Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

दमौली: तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनामा ‘केवल टनेल’ निर्माणको काम शुरु गरिएको छ । एक सय चालिस मेगावाट क्षमता रहेको आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि ‘केवल टनेल’ खन्ने काम शुरु गरेको हो । तनहँु जलविद्युत् आयोजनाका प्रबन्ध सञ्चालक प्रदीप थिकेको उपस्थितिमा सिनो हाइड्रोले बिहीबारदेखि सुरुङ खन्ने कामको शुरुआत गरेको आयोजनाका साइट इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिनुभयो । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । सिनोले झापुटारमा पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । सो हाइड्रोले उक्त ठाउँमा आवास,…

Read More

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षको विश्वभर प्रभाव परेको र यसले थप उत्साह तथा हौसला बढाएको बताउनुभएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)को ५३औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले स्वदेशसहित विश्वभर एकसाथ भ्रमण वर्षको उद्घाटनले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न थप सहयोग पुगेको उल्लेख गर्नुभयो । मन्त्री भट्टराईले भ्रमण वर्षका दौरानमा नेपालको पूर्वाधार तथा सेवाका सन्दर्भमा नकारात्मकभन्दा सकारात्मक पक्षलाई जोड दिन आग्रह गर्दै पर्यटकीय पूर्वाधार विस्तारसँगै सेवाको स्तरीकरणमा विशेष ध्यान दिइने बताउनुभयो । उहाँले पर्यटनलाई देशका हरेक कुनासम्म जोड्न देशभरका ५३ वटै विमानस्थल पूर्ण क्षमताका साथ सञ्चालन…

Read More

विराटनगर: अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको विकासका लागि आन्तरिक स्रोत पर्याप्त नभएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ विराटनगरद्वारा आज यहाँ आयोजित नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नागरिकको बढ्दो अपेक्षा पूरा गर्न वैदेशिक सहायता आवश्यक रहेको स्पष्ट पार्नुभयो । अर्थमन्त्री डा खतिवडाले मुलुक सङ्घीयतामा गइसकेपछि तीन वटै सरकारको सेवा प्रवाहलाई वृद्धि गर्न आन्तरिक र बाह्य स्रोतको खोजी भइरहेको धारणा राख्दै देशलाई प्राप्त हुने वैदेशिक सहयोगबाट पूर्वाधार निर्माण र जनताको जीवनस्तर माथि उकास्न खर्च गरिनेछ भन्नुभयो । उहाँले वैदेशिक सहयोगलाई सरकारले भौतिक पूर्वाधारको विकासमा परिचालन गर्ने र यसबाट शिक्षा…

Read More

काठमाडौँ: नेपालमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह हुनुपर्ने भएको छ । रेल्वे सेवा सञ्चालनका लागि सरकारले ल्याएको रेल्वे विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरिएको हो । विधेयकको दफा २३ उपदफा १ को (क) मा कम्तीमा माध्यमिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । रेल चालकका लागि कम्तीमा कक्षा १२ वा सो सरहको अध्ययन गरेको हुनुपर्ने व्यवस्था रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो । त्यस्तै, नेपाल रेल्वे बोर्डबाट मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चालउन योग्य भएको प्रमाणपत्र…

Read More

काठमाडौँ: कुमारी बैंक लिमिटेडले राष्ट्रियस्तरको ‘ख’ वर्गको देव विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । बुधबार नागपोखरीस्थित काठमाडौं मेरिओट होटेलमा सम्पन्न एक समारोहबीच उक्त प्राप्तीको (अक्विजिसन) औपचारिक हस्ताक्षर सम्पन्न भएकोे हो । उक्त प्राप्तिका लागि समझदारीपत्रमा (एमोयू) कुमारी बैंक लिमिटेड र देव विकास बैंक लिमिटेडका तर्फबाट बैंकका संचालक समितिका सदस्य एवं मर्जर समितिका संयोजकद्वय क्रमशः कृष्ण प्रसाद ज्ञवाली तथा भरत बहादुर हमालले हस्ताक्षर गरेका हुन्र्नु । समारोह दुवै बैंकका अध्यक्ष, संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका उच्च व्यवस्थापनका पधादिकारीहरूमाझ सम्पन्न भएको छ । यस पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोड भन्दा बढी, निक्षेप…

Read More

काठमाडौँ: माघे संक्रान्ति नजिकिएसंगै नेपाली तरकारी बजारमा तरुल ब्यापारीहरु ह्वात्तै बढेका छन् । ठेलामा होस् या तरकारी पसलमा होस् अहिले तरुल देखा पर्न थालेको छ । हरेक चाडपर्वको आआफ्नै मान्यता रहेको र सोही अनुरुप खाने परिकार पनि विशेष हुने गर्दछ नेपाली समाजमा । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ जसको कारण नेपाली समाजमा प्रसिद्ध उखान नै छ ‘पुसमा पाके माघमा जाके’ । तरुल सबै भन्दा धेरै सर्लाही जिल्लाबाट काठमाडौँ भित्रिने गरेको पाइन्छ । अन्य जिल्ला जस्तै पाल्पा, अर्घाखाँची, चितवन, नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, झापा, नुवाकोट लगायतबाट पनि काठमाडौं उपत्यकामा तरुल भित्रिने…

