Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकार र जनता समाजवादी पार्टी (जसपा) समझदारी नजिक पुगेका छन् । दुवै दलका कार्यदलबीचको पटक-पटकको वार्ता पछि दुवै पक्षबीच समझदारी हुन लागेको हो । मधेस र थरुहट आन्दोलनका क्रममा पक्राउ परेका बन्दी रिहाइदेखि संविधान पुनरावलोकन गर्नका लागि आयोग गठन गर्नेसम्मका समझदारीमा सरकार र जसपा पुगेको हो । जसपाले उठाएका माग सरकारले पूरा गर्ने र यी विषयमा कुनै पनि लिखित सम्झौता भने नहुने दुवै पक्षले बताएका छन् । सरकारले माग पूरा गर्न निरन्तर काम गर्ने र तबसम्म जसपाले कांग्रेस र माओवादी केन्द्रसँग सत्ता समीकरणबारे सल्लाह नगर्ने दुवै पक्षबीच समझदारी रहेको छ । सरकारको तर्फबाट नेकपा (एमाले) संसदीय दलका उपनेता…

Read More

काठमाडौँ: चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्नेछन् । जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र…

Read More

काठमाडौँ: राजधानी काठमाडौँलाई तराईसँग जोड्ने प्रमुख मार्ग नारायणगढ–मुग्लिन सडकखण्डमा केही पुलको निर्माण पूरा भएको छ भने केही धमाधम निर्माण भइरहेका छन्। सडक विस्तारको काम सम्पन्न भएपछि नारायणगढ–मुग्लिन सडकखण्डका साँघुरा र जीर्ण अवस्थामा रहेका सबै पुल नयाँ बनाउन थालिएको हो। ncell नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख अमृतमणि रिमालका अनुसार चार वटा पुलको निर्माण कार्य पूरा भएको छ भने १५ वटा पुल निर्माणको चरणमा छन्। निर्माणको क्रममा रहेका १५ मध्ये आठ वटा पुलको फाउण्डेशनको काम सकिएको रिमालले जानकारी दिए। तीन वटाको माथिल्लो काम भइरहेको छ । बाँकी सात वटा पुलको नक्शाङ्कन र प्रमाणितको काम हुँदैछ। हाल सञ्चालनमा रहेका पुराना पुललाई छलेर त्यसको आसपासमा…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) को मागअनुसार नेता–कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको प्रक्रिया यसै साताबाट कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् ।सरकार जोगाउन साथ खोजिरहेका प्रधानमन्त्री ओलीले अब बस्ने मन्त्रिपरिषद् बैठकमा निर्णय गरेर रिहाइ र मुद्दा फिर्ता प्रक्रिया अघि बढाउने बताएका हुन् । बालुवाटारमा मंगलबार प्रधानमन्त्री ओली, जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित दुवै पक्षका कार्यदल सदस्यहरूको बैठक भएको थियो । करिब दुई घण्टा चलेको बैठकमा प्रधानमन्त्री ओलीले मुद्दा फिर्ताका लागि केहीको प्रक्रियागत अंग पुर्‍याउन बाँकी भएको उल्लेख गर्दै दुई–चार दिनमै त्यसलाई सक्ने बताएको नेता महतोले जानकारी दिए । ‘कहिलेसम्म विश्वासको वातावरण बन्छ भनेर हामीले प्रधानमन्त्रीसँग प्रश्न…

Read More

काठमाडौं: सत्तारुढ नेकपा एमालेभित्र स्पष्टीकरणको डण्डा चलिरहेका बेला मंगलबार दिउँसो पेरिस डाँडामा नेकपा माओवादी केन्द्रको बैठक बसिरहेको थियो । बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे विश्लेषण सुनाए । बैठकमा लिखित राजनीतिक प्रस्ताव प्रस्तुत नगरे पनि प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे मौखिकरुपमै टिप्पणी गरेको बैठकमा सहभागी एक नेताले बताए । विश्लेषणका क्रममा प्रचण्डले केन्द्रमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग भइरहेको छलफलबारे नेताहरुलाई ब्रिफिङ गरेका थिए । तीन दलीय गठबन्धनका लागि भएका छलफलहरु सकारात्मक दिशामा अघि बढिरहेको प्रचण्डले बताएका थिए । तर, नेपाली काँग्रेस प्रष्टरुपमा आए पनि जसपा भने आन्तरिक विवादमा फसिरहेकाले सहमति जुट्न ढिलो भएको उनले बैठकमा बताए…

