Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापापछि रोलक्रम अनुसार प्रधानसेनापतिको दाबेदारको रुपमा हेरिएका उपरथी प्रभुराम शर्माको रथीमा बढुवा भएकाे छ । वैशाख १४ गते बसेको मन्त्रीपरिषद् बैंठकको निर्णय अनुसार शर्मालाई उपरथीबाट रथीमा बढुवा गरिएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ । सैनिक ऐन अनुसार प्रधानसेनापति थापाको सिफारिसमा शर्माको बढुवाको लागि सरकार समक्ष पेस गरिएको थियो । सेनामा दुई रथी हुनेमा दोस्रो वरियताका रथी (बलाध्यक्ष) गौरव तण्डुल उमेर हदका कारण वैशाख १९ बाट अनिवार्य अवकाश पाउँदै छन् । सैनिक ऐन अनुसार रथीको उमेर हद ५८ वर्ष रहेको छ । तण्डुल अहिले अनिवार्य अवकाश अघि बस्नु पर्ने बिदामा छन् । वैशाख १९ मा तण्डुल अवकाश…

Read More

एजेन्सी: बलिउड अभिनेता इरफान खानको मृत्यु भएको छ। मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार क्रममा उनको ५४ वर्षको उमेरमा मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्। पेटमा संक्रमण भएकाले खानलाई मंगलबार आइसीयूमा भर्ना गरिएको उनका प्रवक्ताले मंगलबार जनाएका थिए। गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको मृत्यु भएको थियो। उनकी आमा ९५ वर्षकी थिइन्। सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो। पछिल्लो समय इरफानले अंग्रेजी मिडियम नामक फिल्ममा अभिनय गरेका छन्। इरफान खानले लाइफ अफ पाई, जुरासिक वल्र्ड, पिकु, बिल्लु, हिन्दी मेडियम, अंग्रेजी मेडियम, गुन्डेजस्ता चर्चित हलिउड तथा बलिउड चलचित्रमा अभियन गरेका छन्।…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका छन् । संसद बैठक सञ्चालनका लागि कसरी सामाजिक दुरी कायम गर्न सकिन्छ भनेर अनुगमनका लागि प्रधानमन्त्री संसद भवन पुगेका हुन् । आज बिहानमात्र प्रधानमन्त्री ओलीले बजेट तथा नीति तथा कार्यक्रमका लागि बैठक सञ्चालन गर्नका लागि सभामुख अग्नी सापकोटासँग छलफल गरेका थिए ।अनुगमनमा प्रधानमन्त्रीसँगै सभामुख सापकोटा, कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलगायत उपस्थित थिए ।

Read More

काठमाडौं: आर्थिक वर्ष ०७७/०७८ को नयाँ नीति तथा कार्यक्रमा औधोगिक पूर्वाधार र स्वरोजगारमुलक कार्यक्रमलाई ध्यानमा राखेर नयाँ बजेट ल्याउन सांसदहरुले उद्योग मन्त्रालयलाई सुझाव दिएका छन् । मन्त्रालयले मंगलबारदेखि सुरु गरेको बजेट छलफलमा सुदूरपश्चिम र प्रदेश पाँचबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले यस्तो धारणा राखेका हुन् । छलफलमा मुलुकमा औद्योगिकीकरणको युग सुरुवात गर्न के गर्न सकिन्छ भन्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको प्रश्नमा सांसदहरुले लघु तथा घरेलु उद्यममार्फत देशभर स्वरोजगारी सृजना गर्ने कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका थिए । यस्तै सुख्खा बन्दरगाह, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्राममका आयोजनालाई ध्यान दिनुपर्नेमा पनि उनीहरुको जोड थियो । स्थानीय उत्पादनमा आधरित घरेलु…

