Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: रहस्यमयी तरिकाले फ्रान्सका लागि नेपालका पूर्वरादूत केशवराज झाको हत्या प्रकरणमा शंकास्पद देखिएका तीन जनालाई प्रहरीले सोमबार नै नियन्त्रणमा लिएको छ। घटनाको महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखा झाको हत्या अनुशन्धान गरिरहेको छ । झाको घरमा पछिल्लो १० वर्षभन्दा बढी समयदेखि कार्यरत कामदार सेतु तामाङ र अन्य दुई जना फुलबारीको काम गर्ने मालीलाई नियन्त्रणमा लिएर अनुसन्धन अगाडि बढाएको परिसर प्रमुख बसन्त लामाले जनाएको छ। लामाका अनुसार थप अनुसन्धानका लागि तीनजना कामदारलाई नियन्त्रणमा लिएको छ ‘शंका लागेर नियन्त्रणमा लिएका छौं, सोधपुछ भइरहेको छ।’ पूर्वराजदूत झाको बबरमहलस्थित कुरियागाउ घरमा सोमबार बिहान रक्ताम्य अवस्थामा शब भेटिएको थियो। श्रीमती र कामदार सेतुसँग बस्दै…

Read More

चितवन: सामूहिक बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज एक सूचना जारी गरी गत साउन ३० गते उनीहरुलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका–४ बस्ने २१ वर्षीय युवराज सारु मगर, वडा नं २ बस्ने १९ वर्षीय सैन्थील धिमाल, भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय आकाश थापा, भरतपुर महानगरपालिका–२९ बस्ने ३५ वर्षीय अर्जुन बिक र १७ वर्षीय युवक रहेका छन् । उनीहरुले प्यूठान जिल्ला घर भई भरतपुर आफन्तकामा बसेर काम गर्दै आएकी किशोरीमाथि साउन ३० गते…

Read More

काठमाडौँ: उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने नेपाली विद्यार्थीको सहजताका लागि ग्रेस इन्टरनेशनलले पहिलो पटक पूर्णतः डिजिटल प्रविधिमा आधारित अस्ट्रेलियन शैक्षिक मेलाको तयारी गरेको छ । कुनै कागज प्रयोग नगरी सहभागी विद्यार्थीको दर्ता गराई कागजरहित मेलाका लागि यही भदौ १३ गतेदेखि बुटवल, चितवन, पोखरा र काठमाडौँमा बृहद् अस्ट्रेलियन शैक्षिक मेलाको आयोजना हुने भएको हो । मेलाका लागि नेपाल सरकारले अनुमति दिइसकेको छ । उचित परामर्शका अभावमा विदेशमा पढ्न जाने विद्यार्थीले हैरानी पाइरहेको सन्दर्भमा मेलाले करियर डेभलपमेन्टका लागि सहज बनाउने ग्रेसका राष्ट्रिय निर्देशक एन्ड्रयु पौडेलले बताए । सरकारबाट ‘नो अब्जेक्सन लेटर’ लिई विदेश जानेमध्ये अस्ट्रेलिया अहिले पहिलो सूचीमा पर्दै आएको छ ।…

Read More

काठमाडौँ: काठमाडौँ उपत्यकामा ट्याङ्करमार्फत खानेपानी आपूर्ति गर्दै आएका विभिन्न सङ्घसंस्थाले स्थानीय सरकारले सङ्कलन गर्न लागेको ढुवानी कर हटाउन माग गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा व्यवसायीको संयुक्त सङ्घर्ष समितिका संयोजक उज्ज्वल शाक्यले उद्यमीले व्यासायिक कर र आय कर सरकारलाई बुझाइरहेको अवस्थामा थप कर लगाउन नपर्ने बताए । विभिन्न नामका कर पुनःबुझाउनुपर्दा त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने तथा व्यवसायमा पनि नकारात्मक असर पर्ने उनको भनाइ छ । उपत्यकामा खानेपानीको अभावलाई न्यूनीकरण गर्न निजी क्षेत्रबाट सञ्चालित पानी उत्पादन तथा वितरणसम्बन्धी उद्योगमा व्यवसायीको अर्बांै रुपैयाँको लगानी सुरक्षित गर्न समितिले सरकारसँग आग्रह गरेको छ । उपत्यकामा करीब ७०० ट्याङ्कर व्यवसायीले दैनिक…

