Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
- प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
- सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
- १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सुर्खेत: कर्णाली प्रदेश सरकारले आवतजावतमा कडाइ गर्दै कर्णाली प्रदेश भित्रनेलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । यो नियम भदौ १ गतेदेखि कार्यान्वयनमा आउने छ । प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले प्रदेश भित्रिन अनिवार्य पीसीआर रिर्पोट नेगेटेभ आवश्यक पर्ने निर्णय गरेको हो । पछिल्लो समय कोरोना सङ्क्रमण जोखिम बढ्दै गएपछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबई, सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट र सुर्खेतको पश्चिममा रहेको कुइने नाकामा कडाइ गरिनुका साथै पीसीआर रिर्पोट तीन दिन अगाडिको हुनुपर्ने निर्णय गरिएको छ । यस्तै व्यवस्थापन केन्द्रले अति आवश्यक कामका लागि बाहिर जाने सरकारी कर्मचारी,…
काठमाडौँ: आज (शुक्रबार) देशभर केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। बागमती, गण्डकी, ५ नम्बर र कर्णालीका प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। उनका अनुसार अहिले बिहान पनि पूर्व झापाको दमक आसपास तथा सुदूरपश्चिम प्रदोशका केही स्थानमा हल्का पानी परिरहेको छ। यसबाहेक देशका अन्य स्थानमा मौसम सामान्य बदली छ। ‘कतिपय स्थानमा घाम पनि लागिरहेको छ, जस्तो : काठमाडौं उपत्यकामा अहिले देखिरहनुभएको छ,’ मौसमविद् अर्यालले नेपालखबरसँग भने, ‘आजको मौसम यस्तै रहन्छ, कहिले बादल, कहिले घाम, क्षणिक वर्षा हुने फेरि २–३ घण्टा खुल्ने।’ उनका अनुसार खासगरी दिउँसो…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आफ्नै बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज विशेष परिपत्र जारी गर्दै कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दै गएकाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमकितामा राखेर बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको हो । बैंकले ‘कोभिड–१९ बाट सङ्क्रमित कर्मचारीलाई व्यवस्थितरुपमा घर, अस्पताल वा होटलमा सुरक्षित आइसोलेशनमा राख्न र सङ्क्रमितको सम्पर्कमा आएकाको ‘कन्टयाक टे«सिङ’ गर्न भनेको छ । सङ्क्रमित कर्मचारीलाई आवश्यकतानुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नुपर्ने निर्देशनमा उल्लेख…
काठमाडौँ: प्रहरीले उपत्यका प्रवेश गर्ने नाकाबाट १९ हजार बढी यात्रुलाई फिर्ता पठाएको छ। लकडाउनको बीचमा अत्यावश्यक काम बिनै काठमाडौं आउन खोज्ने १९ हजार ४ सय ८३ जनालाई फिर्ता पठाइएको गृह मन्त्रालयले जनाएको छ। सवारी साधन अनुमति विना उपत्यका प्रवेश गर्न थप कडाइ समेत गरेको छ। बिहीबारदेखि सबै जिल्लामा सवारी पास जारी गर्न समेत बन्द गरिएको छ। यो अवधिमा मास्क प्रयोग नगरी हिँड्ने ४ लाख १९ हजार ५३८ जनालाई नियन्त्रणमा लिएको छ। ती मध्ये ३ लाख ५४ हजार ८२४ जनालाई सम्झाई बुझाई छाडिएको र ३९ हजार ५०७ जनालाई मास्क दिएर पठाएको गृह मन्त्रालयले जनाएको छ। २५ हजार…
काठमाडौँ: नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवाद समाधानका लागि बालुवाटारबाट तीन बुँदे प्रस्ताव आएको बताएका छन्। बिहीबार सातादिन लामो संवादहीनता तोड्दै प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको थियो। ओलीसँगको छलफलपछि थापागाउँमा आफूनिकट प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग कुराकानी गर्दै प्रचण्डले बालुवाटारको प्रस्तावबारे जानकारी दिएका हुन्। ‘पार्टी र सरकार सञ्चालनको विषयमा भएको कमीकमजोरीको आत्माआलोचना, पाँचै वर्ष ओली प्रधानमन्त्री र कार्यकारी अध्यक्षलाई थप अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारीको प्रस्ताव आएको छ,’ भेलामा प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने। दुई अध्यक्षहरुको छलफलको क्रममा महासचिव विष्णु पौडेलले प्रचण्ड समक्ष त्यस्तो प्रस्ताव गरेको थिए।…
काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्रको आन्तरिक विवाद मिलाउन आज नौ दिनपछि पुनः छलफल भएको छ । यही साउन २० गतेयता संवादहीनता देखिएकामा आज उहाँहरुबीच छलफल हुनु र प्रधानमन्त्री ओलीले पाँचदिनभित्र विवाद समाधानोन्मुख हुन्छ भन्ने अभिव्यक्ति दिनाले कार्यकर्ता तहमा पार्टी विभाजन हुने चिन्ता मत्थर भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँहबीच आज अपराह्न करीब चार घण्टा प्रधानमन्त्री निवास बालुुवाटारमा भेटवार्ता भएको हो । आज अन्य सहयोगी नेता नराखी उहाँहरुबीच मात्रै छलफल भएको हो । यसअघि साउन १९ र २० का छलफलमा…
बाँके: बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैंक लिमिटेड सिल गरिएको छ । कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।
काठमाडौँ: काठमाडौं महानगरपालिका वडा नम्बर १४ का विभिन्न टोलमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ। बुधबार २९ जनामा कोरोना पुष्टि भएकोमा बिहीबार थप १० जनामा कोरोना देखिएको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिइन्। उनका अनुसार कुलेश्वर क्षेत्रमा फलफूल व्यवसाय गर्नेहरूमा कोरोना देखिएको छ। साथै बल्खुमा २ जना र लाम्पाटी क्षेत्रमा पनि कोरोना संक्रमित देखिएका छन्। ‘घरबाट खासै बाहिर ननिस्कनेहरूमा पनि कोरोना देखिएपछि समुदायस्तरमै कोरोना फैलिएको आशंका छ,’ उनले भनिन्, ‘घरमै बस्नेहरू पसल आउजाउ गर्दा कोरोना सरेको हुनुपर्छ।’ कोरोना देखिएका क्षेत्रमा सिल गर्न सुरू गरेको उनले जानकारी दिइन्। ‘बार लगाएर बाटो र गल्लीहरू पूर्ण रूपमा बन्द गर्न थालेका छौं। होटल तथा…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार चार घण्टा छलफल भएको छ । बिहीबार बिहन लामो समयको संवादहीनता तोड्दै दुई अध्यक्षबीच चार घण्टा छलफल भएको हो । सवा ११ बजेबाट सुरु भएको छलफल सवा ३ बजेसम्म चलेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार दुई नेताकोबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा कुराकानी भएको छ । ‘पार्टीभित्र देखिएका समस्याहरुको समाधानउन्मुख कोणबाट छलफलको सुरुवात भएको छ भन्ने कुरा आएको छ,’ सापकोटाले रातोपाटीलाई जानकारी दिए । यसअघि निकास नआउने भेटवार्तामा बस्नुको औचित्य नभएको भन्दै प्रचण्डले निकास आउनेगरी मात्रै वार्तामा बस्ने ओलीलाई सन्देश…
काठमाडौं: काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११, ललितपुरका ११ र भक्तपुरका ५ जना गरी १२७ जना संक्रमित थपिएका छन् । नेपालमा विहीबार थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ थियो । सक्रिय संक्रमितको संख्या ८ हजार २५ छ । पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना…
