Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: आन्दोलनको चार दिन भइसक्दा पनि सरकारी चिकित्सकहरुको आन्दोलनले गन्तव्य पाउन नसक्दा बिरामीहरु थप मारमा परेका छन्। जसका कारण दैनिक झण्डै एक लाख सर्वसाधारणले अत्यावास्यक बाहेकका कुनैपनि सेवा सरकारी अस्पतालबाट पाउन सकेका छैनन् । कर्मचारी समायोजन गर्दा चिकित्सकहरुलाई संघ अन्तर्गत नै राख्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका चिकित्सकले आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । चिकित्सकहरुले सरकारी अस्पतालमा शुक्रबार यता अत्यावाश्यक बाहेकका सेवा बन्द गरेर आन्दोलनरत छन् । चार दिनसम्म पनि आफ्नो मागप्रति सरकारले चासो नदिएको उनीहरुको भनाई छ । सरकारी चिकित्सकहरूले आन्दोलन अवधिभरको तलब भत्ता नलिने घोषणा गरिसकेका छन् । देशभर करिब १४ सय…
काठमाडौँ: बारा र पर्सामा आएको हावाहुण्डरीमा परी २९ जनाको ज्यान जानेगरी गत साता आएको हावाहुरीका विषयमा स्थलगत अध्ययन सकेर मौसमविद्को टोली काठमाडौं फर्किएको छ। जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा बुधबारदेखि घटनास्थलमा खटिएकाे माैसमविद्काे टाेली आइतबार राति फर्किएको हो। यसअघि नेपालमा यति ठूलो क्षति हुनेगरी कहिले नआएको उक्त हावाहुरी साधारण मौसमी प्रणाली नभई ‘टोर्नेडो’ भएको प्रारम्भिक अध्ययनले देखाएपछि माैसम विभागका तीन, इसिमोडका दुई र द स्मल अर्थ नेपालका १ गरी ६ मौसमविद् रहेकाे टाेली स्थलगत अध्ययनका लागि प्रभावित क्षेत्रमा खटिएकाे थियाे। अध्ययन गरेर टाेली आइतबार राति फर्किएकाे विभागका महानिर्देशक सरजु वैद्यले पहिलोक्लिकलाई जानकारी दिए। अब स्थलगत अध्ययनबाट…
काठमाडौं: टिभी एंकर लरेन सान्चेज तथा उनका पति प्याट्रिक वाइटसेलले शुक्रबार सम्बन्ध विच्छेदनको आवेदन दिएका छन् । लरेन विश्वकै धनी व्यक्ति जेफ बेजोससँगको सम्बन्धमा रहँदै खाएकी छन् । बेजोस र म्याकेन्जीको सम्बन्ध विच्छेदको सम्झौता आपसी सहमतिमा बिहीबार तय भइसकेको छ । अदालतले पनि यसको मन्जुरी दिइसकेको छ । लरेनका पति वाइटसेल हलिउड एजेन्सी डब्लुएमईका सिइओ हुन् । १४ वर्ष पहिले उनको सान्चेजसँग विवाह गरेका थिए । बेजोसले दुई वर्षपहिले वाइटसेलका माध्यमबाट सान्चेजसँग भेटका थिए । यसपछि बेजोससँग उनको हिमचिम बढेको हो । जेफ बेजोस तथा म्याकेन्जीले यसै वर्षको जनावरीमा सम्बन्ध विच्छेद लिने घोषणा गरेका थिए । २५…
काठमाडौं : सरकारले रेल सञ्चालनसम्बन्धी कानुन निर्माण नगरी खरिद प्रक्रिया अघि बढाएको छ। जनकपुर–जयनगर रेल सञ्चालन गर्न सरकारले बजेटसहित रेल खरिद प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ। तर रेल सञ्चालनसम्बन्धी कानुन भने छैन। सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्ने निर्णय गरिसकेको छ। रेल खरिद सम्झौता गर्न रेल विभागले एक साताअघि भारतीय कम्पनीलाई पत्राचार गरिसकेको छ। विभागका महानिर्देशक बलराम मि श्रा सम्झौता भएको तीन महिनाभित्र रेल सञ्चालन हुने दाबी गर्छन्। जनकपुर–जयनगर रेल रेल्वे कम्पनीमार्फत सञ्चालन गरिनेछ। तर, रेल सञ्चालन गर्ने रेल्वे कम्पनीसम्बन्धी कानुन छैन। मि श्राका अनुसार रेल्वे कम्पनीको संगठन संरचना र कर्मचारी विनियमवलीको…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रियामा विवाद उत्पन्न भएपछि दुई अध्यक्षले असन्तुष्ट नेताहरुलाई एक्लाएक्लै भेट गर्न थालेका छन्। पार्टी एकीकरण प्रक्रियामा माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले असन्तुष्टि व्यक्त गरिरहेकै बेला प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले उनीहरुसँग बेग्लाबेग्लै भेट गरी छलफल थालेका हुन्। पार्टी अध्यक्षद्वयले आइतबार बिहान गौतमलाई बालुवाटार बोलाएर एकीकरण विवादका विषयमा कुराकानी गरेका छन्। अध्यक्ष ओलीले एकीकरण प्रक्रिया टुंग्याउन जिल्ला कमिटी गठन पनि आकस्मिक रुपमा टुंगिने अभिव्यक्ति दिएलगत्तै नेपाल समूहले छलफल नगरी टुंग्याए समानन्तर जिल्ला कमिटी बनाउने चेतावनी दिएपछि अध्यक्षद्वयले उनीहरुसँग बेग्लाबेग्लै छलफल थालेका हुन्। आइतबार बिहान…
