Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले हालै गएको बाढी पहिरोका कारण कर्जाको साँवा र ब्याज तिर्ने समय १५ दिन थप गरिदिएको छ । यसबाट ऋणीलाई केही सहज हुने भएको छ । यसअघि आर्थिक वर्ष समाप्त भएको १५ दिन (साउन १५ गतेसम्म) भित्र तिर्दा हुने व्यवस्था थियो । अब १५ दिन समय थपेपछि साउन महिना सम्म समय पाइने भएको छ । यसअघि बैंकहरुले साउन १५ सम्म कर्जा असुली नभएमा केन्द्रीय बैंकको प्रावधान बमोजिम नियामकीय कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो । यसबाट बैंक तथा वित्तीय संस्था र ऋणी दुवैलाई राहत पुग्ने भएको छ ।
काठमाडौँ: देवः विकास बैंकले वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरी आजदेखि विधिवत एकिकृत बैकिङ्ग कारोबार शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले एकिकृत बैकिङ्ग कारोबारको उद्घाटन गरेका हुन् । यही आषाढ १२ गते बसेको दुवै बैंकको वार्षिक साधारण सभाबाट १ः१ को स्वाप रेसियोमा प्राप्ति प्रक्रियालाई सर्वसम्मतीबाट पारित गरिएको हो । वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति संगै देवः विकास बैंकको चुक्ता पूँजी ३ अर्ब १८ करोड पुगेको छ, जुन विकास बैंकहरु मध्येमा सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंक भएको बैंकका प्रमुख कार्यकारी अधिकृतविजय बहादुर श्रेष्ठले बताए । एकिकृत बैकिङ्ग कारोबार पश्चात् निक्षेप रकम २२ अर्व…
काठमाडौं: केहि दिनदेखिको निरन्तर वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार दिउँसोसम्म बाढी र पहिरोमा परेर २६ महिला र ४१ पुरूषको मृत्यु भएको हो । यस्तै बाढीपहिरोमा परी १७ महिला र २१ पुरुष गरी ३८ जना घाइते छन् । १८ पुरुष र १२ महिला गरी ३० जना हालसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ । बाढी र पहिरोबाट एक हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ । बाढी पहिरो र डुबानका कारण विशेषगरी तराई मधेसको जनजीवन अत्याधिक प्रभावित भएको थियो । बाढीपहिरोमा…
काठमाडौँ: अत्याधिक पानी परेपछि कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ । कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । कुलेखानीको पानी कुलेखानी खोला हुँदै वाग्मती खोला भएर बग्ने भएकाले वाग्मती आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए । पहिलो र दोस्रो गरी ९२ मेगावाट क्षमताको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको ड्याम भरिएपछि पानी बाहिर निकालेर जोखिम कम गर्ने तयारी थालिएको हो । …
धादिङ: बेनीघाट रोराङ गाउँपालिकाको वडा नम्बर २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गएरातिको बाढीले बगाएको छ। ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिए। रातिको समयमा आएको बाढीका कारण पाँच जना मजदूर बाढीमा फसेका छन्। दुवैतर्फ खोला बगेकाले बीच भागमा रहेको फलामका पोलमा समातेर उनीहरु बचेका छन्। खोलामा फसेका मजदूरको उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट गएको टोली सो स्थानमा पुग्न सकेको छैन। ताल्ती जाने बाटो मलेखु नजिकै सोही खोलाले बगाएपछि उद्धारकर्मी रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रातभर परेको वर्षाका…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासमा पर्ने बालुवाटारको सरकारी