Read More

काठमाडौँ: भारतीय राष्ट्रिय काँगे्रसका नेता राहुल गान्धीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफूलाई संक्रमण पुष्टि भएपछि विपक्षी नेता गान्धीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । उनले आफ्नो ट्वीटर पेजमा भनेका छन्, “सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्ला केही दिनमा मेरो निकटमा आउनुभएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला ।” गान्धी पछिल्लो केही समयदेखि कोरोना महामारीकाबीच केरला, पश्चिम बंगाल, आसाम, तामिलनाडुलगायतका क्षेत्रमा चुनावी ¥यालीहरुमा सहभागी भएका थिए । तर उनले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी ¥यालीहरूलाई दुई दिन पहिले स्थगित गरेका थिए । कोरोना भाइरसको…

Read More

काठमाडौँ: दिल्ली क्याटपिल्सले आईपीएल क्रिकेटमा तेस्रो जित निकालेको छ । चेन्नईमा मंगलबार राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ४५ रन बनाए । स्टिभ स्मिथले ३३ रन जोड्दा ललित यादव २२ रनमा अविजित रहे । मुम्बईका जस्प्रित बुम्राह, जयन्त यादव, राहुल चाहर र केइरन पोलार्डले १/१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको…

Read More

काठमाडौँ: मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहितको समूह मिलेर उक्त नक्कली कार्य गरी पैसा असुल्ने गरेको खुल्न आएको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट अत्यधिक रकम लिई नमूना सङ्कलन नै नगरी नक्कली बनाउने गरेको खुलेकाले उनीहरुसहित आठ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । सूचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर…

Read More

काठमाडौँ: नेपालमा बैशाख २७ गतेपछि कतारी रियाल नोटहरु सटही नहुने भएको छ । कतारी केन्द्रीय बैंकले पाँचौ संस्करणका नयाँ बैंक नोटहरु प्रयोगमा ल्याउन चौथो संस्करणका नोट चलन चल्तीबाट हटाउन खोजेकाले पुराना रियाल सटही नहुने भएका हुन् । कतारको केन्द्रीय बैंकले पाचौ संस्करणका नोट बजारमा पठाउन सुरु नै गरिसकेको छ । कतारी केन्द्रीय बैंकले पुराना लिइ नयाँ दिने काम सुरु गरेपछि नेपाल राष्ट्र बैंकले पनि त्यसलाई समयमा नै विशेष ध्यान दिएको छ । कतारी केन्द्रीय बैंकले चलनचल्तीबाट हटाउने भनेका नोट नेपालमा पनि हुनसक्ने भएकाले केही समय सीमा राखी सटही सुविधा रहेको राष्ट्र बैंकले जनाएको छ । नेपालीहरुको प्रमूख श्रम गन्तब्यको…

Read More

नेपालगञ्ज: कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले बाँकेमा वैशाख ९ गतेदेखि विमानस्थल र राजमार्गबाहेक सबै कुरा बन्द गरिने भएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले संक्रमणको दर उच्च बनेपछि ९ गतेदेखि पुनः लकडाउनजस्तै प्रतिबन्ध लगाउने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए। तीव्र रूपमा संक्रमण फैलिन थालेपछि त्यससँग जुध्न कडा प्रतिबन्धको विकल्प तत्काल नदेखिएकाले ९ गतेदेखि एक साताका लागि त्यस्ता प्रतिबन्ध लगाउनेे निर्णय भएको उनले जानकारी दिए। ‘जिल्लाभर नै लकडाउन गर्ने कि कुन-कुन क्षेत्रमा गर्ने भनेर भोलि टुंगो लगाउँछौ,’ गेलालले भने। विमानस्थल र राजमार्ग खुला राख्ने र जमुनाहा नाकाबाट आउने नेपालीलाई सम्बन्धित ठाउँमा पुर्‍याउने व्यवस्था…

Read More