काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले जारी गरेको नयाँ राजनीतिक नक्समा नेपाली भू–भाग समावेश गरिएको विषयमा सर्वपक्षीय धारणा लिएका छन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक राखेर उक्त विषयमा साझा धारणा निर्माणको प्रयास गरेका हुन् ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले एकतर्फीरूपमा सार्वजनिक गरेको नक्साले नेपाली जनताको भावनामा चोट पुगेको बताएका थिए ।
यस्तै सरकारका मन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु, परराष्ट्र विदहरुका सहभागी छन् ।
काँग्रेसले यस विषयमा भारतसँग द्वीपक्षीय छलफल गरेर समाधानका लागि सरकारलाई अग्रसरता लिन सुझाव दिएको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
बैठकमा पूर्वप्रधानमन्त्री भट्टराईले सीमा विवाद कूटनीतिक तवरले नै सुल्झाउनुपर्ने सुझाव दिए ।
उक्त बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, संघीय समाजवादी,राजपाका लगायत अन्य दलका शीर्ष नेताको उपस्थिति छ ।