Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको दिशातर्फ उन्मुख भएको छ । लामो समय तनावपूर्ण रहेको सम्बन्ध भारतको स्वतन्त्रता दिवसको अवसर पारेर १५ अगस्टमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएसँगै संवादहीनता तोडिएको थियो । सीमाको विषयलाई लिएर झन्डै ८ महिना दुई देशबीच संवाद नै नभएको अवस्था थियो । गत वर्ष १६ कात्तिकमा कालापानी क्षेत्रलाई समेटेर भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै विवाद बढेको थियो । त्यसपछि नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासम्मको भूभागलाई समेटेर गत ७ जेठमा नयाँ राजनीतिक…

Read More

काठमाडौँ: काठमाडौँ उपत्यकामा अव सपिङ जान सरकारले हरेक शनिबारसहित साताको तीन दिन बजार खोल्ने निर्णय गरेको छ। आज बसको काठमाडौँ उपत्यकाका तीन सीडीओहरुको बैठकले उपत्यकामा विहिबारदेखि सोमबार, बुधबार र शनिबारका दिन शपिङ्ग मल, फेन्सी पसल, कपडा, जुत्ता र कस्मेटिक पसलहरु स्वास्थ्यका मापदण्ड पालन गर्ने गरी खोल्न दिने निर्णय गरेको हो। यस्तै सरकारले फर्निचर र अटोमोबाइल्सका पसल र सोरुमहरु सोमबार र बुधबार मात्रै खोने दिने निर्णय गरेको छ। त्यसैगरी भाँडा र भाँडा जन्य पसल र किचन सम्बन्धि पसलहरु आइतबार, मंगलबार र शुक्रबार मात्रै खोल्ने दिने भएको छ।

Read More

काठमाडौं : सरकारले जारी निषेधाज्ञा दोस्रो पटक थप्दै आगामी भदौ ३१ गतेसम्म कायम गर्ने निर्णय गरेको छ । आज बसेको काठमाडौं उपत्यकाको तीनै जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जारी निषेधाज्ञालाई लम्ब्याउँदै विभिन्न क्षेत्रसंग सम्बन्धित व्यापार व्यवसाय र रोजगारीका क्षेत्रहरु खुला गर्ने समेत निर्णय गरेको छ । यसका लागि निश्चित समय तोकिएको छ । सरकारले खुला गरिएकामध्ये सार्वजनिक, नीजि यातायातका साथै फुटपाथ, पसल, ठेला व्यापार, विद्युतीय सामग्री पसल तथा डिपार्टमेन्टल स्टोरहरु विहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने निर्णय गरेको छ । वर्कसप भने विहान ८ देखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ । यी व्यवसाय…

Read More

काठमाडौं : तीन हप्तासम्म कडा निषेधाज्ञा लगाइएको काठमाडौं उपत्यकामा भोली बिहीबारदेखि भने पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् । निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् । ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ । सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ । मालवाहक ढुवानीका साधनमा भने जोरविजोर लाग्ने छैन । पसल सञ्चालनका लागि व्यवसायको…

Read More

काठमाडौं : यातायात व्यवसायीहरुले आगामी असोज १ गतेदेखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन् । सरकारले कोरोना नियन्त्रण गर्न भन्दै सार्वजनिक यातायात संचालनलाई रोक गरेका बेला व्यवसायीले देशैभर यातायत सञ्चालन गर्ने घोषणा गरेका हुन् । सरकारले यातायात खुलाउन सहजीकरण नगरे पनि विश्वकर्मा पुजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दुरीका यातायात चलाउने घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिमज्वाला राईले आज यातायात व्यवस्था विभागलाई कि विकल्प दिनुस्, कि यातायात आगामी १ गतेबाट सञ्चालन गर्छौ भनेर जानकारी गराएको बताए । उनले भने ‘७ महिना लामो बन्दाबन्दी यातायात व्यवसायीले धाने अब भोकै हुने अवस्था…

Read More

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन । निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँगको संयुक्त बैठकमा मन्त्री भट्टराईले आन्तरिकतर्फ दुई वटा मात्र टुइनटर जहाज भएको र त्यसले माग धान्न नसकेको दुर्गम क्षेत्रमा सेवा प्रदान गर्नको लागि तत्कालै जहाज खरिदको प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन । मन्त्री भट्टराईले नेपाल एअरलाइन्सलाई पब्लिक कम्पनी मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ, त्यसको खाका लगानी कोष,सञ्चयकोष,पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिएका छन । मन्त्री भट्टराईले नेपाल एअरलाइन्स ऐतिहासिक नेपाली ध्वजावाहक एअरलाइन्स भएकोले…

Read More

धादिङ :धादिङमा बुधबार दिउँसो भूकम्प गएको छ । धादिङको नीलकण्ठ केन्द्रबिन्दु बनाएर दिउँसो ३ बजेर ४८ मिनेटमा चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको गोरखा भूकम्पको परकम्प भएको पनि केन्द्रको भनाइ छ ।

Read More

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना गरी जम्मा ४६४ जना संक्रमित थपिएका छन् । यसअघि मंगलबार ९हिजो० काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना गरी जम्मा ३९६ जना कोरोना संक्रमित थपिएका थिए। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना…

Read More

काठमाडौं: कोरोना संक्रमणको दर काठमाडौँ उपत्यकामा खासै नघटेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने सुझाव दिएको छ । विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिदै छ । अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने बुझाइ मन्त्रालयको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकामा अहिले पनि जोखिम नघटेको भन्दै जारी निषेधाज्ञालाई कम्तिमा एक साता निरन्तरता दिनुपर्ने सुझाएको बताए । दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने स्वास्थ्यको मापदण्डअनुसार चल्नुपर्ने उनले बताए । उनले भने,…

Read More

काभ्रेपलाञ्चोक: काठमाडौँ उपत्यका प्रवेशको पूर्वी–नाका काभे्रपलाञ्चोकको साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढेको पाइएको छ । साताअघि नाकामा सुरक्षार्थ तैनाथ दुई सुरक्षाकर्मीमा देखिएको सङ्क्रमण हाल थप आठमा देखिएको हो । मङ्लबार काभ्रेपलाञ्चोकमा देखिएका १० सङ्क्रमितमध्ये आठ साँगा नाकामा तैनाथ सशस्त्र प्रहरीलाई कोरोना सङ्क्रमण देखिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । सङ्क्रमितलाई उपचारका लागि तत्कालै आइसोलेसनमा राखिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा हालसम्म ४० सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको छ । नेपालमा कोरोना सङ्क्रमण देखिएयता उपत्यका प्रवेशको पूर्वी नाका साँगामा नेपाल प्रहरी र ट्राफिक प्रहरीसँगै थप सशस्त्र प्रहरी तैनाथ गरिएको…

Read More