Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
बैतडी: बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्तहलियाले आफूहरुसँग घुस मागेको भन्दै जिल्ला हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा आइतबार निवेदन दिएका छन् । नेपाल सरकारको हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत आफूहरुले प्राप्त गरेको रकममा रु आठ हजारका दरले रकम मागेको मुक्तहलियाले बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा संयुक्तरुपमा निवेदन दिँदै उनीहरुले आफूहरुको रकम फिर्ता गरिदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका छन् । जिल्ला मालपोत कार्यालयमार्फत आफूले पाएको रकममा कोलीले रु आठ हजारका दरले मागेको मुक्तहलिया वीरभान महरले बताउनुभयो । साउन १७ गते ग्वाल्लेकका दुखी रानासँग रु १६ हजारमध्ये रु नौ हजार ५०० घुस मागेपछि घटना बाहिर आएको हो…
काठमाडौँ: वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनी पुगेका अधिकांश युवाको पासपोर्ट म्यानपावरले नियन्त्रणमा लिने गरेका छन् । सरकारले ल्याएको विधेयक संसद्बाट स्वीकृत भए अब अर्काको पासपोर्ट बद्नियतपूर्वक नियन्त्रणमा राख्नेलाई दुई लाखदेखि ५ लाखसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म जेल सजाय वा दुवै सजाय हुनेछ । कूटनीतिक, विशेष, सर्भिस र साधारण गरी चार प्रकारका राहदानी रहने व्यवस्था विधेयकमा छ । सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा जाने पदाधिकारीलाई कूटनीतिक राहदानी, नेपाल सरकार, प्रदेश सरकार वा कुनै सरकारी निकायबाट मनोनयन भई सरकारी काम, अध्ययन वा भ्रमणलगायतमा जानेलाई विशेष राहदानी, विदेशस्थित नेपाली नियोगमा खटिई जाने राजदूत, स्थायी प्रतिनिधि, विशेष प्रतिनिधि, महावाणिज्यदूतलगायतलाई सर्भिस राहदानी र…
काठमाडौँ: नेपाली सेनाले सैनिक उच्च अधिकारीकै संलग्नतामा नक्कली परीक्षार्थीको नाममा जाँच दिएर सिपाही पदमा भर्ना लिएको पाईएको छ । गत असोजमा लिएको सिपाहीको लिखित परीक्षामा ८ ब्यक्तिको अर्कैले परीक्षा दिएको पुष्टि भएपछि सैनिक मुख्यालयले छानविनका लागि सहायक रथी सीताराम खड्काको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गठन गरेको छ । खड्का प्रधानसेनापति राजेन्द्र क्षत्रीका विश्वासपात्र मानिन्छन् । लोकसेवा आयोगले अर्काले लेखेर पास भएका आठै जनाको परीक्षासमेत रद्ध गरिसकेको छ । सो प्रकरणमा सैनिक मुख्यालयकै उच्च सैनिक अधिकारीको संरक्षण र निर्देशनमा दुई सेनाले सेटिङ अर्काको नाममा परीक्षा दिने वातावरण मिलाएको स्रोतले बताएको छ ।, आजकोअन्नपुर्ण पोष्टमा यो खबर छ ।
काठमाडौँ: सरकारले साउन १ गतेदेखि नियुक्त राष्ट्रसेवकका लागि उनीहरुकै योगदानमा आधारित निवृतिभरण (पेन्सन) प्रणाली लागु गर्ने भएको छ । मुलुकको धुकुतिले धान नसक्ने गरी बर्सेनी बढ्दै गएको निवृत्तिभरण बोझलाई दीर्घकालीन रुपमा नै कम गर्न सरकारले नयाँ पेन्सन प्रणाली लागु गर्न लागेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका हुन् । नयाँ पेन्स प्रणाली लागु गर्न निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक आइतबार संसदमा दर्ता गरिएको छ । सरकारले बजेट भाषणमा नै साउन एक गतेद्खी नयाँ पेन्सन प्रणाली लागू गर्ने घोषणा गरेको थियो । राष्ट्रसेवकहरुलाई पेन्स दिन सरकारले ‘निवृतिभरण कोष’ स्थापना गर्नेछ। यो व्यवस्था सेवानिवृत्त निजामति कर्मचारी,…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित समयपछि मात्रै समृद्धिको प्रतिफल पाउन सकिने बताएका छन् । प्रधानमन्त्री ओलीले आइतबार साँझ ट्वीट गर्दै सो कुरा उल्लेख गरेका हुन्। प्रधानमन्त्रीले भनेका छन्, “गरीब देशबाट धनी देश, पछौटे देशबाट सम्पन्न देश, बेरोजगारको देशबाट रोजगारको देश समृद्धिका लागि हाम्रो दिशा यही हो ।” प्रधानमन्त्रीले हामीसँग स्रोत साधनको कमी नभएको उल्लेख गर्दै भने, “ती स्रोत साधनलाई समुचित प्रयोग गर्ने स्थायी नीति बनाएर अघि बढिरहेका छौँ । निश्चित समयपछि यसको प्रतिफल प्राप्त हुन्छ ।”
