काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् ।
सात जना नयाँ मन्त्रीको आएका छन् भने तीन राज्यमन्त्री थपिएका छन्
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइएको पुष्टि गरे ।
फेरिएका मन्त्रीहरुमा: लालबाबु पण्डितको ठाउँमा हृदयश त्रिपाठी सामान्य प्रशासन मन्त्री, घनश्याम भुसाल कृषि तथा पसुपंछी विकास, स्वास्थ्य तथा जनसंख्यामा भानुभक्त ढकाल, उद्द्योग, बाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामा रामेश्वोर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमा बसन्त कुमार नेम्वाङ्ग, र महिला, बालबालिका तथा जेष्ठ नागरिकमा पार्बत गुरुङ छन् ।
त्यसै गरी तीन राज्यमन्त्री पनि नयाँ आएका छन् जसमा मोतिलाल दुगढ उद्ध्योग बाणिज्य तथा आपूर्ति, नवराज रावत स्वास्थ्य तथा जनसंख्या, र राम्बिर मानन्धर शहरी विकास राज्यमन्त्री भएका छन् ।
यो संगै ओली सरकारमा कूल २२ मन्त्री भएका छन् भने तीन राज्यमन्त्रीसहित मन्त्रिपरिषध संख्या २५ पुगेको छ
।
नेकपा स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री हुँदैछन् ।
यादव हाल भारत भ्रमणमा छन् । हालै सम्पन्न समाजवादी पार्टीर्को बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरे लगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरेका हुन् ।


रघुवीर, गोकर्ण र लालबाबुको मन्त्री पद खोसियो
स्रोतकाअनुसार भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ । तीनै जना पूर्व एमालेको कोटाबाट मन्त्री भएका थिए ।
यस्तै कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ । पूर्व माओवादीको कोटाबाट मन्त्री भएका थिए ।
मोती दुगडको इन्ट्री
प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, माेती दुगडलाई मन्त्री नियुक्त गरेका छन् । यस्तै लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका छन् ।
स्रोतका अनुसार नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइनेछ । भुसाल कृषिमन्त्री हुँदैछन् भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेछन् ।
उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइनेछ । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङको नाम गएको छ ।
भट्ट, राय यादवको मन्त्रालय खुलेको छैन । भट्टलाई श्रम मन्त्री बनाउने सम्भावना छ । यस्तै विमला राई पौडेललाई पनि मन्त्री नियुक्त गरिएको स्रोतको दाबी छ । विमलालाई राज्यमन्त्री बनाउने सम्भावना छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहनेछ ।