Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026

    अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग

    November 25, 2026

    भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव

    November 25, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    • अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग
    • भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव
    • नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत
    • नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    • सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
    • प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 25
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » विप्रेषण आयको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च

    विप्रेषण आयको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च

    पहिलोक्लिकपहिलोक्लिकJune 17, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: विप्रेषण आयमध्ये ठूलो परिमाणको रकम दैनिक प्रयोजन तथा ऋण तिर्नका लागि खर्च हुने गरेको पाइएको छ ।

    नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको एक अध्ययनअनुसार विप्रेषण आयको २५.३ प्रतिशत अंश ऋण तिर्नका लागि प्रयोग हुने गरेको पाइएको छ भने २३.९ प्रतिशत खाद्यान्न तथा लत्ताकपडालगायतका दैनिक उपभोग्य वस्तुमा खर्च हुने गरेको हो ।

    यस्तै ९.७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, ३.५ प्रतिशत विवाह, व्रतबन्धलगायतका सामाजिक कार्यमा र ३.० प्रतिशत घरायसी सम्पत्तिको खरिदमा प्रयोग भएको देखाएको छ ।

    विप्रेषण रकमको २८.० प्रतिशत भने बचत र १.१ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी भएको देखिएको छ । उत्पादनमूलक क्षेत्रमा रकम खर्च नहुँदा विदेशमा कमाएको रकम जताबाट आयो उतै जाने अवस्था देखिएको हो ।

    वैदेशिक रोजगारीमा गएका कामदारमध्ये ९०.९ प्रतिशतले बैंक तथा वित्तीय संस्थाबाट विप्रेषण पठाउने गरेका छन् । अध्ययनअनुसार ५.९ प्रतिशतले हुण्डीमार्फत र एक प्रतिशतले साथीभाइ,आफन्त तथा परिवारमार्फत विप्रेषण पठाउने गरेका छन् । यसबाहेक २.२ प्रतिशतले भने औपचारिक तथा अनौपचारिक दुवै माध्यमको उपयोग गर्ने गरेको पाइएको छ ।

    विप्रेषणबाट प्राप्त भएको रकममध्ये १८.८ प्रतिशतको घरखर्चको स्रोत विप्रेषण आयमात्र रहेको छ । यस्तै ८१.२ प्रतिशतले घरायसी खर्चका लागि विप्रेषण आयको अतिरिक्त अन्य घरायसी स्रोतसमेत उपयोग गरेको पाइएको छ ।

    विप्रेषणबाट प्राप्त रकम बचत गर्ने घरपरिवारमध्ये ४८.८ प्रतिशतले बचत गर्नुको मुख्य उद्देश्य घरजग्गा खरिद गर्नु रहेको पाइएको छ ।

    यस्तै ३६.६ प्रतिशतले बचत गर्नुको उद्देश्य घर मर्मत गर्नु देखिएको छ । यसबाहेक ३४.३ प्रतिशतले बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा खर्च गरेका छन् । उक्त रकममध्ये १२.२ प्रतिशतले दैनिक उपभोग र सामाजिक कार्यमा खर्च गरेका छन् ।

    यसैगरी १५ प्रतिशतले ऋण लगानी गरेका छन् भने व्यापार व्यवसाय सञ्चालन गर्नेहरु ८.४ प्रतिशत रहेका छन् ।

    वैदेशिक रोजगारीमा गएका कामदारले वार्षिक औसतमा छपटक विप्रेषण पठाउने गरेका छन् । अध्ययनअनुसार वार्षिक औसत रु पाँच लाख ३२ हजार रकम घरपरिवारमा पठाउने गरेको पाइएको छ ।

    विप्रेषण पठाउँदाको लागत कूल विप्रेषण आप्रवाहको १.७ प्रतिशतको हाराहारीमा रहेको पाइएको छ ।

    गत वैशाख मसान्तसम्म विप्रेषण आप्रवाह सात प्रतिशतले वृद्धि भएको छ । बैंकका अनुसार सो अवधिसम्म रु छ खर्ब छ अर्ब ६८ करोड पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आप्रवाहमा भने ०.१ प्रतिशतले कमी आई छ खर्ब ९२ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०.३ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या छ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.९ प्रतिशतले घटेको थियो ।

    सन् १९८० को दशकपछि आर्थिक उदारीकरण तथा विश्वव्यापीकरणको प्रभावले गर्दा विकासोन्मुख मुलुकबाट विकसित मुलुकहरूमा रोजगारीका लागि जाने श्रमशक्तिमा उच्च वृद्धि हुँदै गएको हो ।

    कामदार निर्यात गर्ने मुलुकमा विप्रेषण आप्रवाह पनि उल्लेख्य वृद्धि हुँदै आएको छ । नेपालमा विगत दुई दशकयता वैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो ।

    वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने विप्रेषण आयमा वृद्धि भई हाल विप्रेषण रकम नेपाली घरपरिवारको आम्दानीको एक प्रमुख स्रोतका रूपमा स्थापित भएको छ ।

    त्यस्तो रकम उपभोगमा खर्च हुने तर आन्तरिक उत्पादन नबढ्ने अवस्थामा आयात बढ्न गई व्यापार घाटामा समेत चाप परेको छ । त्यस्तो आय लगानीमा परिणत भएमात्रै उत्पादन र रोजगारीमा सकारात्मक प्रभाव पर्ने देखिन्छ तर विप्रेषणबाट प्राप्त हुने रकम अनुत्पादक क्षेत्रमा बढी खर्च हुने गरेको छ । (रासस)

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव

    November 25, 2026

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026

    नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

    November 24, 2026

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’

    November 24, 2026

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.