Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- इरान युद्ध अन्त्य भएको ट्रम्पको दाबी, कच्चा तेलको भाउ भारी घट्यो
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
- रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
- बजेट कार्यान्वयनमा तत्काल जुट्न मन्त्री श्रेष्ठको प्राधिकरणलाई निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: पुसको अन्तिम सातादेखि मेलम्ची खोलाको पानी सुरुमा पथान्तरण गर्ने तयारी भएको छ । गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान गरी पानी पथान्तरण गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ । पानी पथान्तरण गरिएको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउने छ । आयोजनाले अहिले सुरुङमा चारवटा गेटको फ्रेम परिवर्तन गरी जडान गरिरहेको छ । चारवटा गेटमध्ये सिन्धु र अम्बाथानको गेट जडान अन्तिम चरणमा पुगेको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए । उनले भने, “ग्याल्थुमको गेटको फ्रेम जडान गरेपछि पानी पथान्तरण गर्न मिल्नेछ । सुन्दरी जलको गेट पानी पथान्तरण गर्दै गर्दा जडान गर्न मिल्नेछ…
काठमाडौँ: काठमाडौँ उपत्यकामा तत्काल विद्यालय खोले कोभिड–१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम देखिएको छ । यसले मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो ल्याउने विज्ञहरुको भनाइ छ । उनीहरुले कोभिडको उच्च जोखिम समूहलाई खोपको व्यवस्था नभएसम्म विद्यालय खोल्दा थप जटिलता आउन सक्ने बताएका छन् । जाडो याममा कोभिड विस्तारको जोखिमबीच विद्यालय खोल्दा हरेक घरघरमा संक्रमण पुगेर बूढापाका, दीर्घरोगीलगायतमा संक्रमण जटिल बन्न सक्ने चिन्ता उनीहरुले व्यक्त गरेका छन् । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवम् भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘स्कूल जाने बालबालिकामा कोभिडको खासै लक्षण देखिँदैन तर उनीहरु संक्रमित हुनसक्छन् र…
काठमाडौँ : सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले अब देशभरका पत्रकारले सबै जिल्ला हुलाक कार्यालयमार्फत पत्रकार परिचय पत्र अर्था प्रेस प्रतिनिधि प्रमाणपत्र जारी गर्न सकेन अधिकार प्रत्यायोजन भएको बताएका छन्। संचार मन्त्रालयको मङ्सिर २२ गतेको मन्त्रिस्तरीय निर्णयबाट जिल्लाको सम्बन्धित हुलाक कार्यलयमा पुगेर रीत पुर्वक भरिएको फारमलाई पत्रकार परिचय पत्र प्रदान गर्न निर्णय भएको उनले बुधाबार संचार मन्त्रालयमा आयोजित मन्त्रिपरिसधको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए। “अव पत्रकाहरु समस्यालाई मध्यनजर गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न हुलाकबाटै पाउने छन् । सञ्चार तथा सूचना मन्त्रलायले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजन गरेर सो निर्णय गरेका हौँ,” उनले भने । अब प्रेस…
काठमाडौँ : सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्ने काममा एकताबद्ध हुन सबै पक्षलाई आह्वान गरेका छन्। सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारले मानव अधिकारको सुनिश्चित हुने गरी सूचना प्रविधिको विकासमा जोड दिएको उल्लेख गर्दै त्यसमा साथ दिन मानव अधिकारकर्मीहरुलाई पनि आग्रह गरे। ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित ‘भर्चुअल’ कार्यक्रममा बोल्दै उनले मानव अधिकार हनन् नहुने गरी जनतालाई सुुसूचित गराउन गाउँगाउँमा इन्टरनेट सेवा विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको पनि स्पष्ट पारे। मन्त्री गुरुङले सूचनाको हक मानव अधिकारको प्रत्याभूति दिलाउन अनिवार्य सर्त भएको उल्लेख गर्दै…
