Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने तथा १८ हजार घरपरिवारलाई मनसुनजन्य विपद्मा उद्धार र राहत दिनुपर्ने आङ्कलन रहेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको स्थापना गरेको जानकारी दिएका हुन् । उनले पोस्टले विपद् अघिको पूर्वतयारीदेखि विपद्पछि गर्नुपर्ने सबै प्रकारका कामहरू गर्ने बताए । उनले आजबाट सुरु हुने गरी ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा विपद् सम्बन्धी सूचना तथा जानकारी लिनका लागि खुला गरिएको पनि बताए…

Read More

काठमाडौँ: नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान बागमती प्रदेलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बुधबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका…

Read More

काठमाडौँ: प्रधानमन्त्री पदमा कायम रहन नरेन्द्र मोदीलाई गठबन्धनका साना पार्टीहरुको साथ चाहिने भएको छ। भाजपाको एकल बहुमत नरहेपछि सरकार गठनका लागि दुई क्षेत्रीय पार्टीहरु तेलुगु देशम पार्टी र जनता दल युनाइटेड निर्णायक हुने भएका छन्। सरकार बनाउन ५४३ सदस्यीय लोकसभामा २७२ सिट आवश्यक हुन्छ। तर, भाजपाले २४० सिट मात्र जित्ने देखिएको छ। अघिल्लो चुनावमा भाजपाले ३०३ सिट जितेको थियो। एनडीए गठबन्धनमा भाजपापछिको ठूलो पार्टी आन्ध्र प्रदेशको टीडीपी बन्ने भएको छ। सो पार्टीले १६ सिट जित्ने देखिएको छ। टीडीपीका नेता चन्द्रबाबु नायडु हुन्। विधानसभामा पनि भारी बहुमत ल्याएका उनी यहाँ मुख्यमन्त्री बन्नेछन्। त्यस्तै, एनडीए गठबन्धनबाट जदयु तेस्रो पार्टी बन्दैछ। उसले लोकसभामा…

Read More

काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई नेटवर्क सेवा प्रदायक अर्थात् विदेशबाट ब्यान्डविथ आयात गर्ने अनुमति नदिने तयारी थालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायक र नेटवर्क सेवा प्रदायकको दोहरो भूमिकामा हटाउने गरी एक प्रतिवेदन तयार गरेको छ । अहिले विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनी आफैंले नेटवर्क सेवा प्रदामयकका रुपमा भारत र चीनका अपस्ट्रिम सेवा प्रदायक कम्पनीहरूसँग इन्टरनेट ब्यान्डविथ खरिद गरेर आयात गरिरहेका छन् । सञ्चारमन्त्री रेखा शर्माले २३ फागुन २०८०मा दोस्रोपटक मन्त्रीमा पद वहाली गर्दा नेपालमा व्यान्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेट–वे) को सम्भावनाको अध्ययन गर्न मन्त्रालय सहसचिव गौरव गिरीको संयोजकत्वमा एक समिति…

Read More

काठमाडौं: आईसीसी टी२० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ४८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै विक्रमजित सिंहले २२ र साएब्रान्ड एंगलब्रेक्टले १४ रन जोडे । बास डे लिडले अविजित ११ रन बनाए । नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए । त्यसअघि डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ…

Read More

काठमाडौँ: टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस जितेको नेदरल्याण्ड्सले बलिङ रोजेको छ र नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।। नेपालको टोलीको प्लेइङ ११ : कुशल भुर्तेल, आशिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा र सागर ढकाल

Read More

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभा चुनावमा जितका लागि बधाई दिएका छन् । भाजपा र एनडीए गठबन्धनको सफलतासँगै तेस्रो कार्यकालका लागि उनले मोदीलाई बधाई दिएका हुन् । मंगलबार ट्वीट गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘मोदीजीलाई तेस्रो कार्यकालका लागि बधाई । संसारको ठूलो लोकतान्त्रिक अभ्यास भारतीय जनताको उत्साहपूर्ण सहभागिता सहित सम्पन्न भएकामा हामी खुशी छौं ।’ मोदी नेतृत्वको एनडीए गठबन्धन बहुमतसहित जिततर्फ उन्मुख छ । यति बेला मोदी कार्यकर्तासामु सम्बोधन गर्दैछन् ।

Read More

काठमाडौँ: अरूण–३ जलविद्युत परियोजनाको सुरुङ ‘ब्रेक–थ्रु’ भएको छ। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा ११.८३७ किमि लामो मुख्य सुरुङ छिचोलिएको हो। अरुण ३ नौ सय मेगावाट बिजुली उत्पादन क्षमतायुक्त जलविद्युत् आयोजना हो। यसको विकासकर्ता भारतीय कम्पनी एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी) रहेको छ। अर्धजलाशययुक्त आयोजनाको कुल लागत १ खर्ब ४४ अर्ब रहेको छ। आयोजनाले प्रतिवर्ष ३ हजार ४ ६६ गिगावाट आवर बिजुली उत्पादन गर्नसक्छ। आयोजना सञ्चालनमा आउँदा नेपालले ३ खर्ब ४८ अर्ब आम्दानी गर्नसक्छ भने २१.९ प्रतिशत बिजुली निःशुल्क पाउनेछ। आयोजनाले १ अर्ब ६० करोड रुपैयाँबराबरको सेयर स्थानीयलाई दिनेछ। ग्रामीण विद्युतीकरणतर्फ ३० युनिट बिजुली निःशुल्क हुनेछ भने ३…

Read More

काठमाडौँ: प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डका तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गरेकी हुन् । त्यस्तै बैठकमा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गरेका छन् । बैठकमा अहिले आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ ।

Read More

काठमाडौं: फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेको छ । भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि कार्यालय आफैंले कालोपत्रे गर्न थालेको हो । जवाफमा डिभिजन सडकले महानगरले काटेको पीच आफैं टाल्न भन्दै पत्र पठाएको थियो । काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेको थियो । त्यसक्रममा कार्यालयले महानगरको निर्माण सामग्रीसमेत नियन्त्रणमा लिएको थियो । सोहि दिन दिउँसो कठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएपछि महानगर र सडक विभागबीच केही दिन नोंकझोंक नै चल्यो…

Read More