जग्गा अतिक्रमण सम्बन्धमा सयभन्दा बढी अनुसन्धान भइरहेको छ। जग्गा अतिक्रमण प्रकरणमा संलग्नमाथि धमाधम बयान लिने काम अख्तियारले गरेको छ। संवैधानिक निकायका पूर्वप्रमुखदेखि उच्चपदस्थ कर्मचारीको अनुसन्धान गरिएको छ। अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ। तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसँग बयान लिइरहेको छ। भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा प्रधानमन्त्री निवास बालुवाटारको जग्गा विस्तार क्रममा तयार पारेको प्रस्तावको सन्दर्भमा आयोगले बस्न्यातलाई अख्तियारमा बोलाएर बयान लिएको हो। तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव छविराज पन्त, गृह मन्त्रालयका तत्कालीन सहसचिव, हालका निर्वाचन आयुक्त सुधीरकुमार…
काठमाडौँ: देवः विकास बैंक लिमिटेडले दाङ्ग, कपिलवस्तु र बाँकेमा कार्य क्षेत्र रहेको वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरी आजदेखि विधिवत एकिकृत बैकिङ्ग कारोबार शुरु गर्दैछ। यही आषाढ १२ गते बसेको दुवै बैंकको वार्षिक साधारण सभाबाट १ः१ को स्वाप रेसियोमा प्राप्ति प्रक्रियालाई सर्वसम्मतीबाट पारित गरिएको हो । बैंकको एकिकृत बैकिङ्ग कारोवारको औपचारिक समुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजीवि नेपालबाट सोमबार गर्नु हुनेछ। वेष्टर्न डेभलपमेन्ट बैंक लि.लाई प्राप्ति गरे पश्चात् देवः विकास बैंक लि.को चुक्ता पूँजी ३ अर्ब १८ करोड पुग्नेछ , जुन विकास बैंकहरु मध्येमा सबैभन्दा बढी चुक्ता पूँजी हुनेछ। चुक्ता पूँजीको आधारमा सबैभन्दा ठुलो विकास बैंकको…
काठमाडौँ: आयोजक इंग्ल्याण्डले विश्वकप क्रिकेटको उपाधि जितेको छ। म्याच बराबरीमा सकिएपछि सुपर ओभरमा खेलाइएको खेलमा आयोजक इंग्ल्याण्डले १६ रनको चुनौती न्युजिल्याण्डलाई पेश गरेकोमा उसले १५ रन मात्रै बनाउंदा आयोजक इंग्ल्याण्ड एक रनले मात्रै बिजयी भएको हो। ‘वान-ओभर एलिमिनेटर’ निर्णयको आधारमा (अर्थात सुपर ओभरमा बढी बाउन्ड्री) हिर्काउनेको जितको आधार नतिजा घोषणा गरिएको हो। न्युजिल्याण्डले पेश गरेको २४२ रनको चुनौती इंग्ल्याण्डले आफ्नो सबै विकेट गुमाउंदै २४१ अर्थात बराबर रन जोड्यो जसका कारण खेल सुपर ओभरमा पुगेको हो। ४४ वर्षसम्म पदक विहिन रहेका दुवै टोलिलाई यो विश्वकप जित्न उत्तिकै महत्त्वपूर्ण थियो। यो इंग्ल्याण्डको एतीहाँसिक पहिलो विश्वकप क्रिकेट जित हो। …
काठमाडौं: चार दिन देखिको वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६० जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बाढ्री र पहिरोमा परेर २४ महिला र ३६ पुरूषको मृत्यु भएको हो। बाढीपहिरोमा परी ३८ जना घाइते छन् भने २६ जना बेपत्ता छन्। बाढी र पहिरोबाट एक हजार चार सय ४४ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ। बाढी पहिरो र डुबानका कारण विशेषगरी तराई मधेसको जनजीवन अत्याधिक प्रभावित भएको थियो ।
काठमाडौँ: पार्किङ शुल्क महंगो भएको भन्दै सर्वसाधारणबाट विरोध भएपछि काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा सञ्चालन गरेको स्मार्ट पार्किङको शुल्क घटाएको छ । दुई पांग्रे सवारी साधनको प्रति घण्टाको २५ रुपैयाँका दरले तोकिएको पार्किङ शुल्क घटाएर १५ रुपैयाँ बनाइएको छ । महानगरले आर्थिक विधेयक, २०७६ को करसम्बन्धी व्यवस्था संशोधन गरेर शुल्क घटाएको हो ।