Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
- भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
- ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
- बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
- मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
- दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
- ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
- होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन्। उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे। नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेको छ। यसपछि चालकले तेल चोर्न पाएका थिएनन्। अहिले एक दिनमै करोडौं मूल्यको तेल ‘चोर्न’ पाउनुपर्ने उनीहरूको माग छ। नेपाल पेट्रोलियम ट्यांकर चालक संघले प्रत्येक ट्यांकरका पाँचवटै च्याम्बरमा तीन सेन्टिमिटरसम्म तेल मिलाउन पाउनुपर्ने माग राखेको हो। तीन सेन्टिमिटरमा ९० लिटर तेल अट्छ। देशभरिका एक हजार आठ सय ट्यांकरले तीन सेन्टिमिटर ‘तेल मिलाउँदा’ प्रतिदिन डिजेल र पेट्रोलमा…
काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विसं २१०० सालसम्मको दीर्घकालीन आधारपत्र तयार पारेको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’को सोचअनुरूप राज्यका तीनै तहले सम्पादन गर्ने कार्यहरूको सूची, नेपाल सरकारका सान्दर्भिक विद्यमान नीति, नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता एवं स्वास्थ्य क्षेत्रका विद्यमान चुनौतीलाई आधार बनाई स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सोचको आधारपत्र तयार गरिएको मन्त्रालयले जनाएको छ । दीर्घकालीन आधारपत्र तयार गर्नुको मुख्य लक्ष्य स्वस्थ, सबल र उत्पादनशील नागरिक तयार गर्ने रहेको मन्त्रालयले बताएको छ । आधारपत्रको नारा ‘समृद्ध मुलुकका लागि स्वस्थ नागरिक’ रहेको छ । संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गरेको छ । राष्ट्रिय स्वास्थ्य नीति ०४८ ले दुर्गम र ग्रामीण क्षेत्रमा स्वास्थ्य…
काठमाडौं: राष्ट्रिय सम्पदा धरहरा भन्दा धरहराको अस्तित्व नै नामेट पार्ने व्यवसायिक टहरा निर्माण तिव्र भएको भन्दै स्थानीय आन्दोलितहरु आन्दोलित भएका छन् । राष्ट्रिय सम्पदा बचाउ अभियान स्थानीय संघर्ष समितिमार्फत स्थानीयहरु आन्दोलित बनेका हुन् । स्थानीयलाई बिना सूचना, बिना जानकारी गुठी संस्थानले दादागिरी शैलीमा निर्माण कार्य अगाडि बढाएको स्थानीयको आरोप छ । पैसाको चलखेलका कारण पटक–पटक अदालत र सरकारी निकायलाई समेत हवाला दिंदै बिदाको दिन पारेर निर्माण कार्य अगाडि बढेको भन्दै संघर्ष समितिले सरकारी निकायको ध्यानाकर्षणसमेत गराएको छ । स्थानीय संघर्ष समितिका अनुसार गुठी संस्थानले प्रधानमन्त्रीको कार्यालय, पुरातत्व विभाग, महानगरपालिका, महानगरपालिकाको वडा नम्बर ११ कार्यालय लगायत कसैको पनि स्विकृतिबेगर उक्त निर्माण…
भक्तपुर: बसको ठक्करबाट ज्यान गुमाएकी बालिकाको शव तीनसम्म पनि उनको परिवारले बुझ्न मानेको छैन । शुक्रबार आफ्नै स्कूलको बसको ठक्करबाट ज्यान गुमाएकी चाँगुनारायण नगरपालिका–८ सुडालका सात वर्षीया प्रतिष्ठा खत्रीको शव विद्यालयका प्रिन्सिपल सम्पर्कमा नआई फरार रहेको भन्दै अभिभावकले उठाउन मानेका छैनन् । अभिभावकले आज महानगरीय प्रहरी परिसर दिनभर घेराऊ गर्नुका साथै सडकसमेत बन्द गराएका थिए । कक्षा १ मा अध्ययनरत खत्रीलाई बा१क ७२८५ नं को बसले ठक्कर दिँदा उनको मृत्यु भएको थियो । स्कूलका प्रिन्सिपल राजेन्द्र कोजु अहिलेसम्म बालिकाको परिवारको सम्पर्कमा आएका छैनन् । मृतक बालिकाकी हजुरआमा मञ्जु खत्रीले स्कूलले बसमा सहचालकसमेत नराखी चलाउँदा नातिनीको ज्यान गएको आरोप लगाएकी छिन…
