Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

मोरङ: मोरङको विराटनगरमा उपचारका क्रममा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक एक महिला र दुई पुरूष छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई संक्रमित पुरुषको बुधबार राति र आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरूष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुष छन्। असोज २१ गते रिपोर्ट पोजिटिभ देखिएका विराटनगरका पुरूषको आज बिहान ३:३० बजे मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। ती पुरूषमा सुगरको पनि समस्या थियो । यस्तै गत सोमबार कोरोना पुष्टि भएका धरानका पुरूषको पनि मृत्यु भएको छ । उनको बुधबार राति ९…

Read More

काठमाडौँ: सरकारले ६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन गरेको छ। गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहलाई बुधबार यस्तो निर्देशन दिएको हो। पत्रमा मन्त्रिपरिषदको निर्णय अनुसार ६० वर्ष मुनिका एकल महिला र अति अशक्त नागरिकलाई भत्ता उपलब्ध गराउन भनिएको छ। केही समयदेखि ६० वर्षमुनिका विधवा र अति अशक्तलाई भक्ता दिन रोक लगाइएको थियो। महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई बुधबार पत्राचार गरेर गृह मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले यस्तो निर्देशन गरेको हो। पत्रमा आर्थिक वर्ष २०७७ ०७८ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन भनिएको छ। ‘६० वर्ष ननाघेका विधवा एकल…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नयाँ तीन जना मन्त्री थप गरेका छन् भने दुई जनाको जिम्मेवारी हेरफेर गरिएको छ। प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलको जिम्मेवारी पनि फेरिदिएका छन्। पोखरेलको मातहतमा रहेको रक्षा मन्त्रालय आफूसँग राखेर ओलीले उनलाई मन्त्रिपरिषद् कार्यालयमा लगेका छन्। पोखरेलको हातबाट रक्षा मन्त्रालय किन खोसियो भन्ने विषयमा अनेक अड्कलबाजी भइरहेका छन्। तर, प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री पोखरेल निकटस्थहरु भने उनको जिम्मेवारी थपिएको बताउँछन्। पोखरेलसँग पटकपटक छलफल गरेरै ओलीले उनलाई मन्त्रिपरिषद् कार्यालयमा लगेको पोखरेलका सचिवालयका एक सदस्यले जानकारी दिए। ‘प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच यस विषयमा पटकपटक छलफल भएको छ। सुरुमा मन्त्री हुँदा समेत प्रधानमन्त्रीले…

Read More

काठमाडौँ: लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी भर्नाको तयारी थालेको छ। राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव पद) को रिक्त स्थान पूर्तिका लागि आयोगले बुधबार ६ सय ३८ पदको लागि विज्ञापन प्रकाशित गरेको हो। कोरोना संक्रमण बढ्दै गए पनि आयोगले वार्षिक कार्यतालिकाअनुसार नै परीक्षा सञ्चालन गर्नेगरी तयारी अघि वढाएको हो। विभिन्न सेवा समूहका सहसचिव र उपसचिवको खुला तथा बढुवा गरेर ६ सय ३८ पदको विज्ञापन प्रकाशित गरिएको आयोगले जनाएको छ। निजामती, संसद् र स्वास्थ्यमा गरेर सहसचिव १ सय ८२ तथा उपसचिव ४ सय ५६ पदका लागि विज्ञापन गरिएको हो। सरकारले असोज पहिलो साता नै रोकिएको परीक्षा सञ्चालन गर्न तथा…

