Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
- सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
- प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
- सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
- १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
कााठमाडौं, मंसिर ८ । लगातारको उतारचढावबीच धितोपत्र बजारमा आज सकारात्मक संकेत देखिएको छ। साताको कारोबारका क्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढ्दै २ हजार ६३८.९५ विन्दुमा पुगेको छ। नेप्से परिसूचक आज १५.३९ अंकले बढेको हो। बजारमा परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गतिविधि देखिएको छ। दिनभर विभिन्न कम्पनीका १ करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा अधिकांश कम्पनीका लगानीकर्ताले राहत पाएका छन्। कुल १६५ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको…
छड्के जाँचमा ३६ मध्ये ११ वटा फेल कााठमाडौं, मंसिर ८ । काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधनले कति प्रदूषण फैलाइरहेका छन् रु यसको एउटा नमुना ललितपुरमा गरिएको छड्के जाँचले देखाएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा गरिएको सवारी प्रदूषण अनुगमनमा ३६ वटा सवारीसाधन जाँच गरिएको थियो। ललितपुरको खुमलटार र सातदोबाटो क्षेत्रमा गरिएको उक्त जाँचमा ११ वटा सवारीसाधन प्रदूषण परीक्षणमा फेल भएका छन् भने २५ वटा पास भएका छन्। अर्थात्, जाँच गरिएका सवारीसाधनमध्ये ३०।५६ प्रतिशत प्रदूषण मापदण्ड पूरा गर्न असफल भएका छन्। यसले सडकमा गुडिरहेका सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणको चुनौती अझै गम्भीर रहेको संकेत…
काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट दीर्घकालीन महत्त्वका उपलब्धि हासिल भएको नदेखिएको टिप्पणी गरेका छन्। मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको भारत भ्रमणबारे आफ्नो धारणा राखेका हुन्। उनले भ्रमणबारे हतारमा टिप्पणी गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै दीर्घकालीन महत्त्व राख्ने काम भएको नदेखिएको बताएका हुन्। ‘हामी हतारमा प्रधानमन्त्रीको भारत भ्रमणबारे बोल्दैनौँ तर दीर्घकालीन महत्त्वका केही काम भएजस्तो देखिएन,’ थापाले भने। उनले प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा भएका सहमति, सम्झौता र उपलब्धिबारे सार्वजनिक रूपमा जानकारी गराउनुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री शाह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने भारत…
काठमाडौं, मंसिर ८ । सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने निर्णयले मधेसमा आन्दोलनको अवस्था सिर्जना हुन सक्ने चेतावनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले दिएका छन्। उनले आयोजना रद्द गर्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गरेका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद झाले सुनकोसी–मरिण डाइभर्सन आयोजना मधेसका पाँच जिल्लाका किसान र कृषि क्षेत्रको भविष्यसँग जोडिएको विषय भएको बताए। उनका अनुसार आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेकथ्रु सन् २०२४ मे महिनामै सम्पन्न भइसकेको छ। तर, बाँधलगायतका संरचना निर्माणको काम अघि बढ्न नसक्नु गम्भीर विषय भएको उनको भनाइ छ। ‘यो आयोजना रद्द भयो भने मधेस…
काठमाडौं, मंसिर ८ । भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा सरकारले तत्काल उपयोग नगर्ने भएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आयोजना आवश्यकताअनुसार मात्रै उक्त ऋण परिचालन गरिने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले १८४ अर्ब रुपैयाँ तत्काल प्राप्त हुने रकम नभई ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारे। उनका अनुसार सरकारले आयोजना निर्माणको आवश्यकता र प्रगतिका आधारमा उक्त ऋण उपयोग गर्नेछ। विशेषगरी ऊर्जा क्षेत्र, प्रसारण लाइन तथा पूर्वाधार विकासमा यसको प्रयोग गर्ने सरकारको योजना छ। तर, चासलाग्दो कुरा के छ भने १८४ अर्ब रुपैयाँको ऋण उपयोग गर्ने सहमति…
काठमाडौँ, मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री शाह आज आइतबार दिउँसो १ बजेर ४५ मिनटेमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमान चढेर दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह २ दिनका लागि भारत भ्रमणमा जाने भएका हुन्। गत चैत १३ गत प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहले पहिलोपटक औपचारिक विदेश भ्रमण गर्न लागेका हुन्। प्रधानमन्त्रीसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ अधिकारी भारत भ्रमणमा जानेछन्। त्यहाँ पुगेपछि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट भ्रमण टोलीमा राजदूतसहित केही सदस्य थपिनेछन्। प्रधानमन्त्री शाह आज दिल्ली ओर्लिंदा त्यहाँस्थित इन्दिरा…
काठमाडौं, मंसिर २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फेरि सरकारको नेतृत्वमा फर्किने दाबी गर्दै राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेका छन्। काठमाडौँमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले एमाले पुनः सरकारमा जाने र यसअघि अघि सारेका विकासका योजनालाई निरन्तरता दिने बताएका हुन्। एमाले कुनै राजनीतिक शक्तिको कृपा वा आशीर्वादले नभई जनताको समर्थन र पार्टीको आफ्नै संघर्षबाट सरकारमा पुगेको उनको दाबी थियो। ‘फेरि नेकपा एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ,’ भन्दै ओलीले आफ्नो पार्टीको राजनीतिक पुनरागमनबारे खुलेरै अभिव्यक्ति दिएका छन्। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यबाट एमाले पछि नहट्ने पनि बताए।
काठमाडौं, मंसिर २ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई लिएर कूटनीतिक तयारी तीव्र पारिएको छ। नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्दै भ्रमणको कार्यसूची तय भइसकेको जानकारी दिएका छन्। सिंहदरबारमा भएको भेटमा दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच हुने भेटवार्ता ऐतिहासिक तथा महत्त्वपूर्ण हुने बताएका छन्। भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायले तयारी गरिरहेको उनको भनाइ थियो। भेटमा प्रधानमन्त्री शाहले भारतीय राजदूतलाई सफल कार्यकालको शुभकामना दिँदै रसुवा–भोटेकोशी बाढीपछि भारतले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए।
काठमाडौं, मंसिर २ । प्रहरी नेतृत्वबाट हटाइएपछि न्यायको ढोका ढकढक्याउन पुगेका दानबहादुर कार्कीको मुद्दा अब सर्वोच्च अदालतको आदेश पर्खिरहेको छ। कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइको बहस सकिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाइपछि अब अदालतको आदेश आउन बाँकी छ। गत कात्तिक १८ गते सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो। त्यसलगत्तै एआईजी डा। मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो। सरकारको उक्त निर्णय गैरकानुनी भएको र आफू अन्यायमा परेको जिकिर गर्दै कार्की सर्वोच्च पुगेका हुन्। उनले मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गरेका छन्।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आइजीपी दान बहादुर कार्कीलाई कुनै कारवाही नगरिएको र सरुवा बढुवा पनि नभएर उहाँको जिम्मेवारी फेर बदल मात्रै गरिएको बताएका छन् ।कार्कीलाई हटाएर सरकारले उनलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको रुपमा खटाउने समेत निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिए ।
