Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गर्ने ५ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्वक छली गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलिले आज दिउँसो काठमाडौं उपत्यकाको न्यूरोड र कुलेश्वयर एरियाका बिभिन्न स्थानहरुमा छापामारी चेकजाँच गर्दा नगद, चेक रकम, बिभिन्न बैकका हस्ताक्षर गरी राखिएका चेकबुकहरु, WhatsApp, मा गरिएको हुण्डीको कारोवार सहितको बिवरण, हुण्डी कारोबार गरिएको कागजातहरु बरामद गरी ५ जना व्यक्तिहरुलाई पक्राउ गरिको महाशाखाले जनाएको छ। निजहरुलाई प्रारम्भिक अनुसन्धान शुरु गरिएको तथा थप अनुसन्धान तथा कारवाहीको लागि राजश्वह अनुसन्धान विभाग हरिहर…

Read More

काठमाडौँ: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका परिभाषामा अरु पार्टी सरकारमा हुँदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै रहेको जिकिर गर्नुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले ‘पञ्चायतकालमा पनि कम्युनिष्टसँग मिलेर आफ्नो बहुमतको संसद् पुनःस्थापना गरौँ भन्दा राजतन्त्रसँग घाँटी जोडेर कारागार बस्न पनि तयार रहने’ काँग्रेसले अहिले निर्वाचन जितेर आएको कम्युनिष्टको सरकारलाई अधिनायकवादी भन्नु युक्तिसंगत नभएको बताए । “प्रतिक्रियावादी शक्तिहरु छिट्टै हड्बडाउँछन्, प्रतिपक्षमा हुनेबित्तिकै आत्तिन्छन् । जनताका बीचमा जाने र आफ्ना कुरा शालीन ढंगले राखेर हिंसात्मक दमनको पनि शान्तिपूर्ण प्रतिवाद गरेको अनुभव नेकपासँग छ…

Read More

काठमाडौँ: साताको दोश्रो दिन सोमबार पूँजी बजारमा सुधार देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलब ८४ अंकले बढेर १ हजार १९४ दशमलब ५० अंकमा उक्लेको छ । नेप्से बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । आजको कारोबारमा सबै समूह हरियो निर्जीवन बिमा र लघुवित्त समूहले नेप्से परिशूचक दोहोर अंकले बढ्न सहयोग गरेका छन् । निर्जीवन बीमा समुहको परिशूचक २ दशमलब २८ प्रतिशत (१३३ दशमलब ५१ अंक) र लघुवित्त २ दशमलब ३२ प्रतिशत (३५ दशमलब ४५ अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २ हजार ८३९ कारोबारबाट १८ करोड…

Read More

महेन्द्रनगर, धनुषा: प्रदेश नं २ सरकारले सप्तरीको मलेठ घटनाबारे छुट्टै छानवीन गर्न आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय मन्त्रिस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकको निर्णयअनुसार समितिका सदस्यमा सामाजिक विकासमन्त्री नवलकिशोर साह र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह तथा सदस्य सचिवमा उपन्यायाधिवक्ता कृष्णप्रसाद बराल छन्। समितिले १५ दिनभित्र मलेठ घटनाको निष्पक्ष छानवीन गरी मन्त्रिपरिषद्मा प्रतिवेदन दिनेछ । मलेठमा २०७३ फागुन २३ गते पाँच जनालाई सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु भएको थियो  भने आन्दोलनमा थुप्रै व्यक्ति घाइते भएको थिए । राष्ट्रिय मानवअधिकार आयोगले मलेठ घटनाको छानवीन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा…

Read More

बनेपा: काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोकमा आज मध्याह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बनेपाबाट धुलिखेलतर्फ गइरहेको टिपरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भई उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए। मृतकको नाम भने खुल्न नसकेको जनाइएको छ । घटना भएलगत्तै आक्रोशित भीडले टिपरमा आगो लगाउँदा पूर्णरुपमा जल्नाका साथै भीडले चारदोबाटो चोकमा रहेको प्रहरी बिटमा समेत क्षति पु¥याएको छ । प्रहरीले दमकलको सहायताले टिपरमा लागेको आगो निभाएको थियो । प्रहरीले टिपर, त्यसका चालक नुवाकोट विदुर नगरपालिका–१ बस्ने २९ वर्षीय…

