Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन्। शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकको सुरुमै प्रधानमन्त्री ओलीले आफ्ना कुरा राखेर बाहिरिएका हुन्। नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओली सहमतिमै बैठकको सुरुमा आफ्ना कुरा राखेर बाहिरिएका हुन्। ‘उहाँ (प्रधानमन्त्री) बैठक सुरु हुने बित्तिकै आफ्ना कुरा राखेर म गएँ है भनेर बाहिरिनु भयो’, स्रोतले भन्यो। बैठकअघि आजै प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो। पार्टीभित्र देखिएको विवादका कारण गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक अझै सकिएको छैन।

Read More

काठमाडौं: पछिल्लो एक दशकमा नेपालमा ४० लाख रोजगारी सिर्जना भएको विश्व बैंकले तयार पारेको एक रिपोर्टमा उल्लेख गरेको छ । नेपालको ठूलो जनशक्ति कृषिबाट अन्य क्षेत्रमा आकर्षित हुँदै गएको र यसले रोजगारी सिर्जना हुने संख्या बढाएको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा सबैले गुणस्तरीय जागिर भने पाएका छैनन । त्यसमध्ये पनि महिलाहरुले कम गुणस्तरीय जागिर पाएको उल्लेख छ । पछिल्लो दशकमा ठूलो संख्यामा पुरुषहरु निर्माण क्षेत्रमा काम गर्न थालेका छन् भने उत्पादनमूलक उद्योग, व्यापार र यातायातको क्षेत्रमा पनि काम गरिरहेका छन् । त्यसका साथै ठूलो संख्यामा उनीहरु वैदेशिक रोजगारीका लागि समेत गएका छन् । यद्यपि यसमध्ये कैयन मानिसहरु अनौपचारिक क्षेत्रमा…

Read More

पोखरा: कोरोना भाइरसका विषयमा अफवाह फैलाएको भन्दै प्रहरीले पोखरामा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, पर्वतको मोदी गाउँपालिका – ७ घर भई कास्कीको पोखरा बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर घर भई पोखरा बस्ने २२ वर्षीय निरज लम्साललाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जिवन श्रेष्ठका अनुसार पीसीआर टेस्टको रिपोर्ट उलटपुलट गरी सामाजिक सञ्जालमा पोस्ट गरेर अफवाह फैलाएको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो । अहिले दुवै जनाविरुद्ध झुठो अफवाह फैलाउन नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ । झण्डै डेढ महिनादेखि स्थगित बैठक आज (शुक्रवार) बालुवाटारमा बसेको हो । आन्तरिक विवादका कारण लामो समयसम्म बैठक बस्न सकेको थिएन । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ । १५ बुँदे उक्त प्रस्ताव आजै पारित गर्ने पनि तयारी छ । पार्टीभित्र आन्तरिक विवाद चुलिएपछि लामो समयसम्म स्थायी कमिटीको बैठक बस्न सकेको थिएन । बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय उठेपछि बैठक नै स्थगित हुँदै आएको थियो । साउन १३ गतेपछि अनिश्चितकालका…

Read More

काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ । हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ६३ प्रतिशत छ । कोभिड–१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यावसायिक सञ्चालनमा व्यस्त हुनेथियो । कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको छ । अन्य भौतिक संरचनाका काम बन्दाबन्दीको अवधिमा पनि निरन्तर भए । विमानस्थलको प्राविधिक काम मात्रै बाँकी छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले प्रविाधिक काम निकै चुनौतिपूर्ण रहेको…

