Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ। सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको यथार्थ जानकारी गराउन सरकारलाई आइतबार ‘रुलिङ’ गरेकै दिन काभ्रेमा बालिका बलात्कारपछि हत्या भएको घटना बाहिर आएको छ। कञ्चरपुर घटनाको चार दिन बित्दा पनि सरकारले बालिका पन्त हत्यामा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै सांसदहरूले चर्को आलोचना गरेपछि सभामुख महराले सरकारलाई रुलिङ गरेका थिए। उता काभ्रेको तेमाल गाउँपालिका-१ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ। असार २० को राति…

Read More

काठमाडौँ: नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ। सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१.६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ। ५ वर्षअघि आर्थिक वर्ष २०७०÷७१ मा यस्तो ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड थियो। एक वर्षमा एक खर्ब ९७ अर्ब १० करोडले पुँजी बढेको छ। गत आर्थिक वर्षसम्म यस्तो ६ खर्ब ९७ अर्ब ६८ करोड थियो। आजको अन्नपुर्ण पोष्टको पहिलो पृष्ठमा यो खबर छ, ऋण लिएको रकम उत्पादनमूलक क्षेत्रमा खर्च भएमा अर्थतन्त्रलाई बलियो बनाउने अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले बताए। अन्य देशमा कुल गार्हस्थ उत्पादनको एक सय ५०/६० प्रतिशतसम्म ऋण लिने गरेको उदाहरण दिँदै उनले…

Read More

काठमाडौँ: इन्धन कारोबारमा एकाधिकार प्राप्त नेपाल आयल निगमले एक बर्षमा तीन अर्व रुपैयाँ नाफा कमाएको आजको कारोवारदैनिकमा खबर छ । इन्धन कारोवार गरेर निगमले आर्थिक बर्ष २०७४÷७५ मा तीन अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको हो । अघिल्लो बर्ष ९ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको निगमको यो बर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य बढेकाले नाफा रकम घटेको खबर कारोवारले छापेको छ ।

Read More

काठमाडौँ: प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेमा सत्तारूढ नेकपाभित्रै अलमल छ । नेकपा नेताहरू निष्कर्षमा नपुगेकाले संसदीय सुनुवाइ समितिको आइतबारको बैठक केही सदस्य अनुपस्थित भएको प्राविधिक कारण देखाउँदै सोमबार दिउँसोसम्मका लागि स्थगन भएको छ । १५ सदस्यीय समितिमा सत्तारूढ दलका १० सांसद छन् । उनीहरूले चाहे जोशीको नाम अस्वीकारसमेत गर्न सक्छन् । सांसदहरूको एकमत बनाउन र पार्टीको निष्कर्ष दिन प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताले संसदीय सुनुवाइका क्रममा जोशीमाथि उठेका प्रश्न र समितिमा रहेका दलका सांसदहरूको राय बुझिरहेका छन् । शैक्षिक प्रमाणपत्र र केही फैसलाहरूमा प्रश्न उठेको, समितिमा सांसदले सोधका…

Read More

इश्लामावाद: पाकिस्तानको केन्द्रीय संसदमा १६ बर्षपछि पहिलो गैरमुश्लिम सदस्य निर्वाचित बनेको छ । त्यस्तै पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का महेश मलानी पाकिस्तानको इतिहासमा संसदको तल्लो सदनको सांसद बन्ने पहिलो हिन्दू व्यक्ति बन्नुभएको छ । पाकिस्तानी निर्वाचन आयोगलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले दिएको जानकारी अनुसार मलानीले सिन्ध प्रान्तको एनए–२२२ (थारपारकर–दोस्रो)बाट निर्वाचन लडी एक लाख छ हजार ६३० मत ल्याई संसदमा प्रतिनिधित्व गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी ग्रान्ड डेमोक्रेटिक गठबन्धनका अर्वाव जाकुल्लाहले ८७ हजार २५१ मत प्राप्त गर्नुभएको छ । मलानी खाद्यान्नका लागि सिन्ध सभाका स्थायी समिति प्रमुख हुनुहुन्छ । पाकिस्तानी पूर्व राष्ट्रपति प्रवेज मुशर्रफले सन् २००२ मा गैरमुशलमान समुदायबाट मतदान…

Read More

काठमाडौँ: बेलायतको लर्ड्स क्रिकेट मैदानमा आज भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब(एमसिसी)लाई नौ विकेटले पराजित गरेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि एमसीसीले ६ ओभरको खेलमा चार विकेटको क्षतिमा ४० रन बनायो । नेपालले ४१ रनको विजय लक्ष्य ४ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै पुरा ग¥यो । वर्षाका कारण २० ओभरको खेललाई ६ ओभरमा सीमित गरिएको थियो । नेपालका लागि सुवास खकुरेलले अविजित १६ रन बनाए । उनले १५ बल खेल्दै दुई चौका प्रहार गरे । उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित १२ रन बनाए । उनले चार बल खेल्दै एक छक्का र एक चौका हाने । अनिलकुमार…

