Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सिद्धबाबा नाम सुन्ने वित्तिकै बुटवल, पाल्पा, स्याङ्जा र गुल्मीका जनताले लामो स्वास फेर्छन् । वर्षा शुरु भएपछि त्यस सडकखण्ड भएर यात्रा नै गर्नु नपरोस् भन्ने ती जिल्लाका बासिन्दाको मनमा राम्रैगरी पर्छ । उपाय पनि थिएन । “पहिरोले कतिबेला कस्को जीवन खोस्ने हो ? को घाइते हुने हो भन्ने कुनै ठेगान थिएन । हामीले विभिन्न उपाय पनि अपनायांै, तर कुनै उपायले काम गरेन, अन्ततः सुरुङमार्ग नै उत्तम विकल्प हुने निष्कर्षमा पुग्यांै । लामो समयदेखिको मेहनतले सार्थकरुप लिन लागेको छ”, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कार्यालयमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले भन्नुभयो । सिद्धार्थ राजमार्गको सबैभन्दा कठिन र सयौं नागरिकको ज्यान…

Read More

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको अहिलेसम्म रु १९ अर्ब ६५ करोड ३० लाख १२ हजार बेरुजु रहेको छ । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७ को बजेटमा विगत ४० वर्षदेखि त्रिविमा विभिन्न शीर्षकमा बेरुजु रहेको रु १९ अर्ब ६५ करोड ३० लाख १२ हजार उल्लेख छ । कूल रु बाह्र अर्ब १२ करोड ७२ लाख ३१ हजार बेरुजु रहेकामा २०७६ असार मसान्तसम्म रु एक अर्ब ४७ करोड ४२ लाख १९ हजार बेरुजु फर्छौट गरिएको छ । गत असार मसान्तसम्ममा रु ८६ करोड ९० लाख एक हजार समपरीक्षण गरिसकेको र ५८ करोड समपरीक्षणको लागि महालेखा परीक्षकको कार्यालयमा पठाइएको उहाँले…

Read More

विराटनगर: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तरप्रदेश उडान गर्ने हवाई सेवा कम्पनीलाई इन्धनमा सहुलियत दिने बताउनुभएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणद्वारा आज यहाँ आयोजित विराटनगर विमानस्थलको विकास र विस्तार लागि पारिएको गुरु योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले प्रदेशको आर्थिक क्रियाकलापमा वृद्धि र काठमाडौँको हवाई ट्राफिक घटाउने सोचले आफूले कार्य गरिरहेको जानकारी दिनुभयो । मन्त्री भट्टराईले विराटनगर विमानस्थलको एक हजार ५०० मिटरवाट दुई हजार ५०० मिटर धावनमार्गको विस्तार गर्ने कार्य सन् २०२५ भन्दा अगाडि नै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विराटनगर विमानस्थलवाट हिमाली उडान सेवा शुरु गर्न प्रदेश सरकार तथा स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउँदै उहाँले आगामी…

Read More

काठमाडौँ: अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर रु दुई वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले आज सो वृद्धि गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले आफूहरुले दशैँ, तिहार छठलगायत चाडपर्वका अवसरमा अन्तरराष्ट्रिय जगतमा मूल्य वृद्धि भए पनि पुरानै मूल्य कायम गरिएको बताउँदै नयाँ मूल्यदरबाट हाल भारतीय सीमामा प्रतिलिटर रु २० मूल्यान्तर रहेकामा रु १८ मूल्यान्तर हुने जनाउनुभयो । हाल पेट्रोलका प्रतिलिटर रु १०७ र डिजेल ९५ रहेको थियो । उक्त मूल्य गत साउन २२…

Read More

काठमाडौँ: आइतबार झिनो अङ्कले मात्रै वृद्धि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ०.८६ विन्दुले घटेर एक हजार १११.९९ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४४ विन्दुले घटेर २४५.७१ मा पुगेको छ । नेप्से झिनो अङ्कले घटे पनि कारोवार रकम भने आइतबारको तुलनामा बढेको छ । आइतबार कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर रु २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोवार भएको थियो । आज कूल १६४ कम्पनीको आठ लाख २६ हजार ३६८ कित्ता शेयर रु २३ करोड २२ लाख ५९ हजार…

