Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
- सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
- १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाली सेनाद्वारा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना काठमाण्डौँ—तराईरमधेश द्रुर्तमार्ग (एक्सप्रेस वे) को मंगलबार जंगी अड्डामा एक कार्यक्रमकाबीच विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको लागि सुसङ ईन्जिनियरिङ कम्पनी लिमिटेडसंग औपचारिक हस्ताक्षर भएको छ। काठमाण्डौँ—तराईरमधेश द्रुर्तमार्गका आयोजना प्रमुख प्रा. उपरथी योगेन्द्रबहादुर खाँण र कम्पनीका दक्षिण कोरियाका अध्यक्ष केहुन् वाङ्गबीच भ्याट सहित १० करोड १२ लाख ७८ हजार ९२३ रुपैयाँको लागतमा २०७५ कार्तिक ०४ गतेबाट डिपीआर निर्माण सुचारु गरी १०५ दिनको अवधिमा तयार गरी सक्ने गरी सम्झौतामा हस्ताक्षर भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ। उक्त कार्यक्रममा नेपाली सेनाका अधिकृत र कम्पनीका दक्षिण कोरियाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
काठमाडौँ: प्रहरीले २९५ किलो अवैध लागु औषध गाँजा (चिप्पड) र ईन्धन बोक्ने ट्याङ्करसहित एक जना मानिसलाई मंगलबार पक्राउ गरको छ। मकवानपुर जिल्लामा लागू औषध गाँजाको कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो काठमाण्डौंबाट प्रहरी अधिकृत सहितको टोली खटिई गई खोजतलास गर्ने क्रममा बुधबार बिहान जिल्ला मकवानपुर मनहरी गाँउपालिका वडा नं-७ रमनटार स्थित लोकमार्गमा चितवनबाट हेटौडा तर्फ आउदै गरेको ना ४ ख ३९६९ नं कोईन्धन बोक्ने ट्याङ्करलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्याङ्कर र त्यसका चालक ३८ वर्षीय प्रल्हाद ठकुरीलाई पक्राउ गरेको ब्युरो प्रमुख बिश्वराज पोखरेलले जानकारी दिए। ठकुरी जिल्ला बारा जितपुर सिमरा उप महानगरपालिका वडा नं…
काठमाडौँ : पछिल्लो समय सर्वाधिक चासोको विषय बनेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणमा सरकारी तदारुकता बढेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण प्रक्रिया अघि बढेसँगै यसमा विभिन्न बहससमेत सतहमा आएका छन् । वातावरणपविद्ले लाखौँ रूख कटान हुने भनेर चिन्ता व्यक्त गरेका छन् भने विकासवादीले मुलुक समृद्धिका लागि यो आयोजना अपरिहार्य भएको धारणा व्यक्त गरेका छन् । आयोजना निर्माण प्रक्रिया अघि बढाउन वन तथा वातावरण मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच गम्भीर छलफल भइरहेको दुवै मन्त्रालयले जनाएका छन् । वन मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गाना आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भइसकेको जानकारी गराउँदै इआइए स्वीकृतिपछि तत्काल…
काठमाडौँ :खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संगम स्वीटको मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेपछि शिलबन्दी गरेको छ । अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग गरिने वस्तु (नीर) भएको प्रमाणित भएको छ । स्थानीय बानेश्वरमा सङ्गम शर्माले सञ्चालन गरेको सङ्गम स्विट््स एण्ड स्न्याक्स प्रालिको मिलन चोक गोदाममा उक्त पाउडर फेला परेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चनका अध्यक्ष माधव तिमिल्सिनाले बताए । मिठाइमा हाइड्रो–१ नामको अखाद्य वस्तु मिसावट भएको फेला परेका कारण शर्मालाई खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार कानूनी कारवाही गरिने खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए । खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरेको…
