Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: गैरआवासी नेपाली संघको निर्वाचन विद्युतीय भोटिङ मेसिनबाट नहुने भएको छ । भोटिङका लागि प्रयोगमा ल्याइएको ३६ मेसिन मध्य २ वटाले मात्रै काम गरेको भन्दै निर्वाचन समितिले अब कागजी प्रक्रियाबाट मतदान सुरु हुने जानकारी दिएको छ । बुधबार करिब १ सय जनाले विद्युतीय मेसिनबाबाटै मतदान गरेका थिए । तर प्राविधिक समस्या आएको भन्दै राति ११ बजे मतदान रोकिएको थियो । कागजी प्रक्रियाबाट अब केहीबेरमा मतदान सुरु हुने एनआरएन नेताहरुले बताएका छन् । उपाध्यक्षका लागि उम्मेद्वारी दिएका नरेन्द्र भाटले सबैको सहमतिमा म्यानुअल प्रविधिबाट मतदानको तयारी भइरहेको जानकारी दिए ।
काठमाडौँ: नेपाल प्रहरीले दाङमा चलाएको अपरेशनका क्रममा पक्राउ पर्ने विप्लव समूहका नेतामा मध्यपश्चिम ब्युरो कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (बीरजंग) पनि रहेको खुलेको छ । नेपाल प्रहरीले बिहीबार बिहान १ बजे पक्राउ गरेका २१ जना नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू बैठक बसिरहेको अवस्थामा पक्राउ गरेको हो। ५ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले समूहको राप्ती ब्युरो बैठकमा छापा हानेको थियो । सो बैठकमा विप्लवका दाइ चन्द्र बहादुर चन्द ‘वीरजंग’सहित साविक राप्तीका पाँच जिल्लाहरु दाङ, सल्यान, प्यूठान, रोल्पा र रुकुमका इन्चार्जहरू पनि पक्राउ परेको हुनसक्ने प्रहरीको भनाइ छ।
काठमाडौँ: सन् २०२० देखि सञ्चालमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेसँगै फिनिसिङको काम सुरु भएको छ। विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देहीका प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणअन्तर्गतका भौतिक संरचना निर्माणको काम सकिएको छ। टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडानको काम सुरु भएको उनको भनाइ छ। सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो। सम्झौताअनुसार ठेकदारले २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आइसिबी- जिरो एक’ अन्तर्गतका भौतिक…
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि बुधबार अबेर सुरु भएको मतदान स्थगित भएको थियो भोटिङ मेसिन बिग्रिएपछि मतदान स्थगित भएको हो। गैर आवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको चुनावको मतदान ‘प्रविधिमा आएको समस्याको कारण असोज ३० गते (बिहीबार) बिहान १० बजेसम्मका लागि स्थगित भएको’ निर्वाचन समितिले सूचना निकालेर जनाएको छ। बुधबार राति ९ बजे निर्वाचन समितिले जारी गरेको सूचना ‘उम्मेदवार तथा मतदातामा पर्न गएको असुविधा प्रति निर्वाचन समिति क्षमाप्रार्थी छ’, सूचनामा भनिएको छ। मतदान बिहीबार बिहान १० बजे पुनः सुरु हुनेछ।
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घको विधान संशोधनमा विवाद भएको छ । मुलुकको परिवर्तित संरचनाअनुसार प्रादेशिक प्रतिनिधित्वसहित, संशोधनको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने, कार्यकाल, वस्तुगत क्षेत्रको मतभार सङ्ख्या, नयाँ बनेका जिल्ला नगर सङ्घ, तिनलाई सदस्यता दिन मापदण्ड परिमार्जन गर्नुपर्नेलगायत ३५ बुँदाका मस्यौदामा व्यवसायीले संशोधन माग गरेका छन् । महासङ्घको आगामी कात्तिक २७ गते बस्ने साधारणसभामा यस विषयमा छलफल गरी बहुमत सदस्यको भावनालाई सम्मान गरी विधान संशोधनको