काठमाडौँ: एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजलाई पराजित गर्दै सुखद शुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा भैरहवाले पोखरालाई चार विकेटले पराजित गर्दै प्रतियोगितमा सुखद शुरुआत गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पोखराले भैरहवालाई २१६ रनको लक्ष्य दिएको थियो । दुई सय १६ रनको लक्ष्य पछ्याएको भैरहवाले १९ दशमलव ४ ओभरमा छ विकेट गुमाउँदै भेटायो । भैरहवाको जितमा भारतीय बयाट्सम्यान रवि इन्द्रर सिंहले अविजित १२५ रनको योगदान दिए । त्यस्तै आरिफ शेखले २३ रन तथा पुनित मेहेराले अविजित १८ रन जोडे । पोखराका सुशन भारी, विक्रम…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ अध्यादेश जारी गरिकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज सो अध्यादेश जारी गरिकी हुन् । प्रदेश तहमा कर्मचारी अपुग भइरहेको र खटाइएका स्थानमा कर्मचारी नजाने समस्या विद्यमान रहेको अवस्थामा उक्त अध्यादेशले तोकिएको सुविधा दिएर कर्मचारी प्रदेशमा खटाउने र अटेर गरेमा सेवाबाट बिदा दिन सकिनेसम्मको अधिकार रहेको जनाइएको छ । सङ्घ र प्रदेशबीच तथा प्रदेशप्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेकै दिन अध्यादेश जारी…
काठमाडौँ: सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न चार मुलुकमा राजदूतका लागि प्रस्ताव गरेका नामलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकले प्रस्तावित राजदूतको योग्यता, सोच, कार्ययोजना र अवधारणा सुनेपछि उहाँहरुको नाम सर्वसम्मतिले स्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि राजदूतमा डा अञ्जान शाक्यको नाम सिफारिश गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । उहाँहरुमध्ये आचार्यसँग पूर्वमन्त्री एवं पूर्वराजदूत भएको अनुभव छ भने पाण्डे पनि यसअघि राजदूतको जिम्मेवारी सम्हालीसक्नुभएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव ढकालले…
काठमाडौँ: सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन् । उद्योग अथवा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो । यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत १८ गते निर्देशिकासमेत जारी गरेको थियो । कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गर्न दिइएको छ महीना लामो समयमा एक हजार ५०० कम्पनीका करीब छ हजार सवारी मात्र दर्ता भएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए। पुस १ गतेदेखि कम्पनीमा दर्ता भएर…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गरे । प्रधानमन्त्री ओलीले भने, “अचम्मलाग्दो कुरा छ, असहमत कोही पनि छैन, भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैनन्, गर्छु पनि कसैले भन्दैन, सबैले शून्य सहनशीलताको कुरा गर्छन्, भ्रष्टाचार गर्न हुँदैन, नगर्ने नै भन्छन् तर थामी नसक्नु, रोकी नसक्नु भ्रष्टाचार भएको भइरहेकोछ, भनेपछि यो कति डरलाग्दो छ ।” समृद्ध, सम्भ्रान्त र सुसङ्गत समाज निर्माणको परिकल्पना र प्रयासमा भ्रष्टाचारले…
काठमाडौँ: कारोवारको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज आइतबार नेप्से परिसूचक १० दशमलब ८५ अंकले बढेर एक हजार १३१ दशमलब ७० अंकमा पुगेको छ । नेप्से परिसूचक बढेपनि कारोवाररकममा भने साधुर आउन सकेन । आजको कारोवारमा बाणिज्य बैंक समूहको परिसूचक १० दशमलब ४५ अंक, विकास बैंक १० दशमलब ९९ अंक र निर्जीवन बीमा १० दशमलब ७१ अंकले बढेको छ । त्यसैगरी जीवन बीमा ४ दशमलब ०७ अंक, अन्य समूहको परिसूचक २ दशमलब ८३ अंक र जलबिधुत ३ दशमलब ५६ अंकले बढेको छ । यधपी, उत्पादन १० दशमलब ०३ अंक र होटल एक दशमलब ०३ अंकले…