काठमाडौँ: नेपालको पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पेले नेपालीहरूको महान चाड दशैँलाई लक्षित् गर्दै ‘दशैँ धमाका’उपहार योजना सार्बजनिक गरेको छ । असोज २८ गतेसम्म सञ्चालन हुने यस उपहार योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो , विशेष र अन्य योजनामा गरी ३ सय जनाभन्दा बढिले पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ । । यस योजना अनुसार कुनै पनि सदस्य बैंक अथवा नजिकैको इसेवा क्यास पोइन्टबाट रकम जम्मा गरि आर्कषक उपहारहरू जित्ने मौका पाइनेछ । इसेवा वालेटमा बैंक तथा क्यास पोइन्टबाट १०० रुपैयाँ वा सो भन्दा बढि रकम लोड गर्ने व्यक्ति यस उपहार योजनामा सहभागि हुनेछन् । पुरस्कारलाई बम्पर, प्रथम, दोस्रो, तेस्रो, विशेष…
काठमाडौँ: कारोवारको अन्तिम समयमा आएर सेयर बजार परिसूचक (नेप्से)मा सुधार आएको छ । आज उतारचढाबका बीच नेप्से २ दशमलब ६९ अंकले बढेर एक हजार २४१ दशमलब ३६ अंकमा पुगेर बजार बन्द भएको छ । दुई दिनदेखि निरन्तर घटेको नेप्सेमा आज सुधार आएको हो आइतबार नेप्से १० दशमलब ४७ अंक र सोमबार १८ दशमलब ०४ अंकले घटेको थियो । आजको कारोवारमा सबै भन्दा बढी जीवन बीमा समूहको परिसूच १४ दशमलब ६२ अंक र निर्जीवन बीमा समूहको परिसूचक १२ दशमलब १५ अंकले बढेको छ भने बाणिज्य बैंक एक दशमलब ६३अंक, अन्य ७ दशमलब ७७ अंक, ब्यापार एक दशमलब ६९ अंक र लघुवित्त…
काठमाडौँ: भक्तपुर नगरपालिका(३ बाराही डेरा गरी बस्ने सोही नगरपालिका(१५ ईताछेका ४४ वर्षीय जिवन शाही सहित ७ जनालाई जुवातास खेलीरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको प्रहरीले सोमबार पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख ३० हजार ५ सय ३० रुपैयाँ नगद र १२ बुक तास प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेहरुमा निज जिवन शाही, सूर्यबिनायक बस्ने झापा डागीबाडी गाउँपालिका(१ का ४१ वर्षीय मदनकुमार राजबंशी, सूर्यबिनायक बस्ने रामेछाप सुनपाती(२ का ३९ वर्षीय बिबेक लामा, सूर्यबिनायक बस्ने धनुषा गतेश्वरी(१ का २५ वर्षीय सन्तोष श्रेष्ठ, सूर्यबिनायक बस्ने सर्लाही लालबन्दी नगरपालिका(६ का ३० वर्षीय बलबहादुर खत्री, सूर्यबिनायक बस्ने रामेछाप लिखु गाउँपालिका(३ का…
काठमाडौं: सुन तस्करीमा प्रहरीको उच्च निगरानी बढे पनि यसको अवैध ओसारपसार कार्यमा कमी आउन सकेको छैन। प्रहरीले सोमबार थाई एयरको टिजी ३१९ को उडानद्धारा बैंककबाट काठमाडौं आएका भारतीय नागरिक विडेश भुनियालाई करीव १० लाख २५ हजार रुपैयाँ बराबरको २०७ ग्राम अवैध सुनसहित पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन मेन गेट प्रहरी चेकिङ एरियामा उनलाई चेक गर्दा लुकाई छिपाई राखेको अवस्थामा औंठी २ थान, साँचो २ थान, गोलाकार आकारको रिङ ३ थान र सिक्री २ थानमा रहेको उक्त परिणामको सुन बरामद भएको हो । प्रहरीले उनलाई आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भंसार कार्यालयमा पठाएको छ ।
मनाङ: मनाङमा फलाइएका अर्गानिक आलुको माग देशका तीन तारे र पाँचतारे होटलहरुबाट आउन थालेको छ । काठमाडौँका हायात होटल, सोल्टी होटलमा समेत यहाँका आलुको परिकार बन्ने गरेको छ । विगत केही वर्षयता मनाङका आलुको चर्चा हुन थालेको छ । वर्षको एक याम मात्र खेती हुने यस ठाउँमा आलु मुख्य बालीको रुपमा रहिआएको छ । हिमाली हावापानीमा उत्पादन भएका आलु स्वादिष्ट हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको छ । अर्गानिक खेती गरिने यस जिल्लामा कुनै प्रकार विषादी प्रयोग गरिँदैन । मनाङको सबै ठाउँमा यसको राम्रो उत्पादन हुन्छ । यहाँका मानिसहरु होटल व्यवसाय सँगै कृषि पेशामा संलग्न छन् । यहाँ उत्पादन भएका…
काठमाडौँ: डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज अपराह्न ताजकिस्तानसँग खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । त्यस्तै दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह ‘ए’मा नेपालसहित प्लोस्टाइन र ताजाकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । साविक विजेताका नाताले नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो । नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल,…