Read More

काठमाडौँ: प्रहरीले राजधानीबाट मकाउ पठाउछु भन्दै ठगी धन्दा चलाउने एक ब्यक्तीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरोले जिल्ला सुनसरी धरान घर हुने वर्ष ५० को बाल कृष्ण भण्डारीलाई ललितपुरस्थित थसिखेल कुसुन्तीबाट साउन ११ गते पक्राउ गरेको हो । प्रहरी उपरीक्षक कृष्णहरी शर्माका अनुसार मकाउमा राम्रो तलब सुविधा सहितको रोजगारीको अवसर छ भण्डारीले २३ जना व्यक्तिहरूवाट प्रति व्यक्ति २ लाख ७५ हजार रुपैयाँ उठाइ ठगी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । भण्डारीमाथि थप अनुशन्धान गर्न ललितपुर जिल्ला अदालतबाट म्याद गरी अनुसन्धान भईरहेको पनि उनले बताए । साथै ठगीमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भईरहेको । प्रहरीले यस सम्बन्धमा…

Read More

काठमाडौँ: नेपाल विधुत् प्राधिकरणले स्थापना गरेका संरचना (टावर, पोल) आदिमा टेलिभिजन र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले प्राधिकारणकै पोलमा बाँधिएका र स्थापना गरेका संरचनाहरु यही साउन १५ गतेभित्र हटाइसक्न निर्देशन जारी गरेको छ । प्राधिकरणले अप्टिकल फाइबरमार्फत निजी केबुल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरु सबैलाई उसले प्राधिकरणको खम्बा र कुनै पनि संरचनामा राखिएका तार तथा संचार उपकरण यदी राख्न चाहने हो भने प्राधिकरणले तोकेको मितिभित्र स्वीकृति लिईसक्नु पर्ने जनाएको छ । स्विकृती नलिई संचालन गरिएका त्यस्ता कुनै पनि संरचना प्राधिकरणले झिकिदिने र त्यसको जवादेहिता पनि नहुने प्राधिकरणले आइतबार एक बिज्ञप्ति जारी गर्दै सो सूचना जारी गरेको हो। प्राधिकरणले यही असार २५ गते…

Read More

काठमाडौँ : अबदेखि केही सरकारी निकायको सम्पत्ति विवरण बुझाउने स्थान परिवर्तन भएको छ । राष्ट्रिय सर्तकता केन्द्रले संघीय संरचनाअनुसार केही कार्यालय थप भएका र पुराना केहीको सम्पत्ति विवरण बुझाउने ठाउँ परिवर्तन गरिएको भन्दै नयाँ व्यवस्था लागू गरेको छ । केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, विशेष अदालत, महान्याधिवक्ता कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको सम्पत्ति विवरण बुझाउने ठाउँ परिवर्तन गरिएको हो । राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा नियुक्त कर्मचारीले सम्बन्धित आ–आफ्नो कार्यालयमा, महान्याधिवक्ताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले राष्ट्रिय किताबखानामा सम्पत्ति विवरण बुझाउनु पर्नेछ । निजामती कर्मचारी र शिक्षकले समेत…

Read More

चितवन :प्राकृतिक रुपमा बाघलगायत वन्यजन्तुको मृत्युबारे संरक्षणकर्मीले चिन्ता प्रकट गरेका छन् । विश्व बाघ दिवसको अवसरमा आज बिहान चितवनको रत्ननगरमा भएको अन्तक्र्रिया तथा सचेतनामूलक कार्यक्रममा सहभागीले वन्यजन्तुको प्राकृतिक मृत्युबारे चिन्ता व्यक्त गर्दै त्यसको कारण पत्ता लगाउनुपर्नेमा जोड दिए । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले प्राकृतिक रुपमा वन्जयन्तुहरुको मृत्यु हुने क्रम बढेको भन्दै यसको अनुसन्धान जरुरी रहेको उल्लेख गरे। पछिल्लो ८–१० महिनाको अन्तरालमा वरण्डाभार क्षेत्रमा मात्रै तीन वटा बाघ मरेको चर्चा गर्दै सहभागीहरूले यसको खास कारण पत्ता लगाउन नसके सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पार्ने योजना चुनौतीपूर्ण हुने बताए । चितवनमा गएको एक वर्षमा…

Read More