Read More

काठमाडौँः निकै विवादको घेरामा तानिएका झापाको बिर्तामोडस्थित बी एन्ड सी शिक्षण अस्प्तालका सञ्चालक दुर्गा प्रसाईले बंगलादेशमा अध्ययन गर्न गएका चेलीका बारेमा आफूले बोलेको कुराले परेको चोटप्रति क्षम मागेका छन् । बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरूबारे आफूले अर्कै आशयले बोलेको कुरालाई सञ्चारमाध्यमले तोडमोड गरेको आरोप लगाएका छन्। सोमबार भक्तपुरस्थित रफत सञ्चार क्लबमा बोल्दै उनले आफूले करिब १४ महिनाअघि अर्कै आशयले बोलेको कुरालाई तोडमोड गरी सामाजिक सञ्जालमा भाइरल बनाइएको पनि गुनासो गरेका छन् । उनले आफूले भन्न खोजेको विषयलाई तोडमोड गरेर विवादित बनाइएको भन्दै उक्त भनाइको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको जिकिर गरे । ‘बंगलादेशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमै अध्यनको…

Read More

काठमाडौँ: ‘अन्नपूर्ण पोष्ट’ अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण आजदेखि यहाँ शुरू भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा सञ्चालित उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले ब्याडमिन्टन खेलेर गरे । सो अवसरमा मन्त्री विश्वकर्माले खेल क्षेत्रमा भएका समस्या र चुनौतीलाई समाधान गर्दै अन्तर्राष्ट्रिय पदक तालिकामा सुधार गर्दै लैजाने बताए । प्रतियोगितामा विदेशी र देशभरबाट छनोट भएका ४२२ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष सिङ्गल, महिला सिङ्गल, पुरुष डबल्स, महिला डबल्स, १९ वर्षमुनिको जुनियर पुरुष सिङ्गल र जुनियर महिला सिङ्गल, पुरुष एक्जुकेटिभ सिङ्गल र डबल्स तथा पुरुष…

Read More

नेपालको शेयर बजार केहि बर्षदेखि निरन्तर ओरालो लागि रहेको अवस्थामा छ, ओरालेको क्रम रोकिएको छैन् र यस आर्थिक बर्ष शुरु भएको अन्तिम तेश्रो दिन पनि ५.३८ अंकले बजार ओरालो लागेको छ, तिन दिनमा १८.९७ अंकले घटेको देखिन्छ । गएको चैत्र महिनामा २, ४ दिन शेयर बजार उकालो लागेको देखिन्छ भने बाँकी अवधि औसत रुपमा घटेको छ । दुई बर्षअघि १,८०० अंक भन्दा माथि उचाईमा गईरहेको बजार आजको दिनसम्म आईपुग्दा १,२०० को हाराहारीमा आईपुगेको छ । सरसर्ती हेर्दा बिगत २ बर्षको अवधिबाट करिब ३४ प्रतिशतले बजार घट्न पुगेको छ । बजार घट्नु भनेको लगानीकर्ता नोक्सानमा पुग्नु हो र आर्थिक क्रियाकलापमा संकुचन…

Read More

काठमाडौँ: ‘हलोदेखि हाइड्रोसम्म’ नाराका साथ नौ वर्षअघि स्थापना भएको मेगा बैंकले साना मझौला व्यवसाय (एसएमई) र लघुवित्तलाई प्राथमिकतामा राख्दै आएको छ । गत आर्थिक वर्षमा निक्षेप संकलन ११ अर्ब ८२ करोड रुपैयाँ बढेर रु ६३ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह पनि करीब ११ अर्ब बढेर रु ५७ अर्ब २६ करोड पुगेको छ । ग्राहक संख्या पाँच लाख रहेको छ । त्यसैगरी कर्जाको औसत आकार २९ लाख ५५ हजार रुपैयाँ र निक्षेप एक लाख २२ हजार रुपैयाँ रहेको छ । स्थापनाको नवौं वर्षमा आइपुग्दा बैंकले १०१ शाखा विस्तार गरेको छ । देशभर १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित…

Read More

काठमाडौँ: करीब एक महिनादेखि थुप्रिएको काठमाडौँ उपत्यकाको फोहर उठ्न थालेको छ । यसअघि नियमितरुपमा फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटस्थित सिसडोल भरिएर फोहर राख्ने स्थानको अभाव भएपछि फोहर उठ्न सकेको थिएन । सिसडोलमा व्यवस्थापन गर्ने स्थानको मात्र होइन बर्खाको कारण बाटो पनि बिग्रिएको र मर्मतको काम भइरहेकाले फोहरको नियमित व्यवस्थापन गर्न समस्या भएको थियो । अहिले सिसडोलमा तत्कालको लागि व्यवस्थापनको प्रबन्ध मिलाइएको छ भने बाटो पनि मर्मत गरिएकाले फोहर उठ्न थालेको हो । फोहरका कारण नागरिकको जनजीवन प्रभावित भएको थियो । काठमाडौँ महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले लामो समयदेखि उठ्न नसकेको फोहर एकै दिनमा व्यवस्थापन गर्न समस्या भए पनि नियमित रुपमा फोहर…

Read More