Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: चालुु आर्थिक वर्षको तेस्रो त्रैमास देवः विकास बैंकको नाफा बढेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा २० करोड २३ लाख खूद नाफा कमाएको यो बैंकले चालुु आर्थिक वर्षको तेस्रो त्रैमासमा २५ करोड ५२ लाख मात्र खूद नाफा कमाउन सफल भएको छ । बैंकको खूद ब्याज आम्दानी समेत बढेको छ । अघिल्लो वर्षको यही अवधिमा ४८ करोड २१ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर ६१ करोड ५८ लाख भन्दा माथि पुुगेको छ । समीक्षा अवधिमा देवः विकास बैंकले १७ अर्ब ९२ करोड निक्षेप संकलन गरी १६ अर्ब ९४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही…

Read More

काठमाडौँ: नेपालका लागि अमेरिकी राजदूत ऱ्याडी डब्लु बेरीले सूचनाको स्वतन्त्र प्रवाह रोक्ने कानुन, नियम र कार्यदेखि चिन्तित रहेको बताएका छन्। संविधानप्रदत्त स्वतन्त्र प्रेसको अधिकार उल्लंघन गर्दै सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको नागरिकस्तरबाट चर्को बिरोध भइरहँदा सोमबार राजदूत बेरीको यस्तो धारणा सार्वजनिक भएको हो। ‘नेपालका नेताहरुले मसँग लोकतान्त्रिक स्वतन्त्रताको पक्षमा अटल रहेको प्रतिबद्धता जनाउने गरेका छन्’, अंग्रेजी भाषामा ट्विट गर्दै उनले भनेका छन्, ‘प्रेस स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधारभूत हक हो। म त्यस्ता कार्य, कानुन र नियमले चिन्तित छु जसले सूचनाको स्वतन्त्र प्रवाहलाई बाधा पार्दछ।’ प्रेसलाई नियमन गर्ने नाममा सरकारी भूमिका बढाउन ल्याइएको उक्त विधेयकको चौतर्फी…

Read More

काठमाडौँ: प्रहरीले भारतले बन्द गरेका ५ सय र एकहजार दरका भारु नोटको अवैध कारोबार र त्यही नोट देखाएर ठगीमा संलग्न पाँचजनालाई आईतबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको बिशेष टोलीले ठमेलस्थित होटल ब्लूमूनमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो। परिसरका प्रवक्ता होविन्द्र बोगटीले प्रतिबन्धित बिदेशी मुद्रा देखाएर उनीहरु ठगीमा संलग्न रहेको बताए। पक्राउ पर्नेमा धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मागर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन्। उनीहरु बिरुद्ध थप अनुसन्धान भइरहेको डिएसपी बोगटीले जानकारी दिए।

Read More

काठमाडौँ: वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी आज (वैशाख ३०) देखि ९९ वर्ष पूरा गरी १०० वर्षमा लागेका छन्। यस उपलक्ष्यमा उनको सम्मान गर्दै उनको गृहजिल्ला ललितपुरका दुई नगरपालिकाले सार्वजनिक बिदा दिएका छन्। जोशी देशकै एक अनमोल रत्न भएको भन्दै उनी सय वर्ष टेकेको उपलक्ष्यमा आज (सोमबार) ललितपुर महानगपालिका र गाेदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। उक्त महानगरपालिका र नगरपालिकाभित्रका सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य संघसंस्थामा बिदा दिइएको सूचनामार्फत जानकारी गराइएको छ। महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार जोशीका नाममा उद्यान र सडक निर्माण गर्ने निर्णय पनि भएको छ। शताब्दी पुरुष जोशीको सयौं जन्मोत्सवमा सोमबार…