Read More

काठमाडौँ: नेपाल टेलिकमले दशैँ, तिहार अफर ल्याएको छ। घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागू हुने ‘दशैँ अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ। नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप÷परिमार्जन गरी असोज २९ देखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराउने भएको छ। पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएको टेलिकमले जनाएको छ। फेस्टिभल अफर फेस्टिभल अफरका रुपमा दशैँ-तिहार र छठ पर्वलाई समेत समेटी जीएसएम/सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराउनेछ। यसमा रिचार्ज…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सहमतिबिना नै मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। प्रधानमन्त्री ओलीले रिक्त अर्थ मन्त्रालयमा पार्टी महासचिव विष्णु पौडेललाई नियुक्त गरेका छन् भने शहरी विकासमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लीलानाथ श्रेष्ठलाई ल्याएका छन्। महिला मन्त्रालयमा रहेका पार्वत गुरुङ्गलाई रिक्त रहेको सूचना तथा सञ्चार मन्त्रालयको नेतृत्व दिएका छन्। तर मन्त्रालय र मन्त्री तोक्ने यी विषयमा आफूसँग कुनै सहमति नभएको पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको भनाइ छ। ‘मसँग कुनै सहमति लिइएको छैन,’ नेकपाका सचिवालयका एक सदस्यले प्रचण्डको भनाई उद्धृत गर्दै  भने। प्रधानमन्त्री ओली र प्रचण्डबीच आज बुधबार पनि बालुवाटारमा साढे दुई…

Read More

काठमाडौँ: नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य रु दुई हजार एक सय आजबाट लागू भएको छ । यसअघि सङ्घले ग्यास बिक्रेताले फरक÷फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका २९ उद्योगका सिलिण्डरको मूल्य तोकेको थियो । तर आजबाट लागू हुने गरी दुर्गमका क्षेत्र बाहेकका जिल्लाका लागि खाली सिलिण्डरको मूल्य लागू गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगले खरिद गरेको मूल्यभन्दा कम मूल्यमा बिक्री गरिए तापनि ग्यासका…

Read More

काठमाडौँ: नेपाल सरकारका नवनियुक्त तीन जना मन्त्रीहरूले आज बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार आज बिहीबार बिहान साढे ११ बजे शितलनिवासमा सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले  बुधबार साँझ मन्त्रिमण्डल हेरफेर गरेका थिए। उनले नेकपा महासचिव बिष्णु पौडेललाई अर्थ,  काठमाडौंका सांसद कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा  जेष्ठ नागरिक मन्त्री  नियुक्त गरेका हुन्। नवनियुक्त तीन मन्त्रीले आज बिहान शितलनिवासमा सपथ लिने भएका हुन्। प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय ईश्वर पोखरेलबाट खोसेर आफैंसँग राखेका छन् भने पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका…

Read More

काठमाडौँ:  कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएपछि उनीबिनै नेसन्स लिग खेलेको पोर्चुगलले स्वीडेनमाथि सहज जित निकालेको छ। पोर्चुगलको जोस अल्वालड रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले ३–० को जित हात पार्‍यो । पोर्चुगलको जितमा डियोगो जोटाले दुई तथा बर्नान्डो शिल्वाले एक गोल गरे । जोटाले २१औं मिनेटमा दिएको पासलाई सदुपयोग गर्दै शिल्वाले पहिलो गोल गरे । ४४औं मिनेटमा क्यान्सेलोले दिएको पासलाई जोटाले गोलमा बदलेसँगै पोर्चुगल फर्स्ट हाफमै दुई गोलले अघि रह्यो। दोस्रो हाफमा पनि जोटाले एक गोल थपे । कार्भाल्होले दिएको पासलाई गोलमा परिणत गर्दै जोटाले ७२औं मिनेटमा पोर्चुगललाई ३–० को अवस्थामा पुर्‍याए । त्यसपछि दुवै टोलीबाट कुनै पनि गोल…

Read More

काठमाडौं : बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको छ । आज बिहान ६ बजे राजकुमारसहितको टोलीले मनास्लुको सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिले जनाएको छ। आरोहण टोलीमा राजकुमारसहित ५० जना थिए। गत असोज २० मा राजकुमार अलिफाको टोली मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ पुगेको थियो । यसअघि गत असोज १९ मा राजकुमारसहितको टोलीले सोलुखुम्बुको लुबुचेको सफल आरोहण गरेको थियो ।

Read More