Read More

काठमाडौं: नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनीबीच ‘स्व. सञ्‍जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप’ सम्झौता भएको छ । आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवर्द्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौंता गरिएको हो । सेजनका पूर्व उपाध्यक्ष समेत रहेका स्वर्गीय सञ्जय न्यौपानेको सम्झनामा स्थापना भएको फेलोसिप सम्झौतामा सोमबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच सेजनका अध्यक्ष पुष्पराज आचार्य र कम्पनीका महाप्रवन्धक मनिष झा ले हस्ताक्षर गरेका छन् । फेलोसिपका लागि सुरुवातामा कम्पनीले वार्षिक ५० हजार रुपैयाँ सेजनलाई उपलब्ध गराउने छ भने प्रत्येक वर्ष १० प्रतिशत रकम वृद्धि गरिने उल्लेख गरिएको छ । कम्पनीका महाप्रवन्धक मनिष झा…

Read More

काठमाडौँ : कालीमाटीका तरकारी व्यापारीले अनुगमन गर्न खटिएको टोलीको काममा अवरोध गरेको छ । व्यापारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीको कामकाजमा आज कालीमाटी बजार अनुगमनका क्रममा अवरोध पु¥याएको हो । व्यापारीले बिनाजानकारी अनुगमनमा आएको भन्दै काममा अवरोध गरेका थिए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव कालीमाटी पुगी त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए । मन्त्री यादवले उपभोक्ताको हकअधिकार सुनिश्चित गर्न गएको अनुगमन टोलीलाई अवरोध गर्ने जोकोहीलाई पनि कारवाही गरिने बताए । “व्यापारीले नियमपूर्वक व्यापार गरेको भए अनुगमन टोलीमाथि दुव्र्यवहार हुँदैनथ्यो,” उनले भने, “गतल तरिकाले व्यवसाय गरेकै कारण टोलीलाई गतल व्यवहार गरेका हुन । त्यसको छानबिन हुन्छ ।” मन्त्री…

Read More

जकार्ता: १८ औं एसियाली खेलकुदअन्तर्गत आज भएको पौडीमा टिसा शाक्यले महिला १०० मिटर फ्रिस्टाइलको व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी छिन् । जीबीके स्टेडियमको एक्वाटिक सेन्टरमा सोमबार बिहान प्रतिस्पर्धामा शाक्यले १ मिनेट ०३.९६ सेकेन्डमा दूरी पार गरेकी छिन्। हिट ४ मा प्रतिस्पर्धा गरेकी शाक्यले अन्तिम स्थानबाटै बाहिरिइन् । उनको यसअघिको व्यक्तिगत प्रदर्शन भने १ मिनेट ०७.२५ सेकेन्डको थियो । यस इभेन्टको राष्ट्रिय कीर्तिमान भने रियो ओलम्पिककि कान्छी खेलाडी गौरिका सिंहको नाममा छ । गौरिकाको नाममा १ मिनेट ००.७९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । एसियाडमा उनले १ मिनेट ००.८२ सेकेन्डमा दूरी पारेकी छ । गौरिकाले १२ औं दक्षिण एसियाली खेलकुदमा एक रजत र…

Read More

काठमाडौँ: साताको सुरुवातिमै सेयरबजारमा निराशा देखिएको छ । आज नेप्से परिचूचक ८ दशमलब २२ अंकले घटेर एक हजार १८८ दशमलब ०७ अंकमा कायम भएको छ । आइतबार नेप्से परिसूचक १४ दशमलब ०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा झरेको थियो । उत्पादन मूलक समुह बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । आजको कारोबारमा सबैभन्दा बढी जीवन बीमा ७५ दशमलब २ अंक, निर्जिबन बीमा ५९ दशमलब ७४ अंक र जलबिधुत समूह २३ दशमलब ६३ अंकले घटेका छन् । त्यसैगरी, बाणिज्य बैंक ५ दशमलब ४२ अंक, विकास बैंक १३ दशमलब १२ अंक र लघुवित्त ११ दशमलब ६९ अंकले झरेको…

Read More

काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले देशव्यापी रुपमा स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिएकामा आपत्ति जनाएका छन् । स्थानीय तहले कर लगाउने व्यवस्था संविधानमा भए पनि कुन क्षेत्रमा कस्तो कर लगाउने भन्ने विचार नगरिकन हचुवाको भरमा निर्णय गरिएको उनीहरुको गुनासो थियो । करका विषयमा देशव्यापी रुपमा विरोध र आलोचना भएकाले तत्काल यस विषयमा स्पष्ट निर्देशन दिन सांसदहरूले सरकारसँग आग्रह गरे । जनताले तिर्न नसक्ने र क्षेत्राधिकार नै नभएका विषयमा समेत कर लगाएर सङ्घीय शासन प्रणालीमा नै आँच आउने काम नगराउन उनीहरुले सदन र सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । यसरी ध्यानाकर्षण गराउनेमा सांसद अमरेशकुमार सिंह,…

Read More

काठमाडौँ: नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र एभरेष्ट बैंक बीच भदौ ०१ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एन.बी.आईले एभरेष्ट बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार एभरेष्ट बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ । उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

Read More