Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाली सेलो गीत एबम आधुनिक गीतका गायक बाबु मोक्तानको स्वर तथा शब्दमा ‘सोल्टीनी सार्है मन पर्यो ’ गीत बजारमा हालै मात्रै सार्वजनिक भएर अहिले सांगीतिक माहोल पिटिरहेको छ । आसुशेन लामाले संगीत रहेको गीतको भिडियोलाइ निर्मल लामाले निर्देशन गरेका हुन् भने पवन सुस्लिङकाे छयाङ्कन र सम्पादन रहेको छ । गीतमा चर्चित डान्स ग्रुप भिमफेदी गाइजको दमदार नृत्य रहेको छ । गीतमा निर्मल लामा, मिथुन लामा, मन्जित लामा, अन्जन लामा, सबिन लामा, रिना राई, मञ्जु लामा र पासाङ लामाको अभिनय रहेको छ । गीतलाई राधा लामाले निर्माण गरेकी हुन । कामको शिलशिलामा कोरियामा रहेका गायक मोक्तान एक दशक भन्दा लामो…

Read More

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले एकपछि अर्को गर्दै सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता गरेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार प्राधिकरणले सौर्य परियोजनाबाट उत्पादित विद्युत् खरिदका लागि सम्झौता गरेको हो । प्राधिकरणले आज मात्रै दुई परियोजनाबाट उत्पादित १२ मेगाबाट सौर्य ऊर्जा खरिदको सम्झौता गरेको हो । अपि पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए। कम्पनीले पर्साको परवानीपुरमा आठ मेगावाट र रौतहटको चन्द्रनिगाहापुरमा चार मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गर्न लागेको छ । ती आयोजनासँग प्रतियुनिट सात रुपैयाँ ३० पैसामा आगामी २५ वर्षका लागि विद्युत् खरिद सम्झौता गरेको हो । सम्झौतामा…

Read More

काठमाडौँ : भूकम्पले भत्किएको धरहरा पुनः निर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव खुला गर्ने काम तीन पटकसम्म स्थगित भएको छ । धरहरा पुनः निर्माणका लागि छ निर्माण व्यवसायीले प्राविधिकसहित प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये प्राविधिक प्रस्तावमा पाँच निर्माण व्यवसायीमात्र पास भएको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ । पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शंकास्पद छ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि प्रस्ताव खुला गर्ने मिति तीन पटकसम्म रोकिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए । “मन्त्रिपरिषद् कार्यालयले छानविन गरेर मात्र प्रस्ताव खुला गर्न निर्देशन दिएपछि तीनपटकसम्म मिति सारियो, छानविनका काम सकेर साउन २९ गते ११…

Read More

काठमाडौं : नेपालको बजाज मोटरसाइकलको आधिकारीक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर १५० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । यसमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न तीन कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ । बजाजको पल्सर १५० ट्वीन डिस्कलाई तीन कलर भेरिएन्टमा ल्याईएको छ । जसमा कालो निलो, कालो रातो तथा ब्ल्याक क्रोम हुन् । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ । नयाँ बजाज पल्सर १५० टिडिमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आर्कषीत गर्न बायकमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको कम्पनीले…

Read More

काठमाडौँ: एम.भि. दुगडको महिन्द्रा कमर्शियल गाडी म्याक्सीमो प्यासेन्जर भ्यानको ग्राहक भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न काठमाडौँ: महिन्द्रा कमर्शियल गाडीको नेपालका लागिआधिकारीक विक्रेता दुगड व्रदर्श एण्ड सन्सले आइतबार बिरगंजको भिसुवा होटलमा महिन्द्रा म्याक्सीमो प्यासेन्जर भ्यानको ग्राहक भेटघाट तथा प्रशिक्षण कार्यक्र मसम्पन्न गरेको छ । उक्त कार्यक्रमबाट २०० भन्दा बढि ग्राहकहरु लाभान्वीतभएका छन् । कार्यक्रममा गाडिको सहि रखरखाब र संचालनबाट उच्च प्रतिफल लिन गर्नुपर्ने कार्य तथा बिधिकाबारे प्रशिक्षण दिइएको थियो । कार्यक्रममा कलैया टेम्पो समिति र पखानीपुर टेम्पो समितिकाअध्यक्षहरु र सदस्यहरु र महिन्द्रा कम्पनीका कन्ट्री म्यानेजर तपश पटनायक, दुगड व्रदर्श एण्ड सन्स प्रा.ली.का हेड अफ अपरेशन शम्भु सुवेदी,विरगंज शाखाका प्रमुख बेद प्रकाश…

