Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    • अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग
    • भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव
    • नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत
    • नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 27
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » माथिल्लो तामाकोशी तेस्रो पूर्ण क्षमताको बनाउन सरकार प्रतिबद्ध छ – मन्त्री विष्ट

    माथिल्लो तामाकोशी तेस्रो पूर्ण क्षमताको बनाउन सरकार प्रतिबद्ध छ – मन्त्री विष्ट

    पहिलोक्लिकपहिलोक्लिकAugust 30, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    चरिकोट: सरकारले दोलखामा निर्माण हुने तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको उत्पादन क्षमता घटाएर कम क्षमतामा उत्पादन गर्न लागेको भन्दै स्थानीयस्तरमा चर्को विरोध भइरहेको बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले क्षमताअनुसार नै निर्माण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    जिल्ला समन्वय समिति दोलखाको तेस्रो जिल्लासभामा भाग लिन दोलखा आउनुभएका मन्त्री विष्टले सरकारले प्राकृतिक स्रोत र साधनको समुचित प्रयोग गरी उत्पादनमा विशेष जोड दिइरहेको समयमा तामाकोशी तेस्रो जस्ता गौरवका आयोजना कम क्षमतामा उत्पादन गर्ने सरकारको मनसाय नभएको र कुनै आशङ्का नगर्न आग्रह गर्नुभयो ।

    उहाँले सरकारले ६५० मेगावाट क्षमताको तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको क्षमता घटाएर २०० मेगावाट क्षमतामा निर्माण गर्न लागेको भन्ने हल्ला मात्र भएको र आधिकारीकरूपमा सरकारको तर्फबाट कतै पनि सम्झौता नभएको स्पष्ट पार्नुभयो ।

    मन्त्री विष्टले सरकारसँग नागरिकको धेरै अपेक्षा रहेको र अहिले सरकारप्रति विभिन्न आलोचना भइरहेको भए पनि परिणममुखी नतिजा आउन केही समय लाग्ने भएका कारण सरकारले परिणममुखी नतिजा दिने उद्देश्यले काम गरिरहेको बताउनुभयो । उहाँले लामो सङ्घर्षले विकसित भएका देशहरु जस्तै नेपालमा पनि तत्काल विकास होस् भन्ने आम नागरिकको इच्छा र चाहना स्वभाविक भए पनि विकासले धेरै घुम्तीहरु पार गर्नुपर्ने भएका कारण आम नागरिकको चाहना पूरा गर्न केही समय लाग्ने बताउनुभयो ।

    कार्यक्रममा सांसद पार्वत गुरुङले देशले हरेक वर्ष व्यापार घाटा व्यहोरिरहेको अवस्थामा स्थानीय तह आत्मनिर्भर बन्न सम्भाव्यता अध्ययन गरी हरेका गाउँपालिका तथा नगरपालिकाले उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जिल्लाको समग्र राजनीतिक, आर्थिक, पर्यटकीय, सामाजिकलगायतका विषयमा मन्त्री विष्टलाई जानकारी गराउनुभएको थियो ।

    ‘समृद्ध दोलखाको आधार, जलस्रोत, पर्यटन, व्यावसायिक कृषि र पूर्वधार’ भन्ने नारासहित जिल्ला समन्वय समिति दोलखाले आयोजना गरेको तेस्रो जिल्लासभामा पूर्वमन्त्री आनन्द पोखरेलले हरेक क्षेत्रमा प्रचुर सम्भावना बोकेको दोलखा विकासको यात्रामा अघि बढिरहेको र सबैले साथ सहयोग गरेर जानुपर्ने बेला आएको बताउनुभयो ।

    Facebook Comments Box

    माथिल्लो तामाकोशी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026

    अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग

    November 25, 2026

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026

    नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

    November 24, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.