Read More

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर दक्षिण कोरिया पठाउने तयारी गरेको छ । इपिएस प्रणालीमार्फत् रोजगारीका लागि कोरिया जान अनुमति पाएर पनि नेपालमै अलपत्र परेकालाई गन्तव्यमा पु-याउन संघले जहाज चार्टर गर्न लागेको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष तथा कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तका अनुसार भिषासहित सम्पूर्ण कागजी प्रकृया पूरा गरेर नेपालमा रोकिएका १ हजार ३ जनालाई दक्षिण कोरियाको श्रम गन्तव्यमा पु-याउन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज चाटर्ड गर्ने प्रकृया संघले अघि बढाएको हो । वाइडबडी जहाज कोरिया पठाउन नेपाल वायु सेवा निगमसँग आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको छ । संघका…

Read More

काठमाडौँ: सभामुख अग्नि सापकोटाले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। सापकोटाले प्रधानमन्त्री ओलीसँग भेट गरी बजेट अधिवेशन आह्वान गर्न ढिलाइ नगर्न सुझाएका हुन्। सरकारले ल्याउने नीति तथा कार्यक्रम र प्रि-बजेट छलफलमा ढिलाइ हुने उल्लेख गर्दै सापकोटाले बैठक बोलाउन आग्रह गरेका थिए। सभामुख सापकोटाले संघीय संसद भवनमा सामाजिक दूरी कायम गरेर बैठक गर्न सकिने प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए। प्रधानमन्त्री ओली अहिले केहीबेर संघीय संसद भवनको अवलोकनका लागि जाँदै छन्।

Read More

काठमाडौँ: बुधबार एकैदिन  चारजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो बारा र पर्साका २–२ गरी थप ४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले थप ४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका छन् । डा पाण्डेका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् ।…

Read More

काठमाडौँ: नागार्जुन नगरपालिका वडा नम्बर १ को कार्यालयले मंगलबार अतिविपन्न र दैनिक ज्यालामजदुरी गरेर छाक टार्नु पर्ने अवस्थाका झन्डै २७० जनालाई नि:शुल्क खाना खुवाएको छ । विश्वमहामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड-१९) ले गर्दा अहिले देश नै पूर्ण बन्दाबन्दी (लकडाउन) को अवस्थामा रहेको बेला यही वडाभित्र रहेका मजदुर, दैनिक ज्यालादारी र श्रमिकलाई आज बिहान र साँझ गरेर दुई छाक खानाको प्रवन्ध गरिएको वडा कार्यालय प्रमुख तथा वडा अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए। आज बिहान व्यवस्था गरिएको खाना खुवाउने कार्यक्रममा १३५ जना श्रमिक-मजदुरले खाना खाएको उनले बताए। सो कार्य वडाको पूर्ण पहलमा आयोजना गरिएको पनि लामाले बताए। …

Read More

काठमाडौं: प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो दुई नेताबीच भएको भेटवार्तापछि सचिवालय बैठक बुधबार बस्ने सहमति भएको बालुवटार स्रोतले जनाएको हो। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच झण्डै एक घण्टा भएको कुराकानीमा दुवै नेताले आआफ्ना कुरा राखेको बताइएको छ । यसअघि सोमबार कोटेश्वरमा माधवकुमार नेपालसहित ओली पक्षका नेताहरुबीच भएको दुईपक्षीय छलफलमा मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको थियो । दुई अध्यक्षबीचको बैठकबाट फेरि भोलिका लागि बैठक तय गरिएको हो ।

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले ७३ हजार ८६० जनालाई लकडाउनको समयमा राहत उपलब्ध गराएको छ । विभिन्न दाताले उपलब्ध गराएको राहत भने २५ हजार २९६ लाई वितरण गरिएको छ । कामपाको ३२ वटै वडामा ४८ हजार ५६४ जनालाई राहत दिइएको हो । महानगरले राहत दिनुपर्ने गरी ८५ हजार २५४ को नामावली सङ्कलन गरेको थियो । महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार लकडाउनका कारण खानपानको समस्यामा परेका कूल ४९ हजार ३१४ जनालाई खाना खुवाइएको छ । महानगरले कुनै समस्या परे वा खान बस्नको समस्या भए आफूहरुलाई सम्पर्क गर्नसमेत आग्रह गरेको छ । महानगरले नगर क्षेत्रमा एक हजार १९…

Read More