Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने गरी विभागीय मन्त्रीस्तर निर्णयअनुसार उक्त मन्त्रालयका सहसचिव रघुराम विष्ट नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक सदस्यलाई कृषि विकास बैंक सञ्चालक समिति अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंक संचालक सदस्यहरु विष्णुप्रसाद नेपाल, डा. इन्दिरा श्रेष्ठ (मास्के),संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोदकुमार गुरागाईँ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, कम्पनी सचिव निर्मलप्रसाद उपाध्याय र बैंकका प्रवक्ता हिमलाल पौडेलको समेत उपस्थित रहेको थियो ।
काठमाडौं: सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ । वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए । पत्रकारले सोधेको प्रश्नमा, सरकारले आवश्यकता महसुसस गरी राजदूत कोइरालालाई फिर्ता बोलाइएको मन्त्री बाँस्कोटाले बताए । अहिलेसम्मको कार्यकालका लागि राजदूत कोइरालाई धन्यवादसमेत दिए । कोइरालालाई २ वर्षअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वले राजदूत बनाएको थियो । वर्तमान सरकारले यसअघि इजरायलका लागि नेपाली राजदूत निरन्जन कुमार थापालाई कार्तिक २५ गते फिर्ता बोलाएको थियो । राप्रपाका नेता समेत रहेका…
काठमाडौँ: सरकारले राजदूत फिर्तादेखि भन्सार छुटसम्मका २२ ओटा निर्णय गरेको छ । सरकारले विभिन्न निकायले खरिद गरेका ९६ वटा एम्बुलेन्स पैठारीका बखत १ प्रतिशत भन्सार महसुल लिई बाँकी भन्सार महसुल छुट दिने निर्णय गरेको छ। यसैगरी कतारका लागि नेपाली राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई नेपाल फिर्ता बोलाउने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सुचना, संचार प्रबिधि मन्त्री गोकुल बास्कोटाले बताए छ । सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत (पहिलो संशोधन) कार्यविधि २०७५ लाई स्वीकृति प्रदान गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश नं. १ विराटनगरले खरिद गरी प्रदेशअन्तर्गतका स्थानिय तहहरूलाई वितरण गर्ने ७० थान; सामाजिक विकास…
काठमाडौ : सर्वोच्च अदालतले करको छिनोफानो नभएसम्मका लागि एनसेलबाट कर असुल्ने कार्य रोक्न आज अन्तरिम आदेश दिएको छ। ठूला करदाता कार्यालयले ७ दिनभित्र लाभकर बुझाउन एनसेललाई काटेको पत्र तत्काल कार्यान्वयन नगर्न सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले बिहीबार अल्पकालिन अन्तरिम आदेश दिएको हो। करको निर्णयविरुद्ध एनसेलकातर्फबाट कानुन अधिकृत रमेश घिमिरेको सर्वोच्चमा रिट दिएका थिए। सर्वोच्चले अन्तरिम आदेशसँगै ठूला करदातासँग लिखित जवाफसमेत माग गरेको छ। अब एनसेल कर प्रकरणमा रिट निवेदक र ठूला करदाता कार्यालयबीच छलफल भएपछि मात्रै कति कर तिर्ने भनेर टुंगो लाग्ने भएको छ। ठूला करदाता कार्यालयले एनसेलले ३९ अर्ब ६ करोड ६ लाख रुपैयाँ…
काठमाडौँ: बारा र पर्साका हावाहुरी पीडितको घर निर्माण गर्न सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख रकम प्रदान गर्ने भएको छ। १४ सय ५३ हावाहुरी पीडितको घर निर्माणका लागि सरकारले ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैंया नेपाली सेनालाई जिम्मा लगाएको छ। वर्षाभन्दा पहिले हावाहुरी पीडितलाई घर बनाइदिने गरी नेपाली सेनालाई उक्त रकम दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जनाएका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री बास्कोटाले जनता आवासको मोडल अनुसार नै घर निर्माण हुने बताउँदै भान्सा कोठा र शौचालय थप हुन सक्ने जनाए।नेपाली सेनाले घर निर्माणका लागि तयारी तीब्र…