Read More

काठमाडौं : राष्ट्रिय गौरब र प्राथमिकताका योजनामा गम्भीर भएर काम गर्न उर्जा; जलश्रोत, तथा सिंचाईमन्त्री बर्षमान पुनले निर्देशन दिएका छन् । राज्य र सरकारको कार्यशैलीमा परिवर्तन आएकाले तेही अनुसार काम गर्न पनि उनले सबैको ध्यानाकर्षण गरेका छन् । सिंघदरवारस्थित उर्जामंत्रालयमा भएको ०७६/७७ को प्रथम चौमासिक प्रगति समिक्षा एवं राष्ट्रिय विकास समस्या समाधान समितिको हिजोको बैठकमा बोल्दै मन्त्री पुनले कार्यसम्पादन सम्झौता अनुसार काम गरेको नपाइएमा जिम्मेवारी बाट हटाउने चेताउनी समेत दिए । अरुलाई दोष दिएर आफु उम्कन खोज्ने प्रबिधिको अन्त्य गर्नुपर्नेमा जोड दिदै समस्याको समाधान नेतृत्व आफैले गर्नुपर्ने मन्त्री पुनको धरणा रहेको छ। बजेटमा एउटा उल्लेख भएको र काम…

Read More

काठमाडौँ : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि गत शनिबार भएको उपनिर्वाचनको नेकपाले ३० स्थान जीत दर्ता गरेको छ । सबै नतिजा सार्वजनिक भएसक्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १३ स्थानमा चुनाव जितेको निर्वाचन आयोगले जनाएको छ । समाजवादी पार्टी नेपालले चार र राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन स्थानमा विजयी हासिल गरेका छन् भने एक स्वतन्त्र उम्मेदवारले पनि उपनिर्वाचनमा बाजी मार्न सफल भएका छन् । नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, २४ वडाध्यक्ष पद जितेको छ । नेपाली कांग्रेसले भने प्रदेशसभा सदस्य एक, उपमहानगर प्रमुख एक…

Read More

काठमाडौं ः १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन् । ३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् । यो नेपालको नवौं स्वर्ण हो । भारतकी खेलाडी दोस्रो हुँदा श्रीलंकाकी खेलाडीले कास्य पदकमा चित्त बुझाएको छ ।

Read More

काठमाडौं : नेपालले १३ औं दक्षिण एसियली खेलकुद सागमा कराँतेमा आज सोमबार अर्को स्वर्ण जितेको छ । सातदोबाटोस्थित कराँते हलमा संचालन भएको कराँतेको कुमुतेमा ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले नेपालका लागि अर्को स्वर्ण पदक दिलाएका हुन्। उनले फाइनलमा बंगलादेशका मोहम्मद मुस्तफालाई १–० को अन्तरले पराजित गरे। यसैबीच नेपालका विप्लवलाल श्रेष्ठले कराँतेको कुमुतेतर्फ ८४ माथि तौल समूहमा स्वर्ण जितेका छन्। यससँगै नेपालले कराँतेमा पाँचौ स्वर्ण पदक हातपार्दा पुरा दश स्वर्ण हात पारेको छ। फाइनलमा खेलमा विप्ललाले पाकिस्तानका मुहम्मोद बाजलाई ६–५ को स्कोरले पारजित गर्दै स्वर्ण जितेका हुन्। यसअघि भएको सेमिफाइनलमा उनले श्रीलंकाका मागुना गुमारालिंगेलाई ८–० अन्तरले पराजित…

Read More

काठमाडौँ : मंसिर महिना सुरु भएसंगै सुनचादी पसलमा चहलपहल बढेको छ। बजारमा अहिले सुनको भाउ ७१ हजार ४०० रहेको छ भने दैनिक २५ किलोको हाराहारीमा सुनको कारोबार हुन थालेको छ। सुनचाँदीको व्यापार गत वर्ष यही महिनाको तुलनामा जस्तो उत्साहप्रद नभएको गुनासो ब्यक्त गर्दै ब्यापारी तेज रत्न शाक्यले भने, ‘सुनचादीको व्यापार अहिलेको समयमा सन्तोषजनक भएतापनि उत्साहजनक भने छैन। पोहोर साल मंसिर महिनामा दैनिक ४० देखि ४५ किलोको हाराहारीमा कारोबार हुने गरेको थियो तर यसपाली लगभग ४० प्रतिशतले गिरावट आएको छ ।’ बजारमा सुनको भाउ बढ्नुनै कारोबारमा गिरावट आउनुको प्रमुख कारण रहेको शाक्यले औलाए । नेपाली समाजमा लगनको महिनामा…

Read More