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश आन्दोलनका क्रममा मुद्दा लागेका तथा थुनामा रहेकाहरुको बारेमा सरकारले एकमुष्ट निर्णय गर्ने राजपा नेपालका नेताहरुलाई आश्वासन दिएका छन् । प्रम ओलीलाई भेट्न आइतवार साँझ बालुवाटार पुगेका राजपा अध्यक्षमण्डलका नेताहरुलाई ओलीले यस्तो आश्वासन दिएका हुन् । ‘मधेसका सम्बन्धित सबै मुद्दालाई कलेक्सन गरी त्यसमा अध्ययन गरी सरकारले एकमुष्ट निर्णय गर्नेछ तपाईहरु नआतीनुहोस,’ ओलीले भने । कतिपयको मुद्दा गम्भीर प्रकृतिका तथा कतिपयको समान्यखालका रहेकाले सबैको बारेमा सरकारले पहिला अध्ययन गर्ने र त्यसपछि छलफल गरेर टुंगोमा पुगिने आश्वासन ओलीले दिएको राजपाका अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले बताए । राजपा नेपालले साउन ३ गते प्रधानमन्त्री अोलीलाई ज्ञापनपत्र बुझाएको थियो ।…
काठमाडौँ: उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षाका आठ वटा विषय क्षेत्र निर्धारण गरी प्रतिवेदन पेश गर्न विज्ञ समूह गठन गरेको छ । आयोगका अध्यक्ष, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको तेस्रो बैठकले शिक्षाका आठ वटा विषयगत कार्यक्षेत्र तोकी विज्ञ समूह गठन गरिएको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी गराए । बैठकले उच्च शिक्षाको बारेमा सुझाव दिनका लागि पूर्वशिक्षामन्त्री गङ्गालाल तुलाधार, माध्यमिक शिक्षाका लागि श्याम श्रेष्ठ, आधारभूत शिक्षाका लागि प्रा डा मीनवहादुर विष्ट, जीवनपर्यन्त शिक्षाका लागि विमल फुयाँल र प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि प्रा डा टंकनाथ शर्माको विज्ञ समूह गठन गरिएको छ । यसैगरी शैक्षिक संस्थाको सुशासन, वित्त र…
टाम्पा, अमेरिका: अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकाँक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ । यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन् । “तीन, दुई, एक, ब्लास्टअफ” फ्लोरिडास्थित केप कानाभरालबाट डेल्टा–४ रकेट प्रक्षेपणका क्रममा विवरण सार्वजनिक गर्नासाथ हालसम्मकै तीव्र गतिको रकेट स्थानीय समयअनुसार बिहान ३.३१ बजे अँध्यारो आकाशतर्फ उडेको थियो । यस अनुसन्धान मिसनको नाम “पार्कर सोलार प्रोब” राखिएको छ । यो मानवरहीत अन्तरिक्ष यान इतिहासमै पहिलोपटक मानव निर्मित बस्तु सौर्य प्रणालीको सबैभन्दा नजिक पुग्नेछ । सात वर्षको यस मिसनअन्तर्गत…
विराटनगर: विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर आज गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । बम विष्फोटनमा निजहरुको संलग्नताका सम्बन्धमा आवश्यक अनुसन्धान एवं सोधपुछ भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको उनले बताए। बम विष्फोटनबाट कुनै मानवीय क्षति भएको छैन ।
काठमाडौँ :महानगरीय प्रहरी वृत्त दरबामार्गले अवैध लागुऔषध १० किलोग्राम चरेशसहित छ जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले आज साँझ लाजिम्पाट क्षेत्रमा चरेश कारोवार गर्दै हिँडिरहेको अवस्थामा बाग्लुङका २४ वर्षीय रोजन छन्त्याल र सुजन मगर, काभ्रेका २३ वर्षीय राम मगर, काठमाडौँका २० वर्षीय विशाल मगर, कास्कीका २७ वर्षीय सञ्जय सुवेदी र रोल्पाका ३४ वर्षीय शेरबहादुर पुनमगरलाई पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले अवैधरुपमा चरेश बिक्री वितरण गर्न हिँडिरहेको अवस्थामा शङ्का लागेर शरीर खानतलासी गर्दा उक्त चरेश फेला पारिएको जानकारी दिए दि । मल्लले पक्राउ परेकाले कहाँबाट ठूलो परिमाणमा चरेश ओसारपसार भइरहेको छ भन्नेबारेमा अनुसन्धान…