Read More

काठमाडौँ: प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल आफ्नो ३० वर्षे सेवा अवधि पूरा गरेर यही माघ २७ गतेबाट अनिवार्य अवकाशमा जाँदै छन्। उनाले आफुले प्रहरीको नेतृत्व सम्हालेपछि गरेका मूख्य मुख्य कार्य प्रगतिको फेहरिस्त सार्वजनिक गरेका छन्। यस्ता छन् २०७५/०१/०१ देखी २०७६/०९/२५ सम्म उनले गरेका मुख्य कामहरुको प्रगति विवरण। १. नेपाल प्रहरीको रणनीतिक नीति तथा कार्यक्रम • तालुक गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्य योजना २०७४ कार्यान्वयन । • प्रहरी महानिरीक्षकका सांगठनिक १० बुँदे प्राथमिकता जारी गरी कार्यन्यवन गरेको । • अपराध कार्य योजना (CAP)२०७५-७८ लागु गरी अपराध अनुसन्धानको क्षमता विकास । • नेपाल प्रहरीको लैङ्गिक नीति, २०७५ जारी गरिएको । •…

Read More

काठमाडौं : साँखुस्थित माधव नारायण मेलामा उठ्ने दक्षिणावापतको रकमको लेखाजोखा अहिलेसम्म भएको छैन । शाली नदी अवधिभर यसअघिका वर्षहरुमा लाखौं तिर्थालु मेला भर्न आउने र तिनले माधव नारायणको मुर्ति दर्शनका बेला चढाउने दक्षिणा, दान लगायतका आर्थिक हिसाबकितावको अभिलेख अहिलेसम्म राखेको पाइदैन । गत साल तिर्थ भर्न आएका १६ लाख भक्तजनबाट दानपेटिका र त्यहाँको महादेव मन्दिरमा चढाइएको रकमका आधारमा एक महिनामा करीब एक करोड रुपैयाँ उठेको थियो । यो साल दान र चन्दाको रकममा पनि बढोत्तरी हुने अपेक्षा श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितीको छ । मेलाको व्यवस्थापन हेर्दै आएको समितीले दानपेटिकामा उठेको रकम र चन्दाको…

Read More

सिमकोट: लामा समुदायको जीवनशैली र रहनसहन फरक छ । सानै उमेरदेखि लामा समुदायका युवतीले आनी अर्थात् टोपेनी बनेर जिन्दगी गुम्बा अथवा गुफामै बिताउने गरेका छन् । नाम्खा गाउँपालिका वडा ४ याङ्गगारस्थित नाम्ख्वुँङ्ग पेमा होत्साल छ्योलिङ गुम्बामा १४० आनी अध्ययन गर्दै बसिरहेका छन् । सिमकोट र नाम्खा गाउँपालिकाका ७० भन्दा बढी आनी गुम्बाभन्दा बाहिर रहेर गुफामा बस्दै आइरहेका छन् । जिल्लाभरि जम्मा २१० आनीले लामा पुस्तक (छ्यो) अध्ययन गरिरहेका छन् । सिमकोट गाउँपालिका –३ की ७० वर्षीया आनी छिरिङ्ग डोमा लामाले ‘बौद्धधर्ममा पाप गर्नु हुँदैन, पाप गरे अर्को जुनीमा नराम्रो हुने भएका’ले आफ्नो जीवनकाल नै आनी बनेर बिताउने गरेको…

Read More

हेटौँडा: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले धेरै नीति योजना र कार्यक्रम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्ने बताएका छन् । “हामी नीति, योजना, कार्यक्रम बनाउँछौँ तर कार्यान्वयन गर्न पछि पर्छौ, यो समस्या सबै क्षेत्रको समस्या र सधँैको समस्या भएको छ”, पौडेलले भने । ठूला, भद्धा र गर्न नसकिने योजना बनाउनुभन्दा पनि कार्यान्वयन गर्नसकिने खालका योजना बनाउनुपर्ने उनको धारणा थियो । उनले परिणाम नआउने खालका काम गर्न नहुने बताए । आज प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित प्रदेश विपद् व्यवस्थापन नीति तथा रणनीति कार्ययोजना तर्जुमासम्बन्धी कार्यशालामा मुख्यमन्त्री पौडेलले विपद् बाजा बजाएर आउँदैन…

Read More