Read More

काठमाडौँ : नेपालकै पहिलो केबलकार कम्पनी मनकामना दर्शन प्रालिले केबलकारको क्षमता विस्तार गर्ने भएको छ । यात्रुको चाप बढ्दै गएपछि कम्पनीले डब्बा (गोन्डला) थप गरेर क्षमता बढाउन लागेको हो । ‘बढ्दो यात्रु चापलाई सम्बोधनगर्न तीनवटा डब्बा थप्ने तयारीमा छौं,’ कम्पनी सञ्चालक राजेशबाबु श्रेष्ठले भने, ‘क्षमताविस्तारपछि दैनिकथप एक हजार यात्रुलाई सेवादिन सकिन्छ ।’ २० वर्षअघि सन् १९९८ मा सेवा सुरु गरेको मनकामना केबलकारले हाल ३१ वटा डब्बाबाट चितवनको चेरेसदेखि गोरखाको मनकामनामन्दिरसम्मयात्रु ओसारपसार गरिरहेको छ । यसमा सामानओसार्ने ३० र यात्रु ओसार्ने एउटा डब्बा छ । क्षमता विस्तारपछि कुल डब्बा संख्या ३४ पुग्नेछ । थप गरिने तीनवटै डब्बा यात्रुका लागि हुन् ।हालको…

Read More

भक्तपुर: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँग विश्वासको आधार निर्माण भइसकेको र चीनसँग बृहत्तर विकास साझेदारीको खाका तयार पारिएको बताएका छन् । रफतसञ्चार क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सफल पार्न बाह्य सम्पर्क र सम्बन्ध असाध्यै राम्रो बनाइएको तथा आगामी तीन वर्षमा नेपाललाई अल्पविकसित राष्ट्रबाट माथि उठाउन र सन् २०३० सम्ममा देशलाई मध्यमस्तरको देशमा पु¥याउन दाताको सहयोग जुटाउने काम भइरहेको बताए । परराष्ट्रमन्त्री ज्ञवालीले भने, “नेपालको व्यापार घाटा घटाएर सन्तुलित बनाउन र वैदेशिक लगानी अभिवृद्धि गर्न, आयातमा कर छुट गर्न र नेपालमा पर्यटक भित्र्याउन पहल भइरहेको छ, अहिले परिपक्व, अनुकूल र राम्रो बाह्य सम्बन्ध विस्तार भएको छ…

Read More

काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले प्रदेश र स्थानीय तहलाई कर र खर्चका बारेमा संयमित हुन आग्रह गरेका छन् । आन्तरिक राजश्व विभागले यहाँ आज आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिले वित्तीय सङ्घीयता कार्यान्वयनको सुरुआती चरणमा मात्र भएकाले पहिलो वर्षमै कर वृद्धि र खर्च गर्नमा नहतारिन आग्रह गरे । “प्रदेश र स्थानीय तहको जथाभावी कर सङ्कलनले नकारात्मक असर पर्छ यसमा संयमित रहनुस् अहिले केही समय खर्च गर्ने अवस्थामा छैनौँ । आवश्यक सहयोग गर्ने प्रयास गरिरहेकै छौँ । कर मात्र बढाए आर्थिक वृद्धि गर्न सकिँदैन,” उनले भने । अर्थमन्त्री डा खतिवडाले राजश्वका आधार आर्थिक वृद्धि भएकाले करको दरभन्दा पनि…

Read More

काठमाडौँ: नेपाल टेलिकमले आर्थिक वर्ष २०७४।७५ मा १५ अरब ६६ करोड ७५ लाख रुपैयाँ मुनाफा गरेको छ। यो अघिल्लो आवको तुलनामा १ दशमलव ९२ प्रतिशतले बढी हो । कम्पनीको प्रतिशेयर आम्दानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु १.९६ ले बृद्धि भई प्रति शेयर आम्दानी रु १०४.४५ पुगेको टेलिकमद्वारा आइतबार जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ। टेलिकमले आज आर्थिक वर्ष २०७५।७६ मा सम्पन्न गर्न तय गरेका कार्यक्रमको विवरण सार्वजनिक समेत गरेको छ । गत आर्थिक वर्षको अपरिष्कृत चौथो त्रैमासिक वित्तिय विवरण पश्चात् गत आर्थिक वर्षमा कम्पनीको कुल आय करिव ४५ अरब ५६ करोड ५८ लाख रहेको टेलिकमले जनाएको छ। यस्तैगरी विगत लामो समय…

Read More

काठमाडौँ: साताको सुरुवातिमै आइतबार सेयरबजारमा पहिरो गएको छ । आज नेप्से परिचूचक १६ दशमलब ६९ अंकले घटेर एक हजार १६३ दशमलब ९४ अंकमा कायम भएको छ । गत सात ठुलो घाटा खाएर यो साता बजारमा सुधारको आशामा बसेका लगानीकर्ताहरु थप निराश भएका छन् । ब्यापार र होटल समूह बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । आजको कारोबारमा सबैभन्दा जीवन बीमा १९३ दशमलब ७३ अंक, निर्जिबन बीमा १०५ दशमलब ७४ अंक र उत्पादन समूह ६३ दशमलब ५८ अंकले घटेका छन् । त्यसैगरी, बाणिज्य बैंक ११ दशमलब ८७ अंक, जलबिधुत २१ दशमलब १९ अंक, विकास बैंक १३ दशमलब २२ अंक…

Read More