Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कूल ११.५५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। फाइनान्सको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले ९.८० प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर सहित) र १.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृतीपश्चात आगामी वार्षिक साधारण सभाबाट पारित गरी सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ। फाइनान्सले आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट २.९० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो। गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सले १० करोड ८४ लाख ५० हजार खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६…

Read More

काठमाडौं : सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांश पारित गर्न हाइड्रोपावरले पुस २७ गते आठौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस ७ गते एक दिन बुकक्लोज गर्ने भएको छ। पुस ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्। आर्थिक वर्ष २०७४र७५…

Read More

काठमाडौँ: मुलुकमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले यही मङ्सिर २९ गते ‘नव उद्यमी सम्मेलन’ गरिने भएको छ । उद्यमशील प्रवद्र्धनमा क्रियाशील संस्था ‘नेक्सट भेन्चर कोर्प’ले आयोजना गर्ने उक्त सम्मेलनमा देशभरका करीब ८०० उद्यमी सहभागी हुनेछन् । काठमाडौँको होटल सोल्टीमा हुने सम्मेलनमा भारत, चीन, बङ्गलादेशलगायत मुलुकबाट आउने स्थापित १० उद्यमीले प्राप्त गरेका व्यावसायिक सफलताबारे जानकारी गराउने, गुणस्तरीय वस्तु उत्पादनमा लागत कम गर्ने उपाय, व्यापार विस्तार, पूर्ण प्रतिस्पर्धात्मक बजारमा वस्तुको लागत निर्धारणका साथै प्रचारप्रसारका अत्याधुनिक विधिबारे सहभागीलाई प्रशिक्षणसमेत दिइने छ । नव उद्यमीले सञ्चालनमा ल्याएका व्यवसाय तथा तिनका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन छलफल तथा व्यापार विस्तारका लागि उनीहरुले गर्ने प्रस्तावमा स्वदेशी…

Read More

लहान: मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्ष र आन्दोलनरत मजदूरबीच सहमति नहँुदा विगत तीन दिनदेखि गोलबजार नगरपालिका– ९ निवासी अनिता पासवानको शव लहानस्थित अस्पतालमा राखिएको छ । उद्योग व्यवस्थापनको लापरवाहीका कारण उद्योगमा मजदूरी गर्दै आएकी पासवानले आत्महत्या गरेको भन्दै मजदूरले आज तेस्रो दिन पनि बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योग बन्द गराएका छन् । सिमेन्ट उद्योग व्यवस्थापन पक्षले कामबाट हटाएपछि पासवानले गत मङ्गलबार बिहान उद्योग नजिकैको फुलबारीमा आत्महत्या गरेको थियो । अखिल नेपाल औद्योगिक मजदूर सङ्गठनका सदस्यसमेत रहेकी पासवानले आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदूरले काम बहिष्कार गरी आन्दोलन गर्दै आएका छन् । मजदूरहरुको माग सम्बोधन गरी समस्या…

Read More

आज मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन हरेक सालझैँ धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छ । उधौली पर्व अन्नबाली भित्र्याइएको खुशीयालीमा मनाइन्छ । उधौली पर्व प्रकृतिको सम्मान गर्ने पर्व हो आफुले लगाएको वाली राम्रो बनाइदिएको उपलक्ष्यमा भूमे देवतालाइ धन्यबाद ज्ञापन गरिन्छ आजको दिन । किराँतीहरुले आजको दिन परम्परागत पहिरनमा सजिएर साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा बजाउदै सामूहिक नृत्य तथा गीत प्रस्तुत गर्ने र चण्डीनाच गर्दछन । आफुले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन । यसैबीच नेवारी समुदायले आज मंसिर पुर्णिमाको दिन योमरि…

Read More

काठमाडौं : भूकम्पका कारण क्षतिग्रस्त नेपालमा ११ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासले इण्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्ट्याक)सँग सम्झौता गरेको छ। बिहीबार भएको उक्त सम्झौतापत्रमा भारत सरकारको तर्फबाट काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार तथा इन्ट्याककी सदस्यसचिव डा. सीटी मिश्राले हस्ताक्षर गरेका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ अधिकारी तथा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी पनि कार्यक्रममा सहभागी थिए। इन्ट्याकले काठमाडौं, ललितपुर, भक्तपर र सोलुखुम्बु गरी चार जिल्लाका ११ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्नेछ। सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि…

Read More

काठमाडौं : नेपाल बंगलादेश बैंकको ५ प्रतिशन बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य नेप्सेले १९५ रुपैयाँ २४ पैसा तोकेको छ । आज बिहीबार यही मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ । बैंकले पुस ७ गते हुने साधारण सभाको लागि आज (मंसिर २६ गते) बुक क्लोज गरेको छ । तर्सथ, मंसिर २५ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले सभामा सहभागि र गत वर्षको नाफाबाट सञ्चलक समितिले प्रस्ताव गरेको लाभांश पाउने छन् । बैंकले गत आर्थिक वर्षको कमाईबाट ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश दिन लागेको छ । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ८…

Read More

काठमाडौं : एनएमबि बैंकले ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २१प्रतिशत बोनस सेयर र १४प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । बैंकले २ अर्ब ४२ करोड १२ लाख ४५ हजार ७५९ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, १ अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । गत वर्ष एनएमबिले १०प्रतिशत बोनस सेयर र २०प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Read More

काठमाडौँ : आज देशका अधिकांश भागमा मौसम बदली भएका कारण अधिक चिसो महसुस गरिएको छ । इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली हिजो साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गरेकाले त्यसको प्रभावले केही स्थानमा हिमपात सुरु भइसकेको छ । नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात सुरु भएकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन् । यो प्रणाली आज बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने मौसमविद् मञ्जु वासीले बताइन् । हाल विराटनगर आसपासका तराई भू(भागमा…

Read More

इटहरी: इटहरी उपमहानगरपालिकाले बाख्रा पालक कृषकलाई लक्षित गरेर १४ वोयर जातका उन्नत बोका वितरण गरेको छ । नगरप्रमुख द्धारिकालाल चौधरीले नेपालमै उन्नत मानिने वोयर जातका बोका वितरण गरेका हुन् । करीव रु १० लाखको लागतमा चितवनबाट ल्याएर बोका वितरण गरिएको छ भने प्रति बोका रु ५० हजार उपमहानगरको अनुदान तथा थप रकम कृषकको लगानी रहेको उपमहानगरपालिकाका पशुपक्षी विकास शाखा प्रमुख दुर्गाबहादुर श्रेष्ठले बताए । नगरप्रमुख चौधरीले इटहरीलाई कृषिमा आत्मनिर्भर बनाउने सोच अनुरुप मासुमा आत्मनिर्भर बनाउन उन्नत जातका बोका वितरण गरिएको बताए । उनले कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरणका लागि नगरपालिका लागि परेको बताए । वडा नं १७ का…

Read More