प्रक्रिया अगाडि बढाइने महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका तथा सरकारलाई आवश्यक परेका बेलामा आर्थिक सुझाव दिने निकायका रुपमा महासङ्घले…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ । उनलाई ज्यान मार्ने उद्योगमा जारी पक्राउ पूर्जी जारी गरिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाले पूर्जी तामेल गरेको छ । २०७४ बैशाखमा वीरध्वज खड्कामाथि काठमाडौंमा आक्रमण भएको थियो । खड्काले सांसद गुरुङबिरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिएका थिए ।
काठमाडौँ: मिर्गौला किनबेच तथा विक्री वितरणमा संलग्न भएको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका सिइओ, डाक्टरसहित पाँच जनालाई पक्राउ गरेको छ। पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको नामम अर्कैको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले अस्पतालका सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो । बुधबार पत्रकार सम्मेलन गरी ब्युरोले घटनाबारे जानकारी गराएको हो। भट्टराई निदान अस्पतालका कानुनी सल्लाहकार र आले जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत हुन्। उनीहरूको मिलेमतोमा एक बिरामीको शंकरलाल लामालाई मिर्गौला विक्री…
काठमाडौँ: विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद साहको सांसदले हैसियतमा काम गर्न नपाउने भएका छन् । संसद सचिवालयले बुधबार प्रतिनिधिसभा नियमावलीको नियम २४४ को ३ अनुसार सूचना जारी गरी साहले हिरासतमा रहेको अवस्थामा सांसदको हैसियतले कुनै कार्य गर्न र उन्मुक्ति प्राप्त नहुने उल्लेख गरेको छ । सांसद साहले हिरासतमा रहेको अवधिको पारिश्रमिक, सेवा र सुविधा पनि नपाउने नियमावलीमा व्यवस्था छ । जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा अपराध अनुसन्धान महाशाखाले साहलाई काठमाडौंबाट पक्राउ गरेको थियो । अदालतले साहलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्नसमेत आदेश दिइसकेको छ ।
काठमाडौं : डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनसन बस्ने चेतावनी दिएका छन्। उनले माग पूरा गर्न सरकारलाई कात्तिक ८ गतेसम्म अल्टिमेटम समेत दिएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. केसीले हालसम्मको आन्दोलनको उपलब्धी संस्थागत गर्न सत्याग्रहसहित आन्दोलनको विकल्प नभएको बताएका छन्। डा. केसीले चिकित्सा शिक्षामा सुधारको माग राखेर आन्दोलन गर्न थालेको सात वर्ष भएको छ। चारबुँदे माग राखेर ०६९ असार २१ मा उनी पहिलो पटक अनशन सुरु गरेका थिए। पछिल्लो पटक उनले १६ औं चरणको अनशन इलाममा बसेका थिए। अवकाश पाएपछि पनि डा. केसीले चिकित्सा शिक्षा सुधारको आन्दोलनलाई जारी…
काठमाडौँ: कंलकी, थानकोट, नागढुङ्गा – नौबिसे सडकखण्डमा आजदेखि एकतर्फी मात्र सवारी सञ्चालन हुने भएको छ । सडक विभागद्धारा सडक मर्मत कार्य गर्ने हुनाले उक्त सडक खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन हुने ट्राफिक प्रहरी माहासाखले जनाएको छ । महाशाखाले उक्त सडकखण्डमा जथाभावी ओभरटेक नगरी लेन अनुशासन पालना गरी सवारी व्यवस्थापन कार्यमा सहयोग गर्न सवारी चालकलाई अनुरोध गरेको छ । कंलकी – थानकोट सडकखण्ड (ढुङ्गेअड्डामा) बिहान नौ बजेदेखि र नागढुङ्गा – नौबिसे सडकखण्डमा दिउसॊ एक बजेदेखि एकतर्फी मात्र सवारी सञ्चालन हुने जनाएको छ ।