जनकपुरधाम : हावाहुरीमा परेर ज्यान गुमाएकाको सम्झनामा प्रदेश-२ सरकारले चैत ३० गते शोक मनाउने निर्णय गरेको छ। बारा र पर्सामा हवाहुरीमा परेर ज्यान गुमाउनेको सम्झनामा शोक घोषणा गर्न पटकपटक आग्रह गर्दा पनि केन्द्र सरकारले अटेर गरेपछि प्रदेश-२ सरकारले शोक घोषणा गरेको हो। मन्त्रिपरिषद् बैठकले मृतकको १३ औं दिनमा चैत ३० गते शोक मनाउने निर्णय गरेको हो। सरकारले ३० गते बिहान ११ बजेर २ मिनेटमा आम नागरिक, कर्मचारीसहित प्रदेशका सबैलाई सामूहिक रुपमा मौन धारण गर्न आह्वान गरेको छ। प्रदेश सरकारले तत्काल मृतक परिवारलाई किरिया खर्च वापत जनही २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले…
काठमाडौँ: मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले मेलम्ची आयोजनालाई फास्ट ट्र्याक प्रणालीबाट निर्माण गर्ने प्रस्ताव खानेपानी तथा सरसफाइ मन्त्रालयमा पेश गरेको छ । यो समाचार आजके नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् । समितिको गत बुधबार बसेको बोर्ड बैंठकले मेलम्ची आयोजनालाई तत्कालै अघि बढाउन फास्ट ट्र्याक प्रणालीबाट अघि बढाउनुपर्ने निर्णय गरेर विभागीय मन्त्री बिना मगरलाई पेश गरेको हो । खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको अध्यक्षतामा बसेको बोर्ड बैठकले फास्ट ट्र्याक प्रणालीबाट मेलम्चीको गतिरोध अन्त्य गर्नुपर्ने निर्णय गरेको मेलम्ची खानेपानी आयोजनाका प्रमुख कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए ।
काठमाडौं: सम्बद्ध सूचनाहरुलाई केलाउँदा पक्राउ परेका विमानस्थलका क्याफे संचालक सुबास श्रेष्ठले आफ्नो कान्तिपुर क्याफेबाट वास्तबमै मःम:, चाउमिन बेच्थेकी अन्य अवैध धन्दा गर्थे भन्ने कुरा यतिबेला शंका विषय भएको छ। सूचना अधिकारी हरुका अनुसार श्रेष्ठद्वारा संचालालित एक कान्तिपुर क्याफे र अर्को ड्राइ फुड मात्रै बेच्ने विमानस्थलको प्रस्थान कक्षको स्टेरीलाईज्ड हलमा उनको कफी सप छ। जहाँ उनले कफी सपमा पहिले नै विदेश लैजानका लागि डलर तयारी अवस्थामा राखेका थिए । डलर लिएर विमानतर्फ जाँदै गर्दा उनलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध डलरसहित पक्राउ परेका व्यापारी श्रेष्ठलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गर्ने निर्णय…
काठमाडौँ: शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर विक्री वितरण गर्दै आएका प्रशोधित पानीको गुणस्तर परीक्षण गर्दा यस्तो पाइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन्।. विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विभाग र मातहतका कार्यालयमा आएका उजुरीका आधारमा विभिन्न नौवटा उद्योगले विक्री गर्ने पानीको नमूना सङ्कलन गरी गुणस्तर परीक्षण गर्दा कोलिफर्मको जीवाणु पाइएको छ । कोलिफर्म भेटिएका पानी उद्योगविरूद्ध सम्बन्धित् जिल्लाकै अदालतमा मुद्दा दर्ता भइसकेको भन्दै विभागका…
काठमाडौँ: तारागाउँ विकास समितिको रिजेन्सी होटल्स लिमिटेडलाई घाटामा गएको देखाएर होटल र समितिका पदाधिकारीले गरकानुनी रुपमा आफूलाई लाभ पुर्याएको संसदीय समितिले आशंका गरेको छ । नेपाल सरकारको शेयर स्वामित्व भएको होटल घाटामा गएको देखाई उनीहरुले अनुचित लाभ लिएको संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति अन्तर्गत गठित उपसमितिले निश्कर्ष निकालेको हो । तारागाउँ रिजेन्सी होटल्समा सुरुमा सरकारको ३९.७७ प्रतिशत सेयर रहेको थियो । तर, आर्थिक वर्ष २०७१/०७२ मा उक्त होटलको खुद सम्पति १९१ करोडमध्ये तारागाउँ विकास समितिको शेयर लगानी ९.०१ प्रतिशत वा १७.२३ करोड मात्र देखिएको उपसमितिले जनाएको छ । उपसमितिले आइतबार मूल समितिमा पेश गरेको प्रतिवेदनको ५.१.२ मा उल्लेख…