काठमाडौँ: पूँजी बजार परिसूचक नेप्से बिहीबार १२.८३ अंकले बढेर १२९२.१२ विन्दुमा पुगेको छ । समग्रमा बजार १ प्रतिशतले माथि लागेको हो । १७६ कम्पनीको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ लाख १९ लाख ५८२ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका सबै समूहका सूचक माथि लागेका छन् । वाणिज्य बैंक समूहमा १०.०९ अंकले वृद्धि भएको छ । यता, जीवन बिमा समूहको सूचक पनि ८९.९१ विन्दुले बढेको छ । कारोबार रकममा नेपाल बैंकले अग्रता जमाएको छ । यसको १८ करोड ४१ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा…
काठमाडौँ: नेपालको सूचना प्रविधि क्षेत्रको ‘आइसिटी अवार्ड’को चौथो संस्करणको तयारी स्वरुप देशका विभिन्न स्थानमा आइीसटी स्टार्टअप एण्ड इनोभेसन मेलाको आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्डको प्रि इभेन्ट क्यापियनको रुपमा बिराटनगर, बुटवल र नारायणगण्मा स्टार्टअप मेला आयोजना हुन लागेको हो । बैशाख २७ र २८ गते बिराटनगर स्थित होटल स्टर्न स्टारमा, जेष्ठ १० र ११ गते बुटवल र जेष्ठ १७ र १८ गते नारायणगणमा स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुने आयोजकले जनाएको छ । मेलमा स्थानिय स्टार्टअप आइटी कम्पनी, नयाँ आइटी प्रडक्ट, विद्यार्थीका आइटी प्रोजेक्टहरु र आइटी शिक्षासम्वन्धी स्टलहरु रहनेछन…
काठमाडौं: बिगत केहि समयदेखि स्थिर रहेको अमेरिकी डलरको भाउले बिहीबार फेरि बढेको छ। ११०/१११ रुपैयाँको हाराहारीमा रहेको डलरको भाउ आज ११२ रुपैयाँ १० पैसामा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । दुई साताअघि डलरको भाउ १०९ रुपैयाँसम्म पनि झरेको थियो। अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारुका आधारमा निर्धारण हुन्छ। एक सय भारु बराबर एक सय ६० रुपैयाँ नेपाली रुपैयाँ हुने निर्धारण भएपछि त्यही अनुसार भारु कमजोर हुँदा नेपालमा पनि डलरको मूल्य बढ्छ। ७ महिनाअघि बढेर प्रति डलर ११९ रुपैयाँ पुगेको थियो भेने पुन: घटेर १०९ रुपैयाँसम्म झरेको थियो । यसरी नेपाली रुपैयाँ कमजोर हुँदा आयात महँगो हुने…
काठमाडौं: सरकारको वार्षिक नीति तथा कार्यक्रम वैशाख २० गते प्रस्तुत गर्ने तय भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्वोधनमार्फत सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको संसद् सचिवालयले जनाएको छ। राष्ट्रपति कार्यलयले बुधबार यससम्बन्धी पत्र संसद्लाई पठाइसकेको छ। संसद्को वर्षे अधिवेशन वैशाख १६ बाट सुरु हुँदैछ। चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ। सरकारको वार्षिक नीति तथा कार्यक्रम पारितपछि बजेट प्रस्तुत गर्ने प्रचलन छ। तर बजेटका सिद्धान्त र प्राथमिकताबारे (प्रिबजेट ) छलफल भने वार्षिक नीति तथा कार्यक्रम अघि कि पछि भन्ने टुंगो…
रौतहट: नेपाल प्रहरीले बुधवार मध्यरातमा सीमानाकाबाट हतियारसहित गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक पप्पु नायकको कमाण्डमा खटिएको एम्बुस टोलीले एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको हो । जिल्लाको परोहा नगरपालिका ८ नेपाल – भारत सीमा दशगजा क्षेत्रमा एम्बुस बसेको बेला भारततिरबाट दुई संकास्पद अवस्थामा नेपाल पस्न खोजेका थिए । मध्यरातमा दुवैजनालाई चेकजाँच गर्न खोज्दा बोकेको गमछा छोडी भारततर्फ भाग्न सफल भएका थिए । अध्यारोको फाइदा उठाएर भाग्न सफल भए पनि भूइँमा फालेको गमछालाई चेकजाँच गर्दा त्यसभित्र बेरिराखेको अवस्थामा एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान गोली बरामद भएको…