमै ग्राउन्डेड गरेका छौं। प्राविधिक विषय भएका कारण इन्जिनियरहरुले अध्ययन गरिरहेका छन्,’ सिग्देलले भने, ‘एभियोनिक्स कार्गो…

Read More

काठमाडौँ: विगत १६ महिनादेखि विवादित बन्दै संसदीय समितिसम्म पुगेको नेपाल इञ्जिनियरिङ कलेज (एनईसी) को स्वामित्व विवाद यती खेर उत्कर्षमा छ। कलेज नितान्त रुपमा २०६० भदौ ४ गते संघ/संस्था दर्ता ऐन-२०३४ अनुसार भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा ७ जनाको लगानीमा संचालन हुँदै आएको देखिएपनि पछिल्लो पटक कलेज २०७३/७४ देखि नाफा कमाउंदै आउन थालेपछि स्वामित्व विवाद एतीखेर उत्कर्षमा पुगेको दुवै बहाल तथा पूर्व कलेजका अध्यक्षहरुसंगको कुराकानीबाट बुझ्न सकिन्छ। अहिले कलेज व्यवस्थापकमा देखिएको दुई खेमा बिशेष गरी हालका कलेजका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपाने र दिपक भट्टराईसहितको पूर्व उद्ध्योग मन्त्रीसमेत रहिसकेका हरि प्रसाद पाण्डेबीचको विवाद अदालत तथा शिक्षा तथा स्वास्थ्य समिति हुँदै बिना निष्कर्ष कलेज…

Read More

काठमाडौँ: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार स्वतन्त्र न्यापालिकाको अस्तित्व समाप्त पार्न लागिपरेको आरोप लगाएका छन् । नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनको २९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप रोक्ने स्वतन्त्र न्यायपालिकालाई सरकारको दबाबमा राख्न खोजिएको बताए । नेपाल बार एशोसियसनको आगामी नेतृत्व लोकतन्त्र र स्वतन्त्र न्यायपालिकालाई सुरक्षित गर्न सक्ने निर्वाचित हुनुपर्नेमा उनको जोड थियो । महासमिति बैठकपछि प्रमुख विपक्षी दलको हैसियतमा सरकारका गलत क्रियाकलापका विरुद्ध लड्ने सभापति देउवाले दाबी गरे । कार्यक्रममा काङ्ग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कम्युनिष्ट पार्टीको समाजवाद र काङ्ग्रेसको समाजवादका बारेमा बहस गर्नुपर्ने…

Read More

कञ्चनपुर: यहाँको कृष्णपुर नगरपालिका– ८ का हर्कबहादुर कामीको घरबाट सुनका तयारी अवस्थाका ३० तोला गहना चोरी गर्ने तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । गहना बेच्दै हिँडेको अवस्थामा चोरीमा संलग्न कृष्णपुर नगरपालिका–९ का २८ वर्षीय वासुदेव अवस्थी र कैलालीको गोदावरी नगरपालिका–९ बस्ने २३ वर्षीय दीपकबहादुर बमलाई प्रहरीले गहनासहित पक्राउ गरेको हो । घरमा कोही नभएका बेला ढोकाको ताला फुटालेर गहना चोरी गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । चोरीको गहना सस्तोमा किन्ने कैलालीको धनगढी उपमहानगरपालिका–३ का सुर्मादेवी सुनचाँदी गहना पसलका सञ्चालक ३५ वर्षीय दीपेन्द्र सोवलाई समेत प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्नबाट प्रहरीले सुनको…

Read More