Read More

काठमाडौं: पाँचथरमा एक १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या भएको छ । जिल्लाको हिलिहाङ–४, पञ्चमीकी शीतल योङहाङको आइतबार साँझ हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले शीतलको शव घाँटी काँटिएको अवस्थामा सडकको मूनि फेला परेको जानकारी दिए । हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन । प्रहरी निरीक्षक पौडेलका अनुसार, यसबारे थप अनुसन्धान भइरहेको छ । ‘हत्या स्थलमा पुगेको प्रहरीले शव नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ’, उनले भने । उनका अनुसार, हत्या स्थलबाट प्रहरीले एक मोबाइल फोन फेला पारेको छ । किशोरीको शव अहिले पोस्टमार्टका लागि जिल्ला अस्पताल, पाँचथरमा राखिएको…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले धुलो नियन्त्रणका लागि थप चारवटा ‘बु्रमर’ भित्र्याउने भएको छ । महानगरले यसको तयारीका लागि दुईवटा ब्रुमर खरिद प्रक्रिया अगाडि बढाएको छ भने दुई ब्रुमर चीन सरकारको अनुदानमा ल्याउन लागेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । महानगर प्रवक्ता ईश्वरमान डंगोलका अनुसार नगर कार्यपालिकाको ३२ औँ बैठकमा यसबारे प्रस्ताव गरिएको छ । यसअघि मनपाले पाँचवटा ब्रुमर खरिद गरेको थियो । अहिले पनि त्यही कम्पनीमार्फत अन्य ब्रुमर खरिद गर्ने प्रक्रिया अगाडि बढाउन लागेको मनपाले जनाएको छ । यसअघि कम्पनीसँग भएको सम्झौताअनुसार मनपालाई थप ब्रुमर आवश्यक परे त्यसबापत लाग्ने कुल रकममध्ये ५० प्रतिशत रकम बुझाउनुपर्ने…

Read More

काठमाडौँ: निर्माणको काम अन्तिम चरणमा रहेका बेला अहिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण कार्य रोकिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । सरकारी लापरबाहीका कारण निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणकार्य रोकिएको हो । सरकारी कमजोरीकै कारण यस आयोजनाको मुख्य मानिएको धावनमार्ग निर्माणको काम आइतबारबाट रोकिएको छ । ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले यसअघि सम्पन्न भइसकेको कामको समेत भुक्तानी नपाएको भन्दै आइतबारबाट धावनमार्ग बनाउने काम रोकेको हो ।

Read More

काठमाडौं: प्रतिबन्धित नेकपाका महासतिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफू्रहरुले यठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् । भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको अन्तर्वार्तामा सरकारले वार्ताका लागि औपचारिक आग्रह नगरेको दाबी गरे । ‘वार्ताबाट न हामी तर्सिन्छौँ, न त वार्ताले क्रान्तिले उठाएको विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौँ,’ उनले भने । एनसेलमाथिको कारबाहीपछि सरकारले पार्टी प्रतिबन्ध लगाएको उनको भनाइ छ । राजनीतिक दलका शीर्ष नेताको हत्या योजना उनको पार्टीले बनाएको भन्ने सरकारको दाबीमाथि विप्लवले खण्डन गरे । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।

Read More

एजेन्सी: मुम्बई इन्डियन्स इन्डियन क्रिकेट लिग अन्तर्गतको १२ औं सिजनको च्याम्पियन बन्न सफल भएको छ । आइतबार हैदरावादस्थि राजिव गान्धी अन्तर्राष्टिय रंगशालामा आयोजित खेलमा उसले चेन्नई सुपर किंग्सलाई १ रनले हरउान सफल भएको छ । खेलमा १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बईले विजयको ढोका खोलेको थियो । त्यसअघि चेन्नईलाई जितको लागि अन्तिम ओभरमा ९ रन चाहिएको थियो । लाथिस मलिङ्गाको पहिलो बलमा वाटशनले १ रन लिएलगत्तै दोस्रो बलमा पनि जडेजाले…

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कसैलाई धनी बनाइदिन मात्रै नेपालका पत्रकारहरु आफ्ना इच्छा र चाहनाहरु मारेर भोकभोकै काम गर्न नसक्ने बताएका छन् । प्रेस संगठन नेपाल नुवाकोटले आइतबार बिहान विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले श्रमजीवि पत्रकारको हकहितको पक्षमा काम गर्न खोज्दा सरकार प्रेसमाथि अंकुश लगाउन खोज्यो र निरंकुश भयो भन्नु झुट भएको बताए । ‘पत्रकारले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक पायो कि पाएन भनेर जब यो मुद्दा समाजमा स्थापित गर्न खोजियो त्यसपछि सरकार कसरी निरंकुश भयो ?’, उनले त्यसको खण्डन र प्रश्न गर्दै भने– ‘पत्रकारको अधिकारलाई सुरक्षा गर्न खोजिएको कुरालाई प्रेस स्वतन्त्रताको…

Read More