काठमाडौँ: कोरोना महामारीका कारण ९ महिनादेखि बन्द ललितपुरकाे जाउलाखेलस्थित सदर चिडियाखाना भोलि (बिहीबार) बाट खुल्ने भएको छ। सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गराउने गरी चिडियाखाना खुलाउन लागिएको त्यहाँका प्रमुख डा. चिरञ्जीविप्रसाद पोख्रेलले जानकारी दिएका हुन्। चिडियाखाना हेर्न जानेले अनिवार्य रूपमा मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ। एकपटकमा ८ सय जनासम्मलाई प्रवेश दिइने र साढे दुई घण्टाभन्दा बढी समय रहन नपाउने नियम बनाइएको छ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्प पुनः दोहोर्याएका छन्। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न’ भन्ने संकल्पलाई दृढताका साथ लागू गरेको बताएका हुन्। ओलीले भ्रष्टाचार बहुआयामिक विषय भएकाले सामाजिक रुपमा नै यसको निन्दा र भर्त्सना आवश्यक रहेकोमा जोड दिएका छन्। ओलीले सन्देशमा भनेका छन्, ‘हामी सबैलाई थाहा भएकै कुरा हो कि भ्रष्टाचार एक बहुआयामिक विषय हो । भ्रष्टाचार एक जना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै नियन्त्रण गर्न सम्भव हुँदैन । भ्रष्टाचारलाई सामाजिक रुपमा नै निन्दा र भर्त्सना गर्नु…
काठमाडौँ: साझा पार्टी र विवेकशील नेपाली दलबीच आज (बुधबार) एकता घोषणा गरिँदै छ। साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एकता घोषणा सभा आज दिउँसो ३:३० बजे हुने जानकारी दिए। यस क्रममा उनले विगतमा भएका गल्तीप्रति माफीसमेत मागेका छन्। ‘हामी एक हुँदै छौं,’ मिश्रले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विगतका कमजोरीप्रति क्षमायाचना गर्द छौं।’ सबैको साथ र सहयोगले विवेकशील साझा पार्टीलाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउने दाबी उनले गरेका छन्। ‘हामी केवल ‘अस्तित्व’मा रहन होइन, ‘नेतृत्व’मा पुगेर यो देशमा सुशासन, समृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी हौं। एकताका लागि प्रेरित र सहयोग गर्ने सबैप्रति आभारी छौं,’ उनले भनेका छन्। कार्यक्रम दुवै पार्टी,…
काठमाडौँ: स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानले आन्दोलन फिर्ता लिने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बुद्धको हजार मूर्ति भएको चैत्य नभत्काउने आश्वासन दिएसँगै अभियानले आन्दोलन फिर्ता लिने बताएको हो। बौद्ध धर्मावलम्बीले आफूहरुको आस्था रहेको स्वयम्भूमा विकासको नाममा संस्कृति मास्न नपाइने भन्दै स्वयम्भू बचाऔँ अभियान सुरु गरी आन्दोलनका कार्यक्रम गरेका थिए। गत शनिबार दीप प्रज्वलन गरी शान्तिपूर्ण आन्दोलन समेत उनीहरुले गरेका थिए। सडक विभागका अनुसार दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाभित्र बुद्धको हजार मूर्ति भएको चैत्य पनि पर्छ। विभागका महानिर्देशक केशव कुमार शर्माले रिङरोडको क्षेत्रभित्र संरचना बनाएको बताएका छन्। रिङरोड २०२७÷०२८ सालमा बनेको र सडक ऐन २०३१ मा बनेको…
काठमाडौँ: सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको निर्णय खारेज गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र राणा र न्यायाधीश मनोज शर्माको इजलासले जग्गा रोक्काको निर्णय खारेज गर्न माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै उक्त निर्णय जारी गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ। अधिवक्ता सन्तोष भण्डारीले दिएको रिटमाथि दुवै पक्षको बहस सुनेर सर्वोच्चले यस्तो निर्णय गरेको हो। ‘कृषि योग्य जमिन मास्ने गरी सरकारले गरेको कित्ताकाटको निर्णय खारेज गर्न हामीले माग गरेका थियौं। हाम्रो रिटमाथि सुनुवाइ भयो हाम्रो माग अनुसार रिट जारी भयो,’ रिट निवेदक अधिवक्ता भण्डारीले भने। भू-उपयोग ऐन २०७६ दफा ८ ले जुन प्रयोजनको लागि…
काठमाडौँ: दक्षिणपूर्वी अरेबियन सागर र इन्डियन सागरमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको ‘मौसम पूर्वानुमान बुलेटिन’अनुसार यतिबेला प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्र र प्रदेश नम्बर २ मा आंशिक बदली छ भने बाँकी स्थानमा मौसम सामान्यतय सफा छ। यस्तो छ आगामी ३ दिनको मौसम अनुमान मंसिर२४गते (बुधबार) दिउँसो : प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । राती…