Read More

काठमाडौँ: नक्कली प्रेस कार्ड छाप्ने तीन जनालाई प्रहरीले बागबजारबाट पक्रेको थियो । पक्राउ परेका मध्ये एकजनाको कोरोनाभाइरस रिपोर्ट पोजेटिभ आयो । भदौ २२ मा तेह्रथुमका लक्ष्मण न्यौपाने, बर्दियाका श्रीराम खड्का र नवलपरासी घर भएका रमेश रेग्मीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा उनीहरुलाई पक्राउ गर्ने मध्येका दुईजना प्रहरीलाई कोरोनाभाइरस देखिएको छ । महाशाखामा कार्यरत एक प्रहरी सहायक निरिक्षक ९असई० र एकजना हवल्दारलाई कोरोना देखिएको छ । उनीहरुलाई नेपाल प्रहरी अस्पतालको आइसोलेशनमा पठाईएको अपराध महाशाखाका एक अधिकृतले रातोपाटीलाई बताए । उनीहरु दुई जनासहित अपराध महाशाखाका ७ जना प्रहरी संक्रमित छन् । महाशाखाबाट वृत…

Read More

एजेन्सी: नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगष्टमा ०।१ प्रतिशतले वृद्धि भएर हाल ३.१ प्रतिशत पुगेको छ । यो सँगै वित्तीय सङ्कट उत्पन्न भई गत अगष्टमा रोजगारी गुमाउनेको सङ्ख्या पछिल्लो आठ महिनायताकै उच्च हो । यसको प्रत्यक्ष असर यहाँ श्रम गरिरहेका नेपालीहरूमा पनि देखिन थालेको छ । कम्पनीमा काम घट्न थालेपछि अतिरिक्त काम नहुने, रात्रि तथा दिवा वा अन्य…

Read More

काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ । गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो । महासचिव विष्णुप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार पारेको साझा प्रस्तावमाथि छलफल हुनेछ । अध्यक्षद्वयले अध्ययनका लागि तयार पारेको उक्त साझा प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको छ । अध्यक्षद्वयले त्यसलाई अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक रूपमा बैठकमा प्रस्तुत गर्ने जानकारी महासचिव पौडेलले दिए । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको कार्यविभाजन तथा…

Read More

काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीबाहिर आवतजावतका लागि थप कडाइ गरेको छ । कोभिड–१९ (कोरोनाभाइरस)को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अत्यावाश्यक कामबाहेकमा काठमाडौ बाहिर आवतजात गर्न सवारी पास उपलव्ध नगराउने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सवारी सहजीकरण सम्बन्धी सूचना जारी गर्दै अत्यावाश्यक कामका लागि भने तोकिएको निवेदन, कामको प्रयोजन खुल्ने कागजात साथै गन्तव्यमा जाने जिल्ला र स्थानीय तहको सिफारिस अनिवार्य पेश गर्नुपर्ने जनाएको छ । सबै कागजात पुरा गरेपछि व्यक्ति स्वयम् सिफारिसका लागि उपस्थित हुनुपर्ने पनि प्रशासनले जनाएको छ । ‘कोभिड १९ को बढ्दो संक्रमणका कारण काठमाडौै जिल्लामा जारी गरेको निषेध आदेशको अवधिमा जिल्लाबाट बाहिर जाने…

Read More

काठमाडौँ:  सरकारले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रमा गणना गराउने गरी नयाँ ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरेको छ । कोरोना महामारीको जोखिम बढिरहेकाले विद्यालय खुल्न नसकेको स्थिति र अन्य प्राकृति विपत्तिमा पनि यस प्रकारको वैकल्पिक सिकाइलाई मान्यता दिने गरी निर्देशिका जारी भएको हो । यो निर्देशिकासँगै चालू शैक्षिकसत्रमा विद्यार्थी अभिलेखीकरण (भर्ना), तथ्याङ्क सङ्कलन, निजी विद्यालयमा स्थानीय तहले तोकेबमोजिमको शुल्क लिन, पाठ्यभार संकुचन गरी मूल्याङ्कनको विधि लागू गर्न स्थानीय तह र सम्बन्धित विद्यालयलाई सहज हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही भदौ १९ गते स्वीकृत गर्नुभएको नयाँ निर्देशिका मन्त्रालयले आज सार्वजनिक गरेको हो । यसअघि गत…

Read More